Monday, August 26, 2013

नाइट्रस अक्साइडलाई किन लाफिङ्ग ग्यास भनिन्छ ?

हामीलाई थाहा छ कि लाफिङ्ग
ग्यास अलिकती सुँघेमा मात्र
पनि हामि मरिमरी हास्न पुग्दछौ ।
यस्तो ग्यास उत्तेजित भिड साम्य पार्न
र नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
तथा अन्य विविध प्रयोजनका लागी पनि लाफिङ्ग
ग्यासको प्रयोग गरिन्छ ।
वास्तवमा लाफिङ्ग ग्यास नाइट्रस
अक्साइड हो । नाइट्रस अक्साइड(N 2O) नाइट्रोजन(N) र अक्सिजन(O)
को प्रतिक्रियाबाट बनेको हुन्छ ।
यो रङ्गविहीन कम क्रियाशिल र
पनीमा सजिलैसंग घुल्न सक्ने ग्यास हो ।
हसाउने ग्यासले प्रख्यात नाइट्रस
अक्साइड धेरै मात्रामा सुँघेमा हामि अचेत
अवस्थामा पुग्न सक्छौ । तर
केहि मात्रामा सुँघेको खण्डमा
मष्तिष्कको सुक्ष्मकोषहरुलाई उत्तेजित
पार्दछ फलस्वरुप
शरीरमा हलुका खालको उत्तेजना पैदा हुन्छ जुन मानिसले हासेको जस्तो हुन्छ
याने भित्र जस्तो भएतापनि मान्छे
जबरजस्त हास्न पुग्दछ ।

Sunday, August 25, 2013

मोबाईल फोनको खतरा के ?

सोखले होस या आवश्यकताले, मोबाइल फोन बोक्ने
प्रतिस्पर्धा नै चलेको छ । तर
हाम्रो हरपलको साथी मोबाइलको
प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्न
सक्छ । मोबाइल फोनको बढी प्रयोग
गर्दा मस्तिष्क घात (ब्रेन ह्यामरेज), हृदयघात, ब्रेन ट्यूमर, क्यान्सर लगायत
विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न
सक्ने चिकित्सकहरुको दाबी छ ।

ज्ञघ मोबाइल मुटु रोगीका लागि त
अझ सबैभन्दा बढी हानिकारक छ ।
नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग
विशेषज्ञ डाक्टर भरत रावतको भनाई
अनुसार मुटुमा पेस मेकर
राखेका बिरामीले त मोबाइल प्रयोग गर्न नहुने बताउँछन् । मोबाइल फोन
टाउकोको अति नजिकै राखेर प्रयोग
गरिन्छ । एक सेन्टिमिटरसम्म नजिकै
राखेर प्रयोग गर्दा यसले
टाउकामा कोषहरुमा सामान्य असर
गर्छ तर यो धेरै हानिकारक हुंदैन । मोबाइल संचालन हुंदा उत्पन्न हुने
रेडियो फ्रिक्वेन्सी शक्ति शरीरले
शोषण गर्छ र शरीरमा ताप उत्पन्न गर्छ ।
यसले पनि शरीरका कोषलाई
हानि गर्छ,
रेडियो फ्रिक्वेन्सीको प्रभाव शरीरका धेरै
अंगमा परिरहेका अवस्थामा यसको असर
पनि बढी छ । खास गरी मोबाइल फोन
टाउकोमा नजिकै राखेर लामो समय
प्रयोग गर्दा स्वास्थ्यमा त्यसको असर
परेको अनुसन्धानबाट पाइएको छ । मोबाइलले मानव स्वास्थ्यलाई असर
गर्छ, त्यसैले अस्पतालको इन्टेन्सिभ केयर
युनिट (आई.सी.यू मा मोबाइल फोन
प्रयोग गर्न पाइदैंन । यदि मोवाइलले
केही असर नगर्ने हो भने हामीहरुले
आइसियू कक्षमा पनि प्रयोग गर्न पाइथ्यो होला । हवाईजहाज भित्र
पनि मोबाइलको प्रयोग
गर्दा यान्त्रिक गडबडी हुन सक्छ,
जहाजको उडानलाई समेत प्रभावित
गर्ने मोबाइलले मान्छेलाई त्यत्तिकै
छाड्थ्यो किन ?

मोबाइलको प्रयोगले मात्र होइन,
घरका छानामा राखिएका बेस स्टेशनले
पनि स्वास्थ्यमा असर गर्ने
विज्ञहरुको दाबी छ । मोबाइल टावर
नजिकैको घरको छतमा बस्न
हानिकारक हुन्छ । टावरको नजिकै बालबालिका खेल्ने पढने ठाउँ छ भने
ख्याल गर्न चिकित्सकहरुको सुझाव छ ।
बेस स्टेशन कम पावर
भएको रेडियो एन्टेना हो । यसले
मोबाइल प्रयोगकर्तामा सञ्चार गर्छ ।
बेस स्टेशनबाट प्रशारण हुने रेडियो फ्रिक्वेन्सी उपभोक्ताले
प्रयोग गर्ने मोबाइलसम्म पुग्छ र
मोबाइल सेटबाट
रेडियो फ्रिक्वेन्सी एन्टेना हुंदै
अर्को मोबाइल प्रयोगकर्तासम्म पुग्छ ।
यसरी प्रशारण हुने रेडियो फ्रिक्वेन्सीले मानिसको स्वास्थ्यमा असर पार्ने
कुरा नै अहिले
संसारभरी वादविवादको विषय
बनिरहेको छ । अहिलेको मोबाइल
सिस्टम ८ सय देखि १८ सय मेगाहर्ज
को फ्रिक्वेन्सीमा संचालन हुन्छ । यो फ्रिक्वेन्सीलाई कतिपय मानिसले
एक्सरे अथवा गामा-रे ले जस्तै शरीरलाई
हानी पु¥याउंछ भनिरहेका छन ।

मोबाइल फोनको प्रयोगले
स्वास्थ्यमा असर पार्छ भन्ने
विश्वव्यापी बहस हुन थालेपछि विश्व
स्वास्थ्य संघले
अध्ययनका लागि इलेक्ट्रोम्याग्नेटिक
फिल्ड प्रोजेक्ट नै स्थापना गरेको छ । यस परियोजनाले मोबाइलबाट
जनस्वास्थ्यमा पार्ने
असरका बारेमा अध्ययन गरिरहेको छ ।
१० वटा भन्दा बढी देशमा मोबाइलको
प्रयोगले स्वास्थ्यमा पार्ने असर
खासगरी क्यान्सरका बारेमा अध्ययन भइरहेको छ । मोबाइल
फोनको प्रयोगले टाउको र
घांटीको क्यान्सर हुने
सम्बन्धमा क्यान्सर
विशेषज्ञहरुको टोली सम्मिलित भएर
अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य संघले मानिसहरुलाई
रेडियो फ्रिक्वेन्सीको असरबाट बच्न
केही आधारपत्र तयार गरेको छ ।

मोबाइल फोनको अर्को बैगुन छ,
त्यो हो, सवारी दुर्घटना ।
मोबाइलको हयाण्ड सेट प्रयोग गरेर
होस या ह्याण्डस फ्री किट प्रयोग
गरेर, सवारी चलाउंदै मोबाइल प्रयोग
गर्दा ट्राफिक दुर्घटनाको सम्भावना बढ्दै गएको छ ।
वैज्ञानिकहरुले मोबाइलबाट लाग्ने
रोगबाट बच्न लामो कुरा गर्ने
प्रवृत्ति छोटयाउन सुझाव दिएका छन ।

एनसेलले ल्यायो नयाँ उपहार योजना ‘नगदमा गद्गद’

निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसर
पारी 'नगदमा गद्गद' नामक नयाँ उपहार योजना ल्याएको छ ।यो नयाँ योजनामा
एनसेलले सातामा एकजनालाई १० लाख उपहार दिने जनाएको छ। योजना भदौ १०
गतेदेखि १० हप्तासम्म संचालन हुनेछ ।

प्रत्येक हप्ता ५० रुपैयाँ वा सोभन्दा बढी मेन व्यालेन्सबाट खर्च गर्ने
एनसेलका ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । जसमध्ये उपहार
योजनाअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली एनसेल ग्राहकले नगद १० लाख
रुपैयाँ प्राप्त गर्ने छ । साथै, प्रत्येक हप्ता १ लाख ग्राहकले ५०
रुपैयाँको बोनस व्यालेन्स र अन्य एक लाख ग्राहकले ५० वटा निःशुल्क एसएमएस
प्राप्त गर्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख
गरिएको छ ।

उपहार योजनामा एनसेलका पि्रपेड तथा पोष्टपेड सबै ग्राहकहरु सहभागी हुन
सक्ने बताइएको छ । एक हप्तामा ५० रुपैयाँ बराबरको मेन व्यालेन्स प्रयोग
गर्दा ग्राहकले एसएमएस मार्फत एउटा टिकट नम्बर प्राप्त गर्नेछन् । यदि
कुनै ग्राहकले उक्त हप्ता सय रुपैयाँ खर्च गरेको छ भने २ वटा टिकट नम्बर
प्राप्त गर्नेछन् ।

एक हप्ताभरि गरिएको सेवा प्रयोगको आधारमा एसएमएस मार्फत प्राप्त गरिने
टिकट नम्बरहरुबाट हरेक सोमबार लक्की ड्र गरि विजेता घोषणा गरिने कम्पनीले
जानकारी दिएको छ । एसएमएस र वोनस रकम पनि सोहि दिन प्रदान गर्ने बताइएको
छ । लक्कि ड्र मार्फत प्राप्त भएको एसएमएस र वोनस रकम एक साताभित्र
प्रयोग गरिसक्नुपर्ने एनसेलका कर्पोरेट कम्यूनिकेशन एक्सपर्ट मिलन
शर्माले बताउनुभयो ।

रक्तचाप के, किन, कसरी ?

मानव स्वास्थ्यको दृष्टिकोणले उच्च
रक्तचाप एक जोखिमपूर्ण रोग हो । यसले
हृदयघात, मृगौलाको कार्य क्षमतालाई
बेकामको गराउने जस्ता रोगहरु
निम्त्याउँछ । यसलाई "सुटुक्क ज्यान
लिने रोग" भनेर पनि चिन्ने गरिन्छ । उच्च रक्तचाप भएका धेरै
व्यक्तिहरुमा यसको केही पनि लक्षण
नदेखिन सक्छ । त्यसैले ४० वर्ष
नाघेका व्यक्तिहरुले नियमित परीक्षण
गराई डाक्टरको सल्लाह अनुसार जीवन
बिताउन उचित हुन्छ ।

शरीरको विभिन्न भागमा अक्सिजन पु
¥याउने कार्य रक्त नलीबाट बग्ने रगतले
गर्दछ । यी रगत नलीमा प्रवाह
हुँदा त्यस नलीमा चाप उत्पन्न हुन्छ ।
यसरी रक्त नलीमा हुने चापलाई रक्त
चाप भनिन्छ । रक्तचाप दुई किसिमको हुन्छ । जसलाई सिस्टोलिक
र डायस्टोलिकको रुपमा नापिन्छ । मुटु
पुरै खुम्चिएको अवस्थालाई
सिस्टोलिक चाप र
फुकेको अवस्थामा हुने चापलाई
डायस्टोलिक चाप भनिन्छ ।

रक्तचाप नाप्ने प्रक्रियामा जुन
व्यक्तिको नाप लिइने
हो त्यो व्यक्ति कम्तीमा ५ मिनेट
आरामसित बसेको हुनु पर्दछ ।
आधा घण्टा पूर्व
कफि चिया जस्ता नाडी उत्तेजना हुने किसिमका पेय पदार्थ पिएको हुनु हुँदैन ।
किन भने यी पेय पदार्थको सेवनले
रक्तचाप बढ्न सक्ने सम्भावना प्रबल
रहन्छ । विशेष गरी रक्तचाप
नाप्दा आरामसित
बसेको अवस्थामा हुनु पर्दछ । पारोयुक्त रक्तचाप नाप्ने यन्त्र
मर्करी स्फाइग्मो म्यानोमिटर
सबैभन्दा उपयुक्त मानिन्छ र
यसको इकाइ पारोसँग दाँजेर
राखिएको हुन्छ । जस्तैः १२० कि.मि. र
८० मि.मि. पारोलाई सामान्य चाप मानिन्छ । रक्तचाप नाप्ने यन्त्र
पाखुरामा स्थापित
गरी सकेपछि स्थेस्कोपको मद्दतले
नाडीको चालको नाप सुनेर रक्तचाप
निकालिन्छ । जहाँबाट
नाडीको ढुकढुक आवाज सुन्न शुरु हुन्छ त्यसलाई सिस्टोलिक प्रेशर
वा माथिल्लो रक्तचाप र जहाँबाट
ढुकढुकी आवाज सुन्न छोडिन्छ त्यसलाई
डायस्टोलिक वा तल्लो रक्तचाप
भनिन्छ । हिजोआज रक्तचाप जाँच्ने
उपकरणहरु विभिन्न किसिमका छन् र सही रक्तचाप निकाल्न कुनै पनि उपकरण
प्रयोग गर्दा कम्तीमा पनि दुई तीन
पल्ट दोहो¥याउन आवश्यक पर्दछ ।

साधारण रक्तचाप भन्नाले १२० मि.मि.
सिस्टोलिक र ८० मि.मि. डायस्टोलिक
भन्ने बुझिन्छ ।
सामान्यतया सिस्टोलिक र
डायस्टोलिक चापको मानमा २०
मि.मि. सम्मको घटबढलाई पनि साधारण नै मान्न सकिन्छ ।
यदि सिस्टोलिक
वा डायस्टोलिकको मान साधारण
भन्दा असामान्य रुपले फरक देखाउँछ भने
त्यस किसिमको रक्तचाप
भएको व्यक्तिलाई ब्लड हाइपरटेन्सन भएको भनिन्छ । त्यस्तै यदि एकदमै कम
चाप
देखाएको खण्डमा सो व्यक्तिलाई
हाइपोटेन्सन भएको भनिन्छ ।

शरीरलाई अनावश्यक हर्मोनहरु शरीर
बाहिर फ्याक्ने दरमा परिवर्तन
आएमा रक्त
धमनीको भित्ता वरपरको मोटाईमा
पनि फरक आउँछ । यस्तो परिवर्तनले
रक्तचापमा नकारात्मक असर पु¥याउँछ । जसले गर्दा हाइपरटेन्सन
वा हाइपोटेन्सन हुने हुन्छ । ५ देखि १५
प्रतिशत रोगीहरुमा गरिएको एक
अध्ययनमा रक्तचाप
दोस्रो कारकको रुपमा देखिएको छ ।
किड्नी, धमनी र नशाका रोगीहरुका अलावा
मोटोपना घटाउने औषधी खाने र
आगोले पोल्दा लगाउने
औषधी आदिको प्रयोगले पनि रक्तचाप
घट्ने वा बढ्ने हुन जान्छ ।
यस्तो रोगीहरुलाई एसनसियल हाइपरटेन्सनको दर्जामा राख्ने गरिन्छ
। यिनीहरुको रक्तचापमा फरक
आउनुको विभिन्न कारणहरु मध्ये
तन्तुहरुमा हुने जैविक परिवर्तन,
पुर्खौली वंशाणु, उत्तेजनात्मक तनाव,
वातावरणीय प्रभाव आदिबाट हुन सक्दछन् अरु सम्बन्धित कारणहरु
जस्तैः मोटोपन, उच्च चिल्लोपना, न्यून
क्याल्सियम, म्याग्नेसियम
वा पोटासियम,
रगतमा चिनीको मात्रा उच्च हुनु,
धुम्रपान, मदिरा सेवन र मनोवैज्ञानिक कारणहरु नै
रक्तचापमा भिन्नता ल्याउने
कारकहरुको रुपमा लिइने गरिन्छ । कर्कस
ध्वनीको निरन्तर सम्पर्कमा रहने
व्यक्तिलाई पनि उच्च रक्तचाप हुन
सक्दछ । ध्वनीले गर्दा एडरेनल हर्मोनको संख्यामा बृद्धि हुन जान्छ
जसले रक्तचाप बढाउँछ ।

हाइपोटेन्सन भएको कसरी थाहा पाउने ?

सामान्यतया हाइपोटेन्सन लाई (न्यून
रक्तचाप) असाधारण अवस्था मानिन्छ
। न्यून रक्तचाप विरलैलाई मात्र हुने हुन्छ
। धेरै जसो सामान्य
कुराकानी गर्दा आफूलाई न्यून रक्तचाप
छ भन्ने गरेता पनि बढी भन्दा बढी यस्ता
व्यक्तिहरुको सिस्टोलिक चाप ९० बाट
११० कि.मि.
(पारो को हाराहारीमा पाइन्छ ।
उक्त चापलाई साधारण नै मानिन्छ ।
अर्को रोचक पक्ष यस्ता व्यक्तिहरुको आयु सामान्य
रक्तचाप
भएका मानिसहरुको भन्दा बढी भएको पाइएको छ ।

असाधारण हाइपोटेन्सन ले खतरनाक
रोगलाई इंगित गरेको हुन्छ । जस्तै वाह्य
तरल पदार्थको निष्कासन, मष्तिस्क
स्राव हुनु, वान्ता हुनु,
झाडा पखाला लाग्नु, बढी पिसाब
लाग्नु, औषधीको अधिक प्रयोग, आगोले पोल्नु, अधिक पसिना आउनु,
हृदयाघात हुनु, भित्री तरल
पदार्थमा कमी आउनु,
आन्द्रामा रोकावट हुनु र
फोक्सोमा रगत जम्नु जस्ता कारणहरुले
पनि रक्तचापमा कमी आउँदछ । मुटु वा त्यससित सम्बन्धित अन्य
अंगमा खराबी देखिएमा हृदयाघात,
नाडीको चालमा फरक आउनु,
छातीमा अत्यधिक पीडा हुनु,
रक्तनलीहरुमा धेरै खराबी आउनु
पनि हाइपोटेन्सनका लक्षणहरु हुन् ।


गर्भिणी अवस्थामा हुने असर

गर्भिणी अवस्थामा र
सुत्केरी अवस्थामा हुने असामान्य
रक्तचापले आमा बच्चा दुवैलाई प्रतिकूल
असर पर्न सक्दछ । बच्चा जन्माउने
बेला यदि आमालाई
गहिरो हाइपोटेन्सन भएको छ भने बच्चा तुहिने डर हुन्छ । अझ
यो अवस्था पहिलो पटकको बच्चा
जन्माउन
लागेको महिलाको लागि अझै घातक
हुन्छ । दोस्रो वा तेस्रो बच्चा पाउने
बेला यदि यस्तो अवस्था भएमा बच्चा जन्मनासाथ मर्ने वा पूर्ण विकसित
नभएको बच्चाको जन्म हुन सक्दछ ।
बच्चा पाउने बेलामा यदि हाइपोटेन्सन
भएको छ भने कोमा वा मृत्यु समेत हुने सम्भावना हुन्छ । यी दुवै
कुराको अलावा हाइपोटेन्सनले
शरीरको विभिन्न अंगहरु जस्तै सालनाल,
कलेजो, मुटुलाई पनि राम्रोसँग काम गर्न
नसक्ने बनाईदिनाले मुटुको चाल नै बन्द
हुन गई मृत्यु समेत हुन सक्दछ ।


उच्च वा न्यून रक्तचापका लक्षणहरु

हाइपरटेन्सनको सामान्य लक्षण
अधिकांश मानिसहरुमा पाइदैन ।
यो रोग आफूलाई भए
नभएको थाहा पाउन समय
समयमा रक्तचाप नाप्ने गर्नु पर्दछ ।
यदि कसैलाई हाइपरटेन्सन भएको छ भने बिहानीपख
अलि अलि टाउको दुखेको अनुभव हुनु,
आँखाको शत्तिः कम हुँदै जानु,
मुटुको धडकन अप्रत्यासित रुपले बढ्नु,
छिटोछिटो तर छोटो श्वास फेर्नु
आदि लक्षणहरु देखा पर्दछन् । हाइपरटेन्सन को लक्षण नै
नभएको व्यक्तिलाई यदि कसैले
तिमीलाई हाइपरटेन्सन भएको छ
भनी दिएको खण्डमा त्यो व्यक्ति
मनोवैज्ञानिक रुपमा विचलित भई
हाइपरटेन्सनका लक्षणहरु आफूमा देखिन थालेको अनुभव गर्दछ ।

यस्तो मनोवैज्ञानिक असर
परेको अवस्थामा पसिना खलखलि
निस्कनु, टाउको दुख्नु,
मांशपेशी कमजोर हुनु
आदि जस्ता लक्षणहरु देखिन्छ ।
हाइपोटेन्सनको अवस्थामा व्यक्तिमा कमजोरी अनुभव हुनु, जीउ सितांग हुनु,
रिंगटा लाग्नु वा बेहोस हुनु
आदि जस्ता लक्षणहरु देखा पर्दछन् ।


उपचार

हाइपरटेन्सनको उपचार नियमित
औषधी सेवन गरी रक्तचापलाई
नियन्त्रणमा राख्नु हो । ५ देखि १५
प्रतिशत उच्च
रक्तचापका रोगीहरुको उपचार
रोगको कारण पत्ता लगाएर मात्र गर्ने गरिन्छ । तर ८५ देखि ९५ प्रतिशत
रोगीहरु जसको रोगको कारण
थाहा लाग्दैन, यिनीहरुको उपचार
भनेको नियमित रुपले जीवनभर
औषधीको सेवन गर्नु नै हो ।
केही रोगीहरुलाई भने खाना, धुम्रपान, मदिरा सेवन, तनाव आदिमा परिवर्तन
गरी रक्तचाप नियन्त्रण गर्न सकिन्छ भने
केहीलाई
औषधीको सेवनमा क्रमशः कमी गराएर
नियन्त्रण गर्न सकिन्छ ।
रक्तचापमा नियन्त्रण ल्याउनु भनेको एउटा लामो प्रक्रिया हो । यस
प्रक्रियामा बिरामीले थेग्न सक्ने
हिसाबले एक वा धेरै
किसिमका औषधीको मात्रा बिस्तारै
बढाउँदै लानु पर्दछ ।
हाइपोटेन्सनको उपचारमा औषधीको सेवन गराइदैन । यसको सट्टामा नून
सेवनको मात्रा बिस्तारै बढाइन्छ । कुनै
कुनै बिरामीहरुको रक्त चाप अकस्मात्
घट्ने हुन्छ ।
यस्तो बिरामीको लागि खुट्टाको
तल्लो भागमा पट्टि कसेर पनि रक्तचापमा अकस्मात् हुने कमीबाट
बचाउन सकिन्छ ।

हिजोआज हाइपरटेन्सनबाट अधिकांश
मानिसहरु पीडित छन् । शरीरको धेरै
भन्दा धेरै अंगहरु क्षति पु¥याउनमा यसले
प्रमुख भूमिका खेल्दछ । यो रोगले
बहुसंख्यक मानिसको आयुलाई
छोट्टयाउँछ र जीवनको स्वरुपलाई नै बेढंगा बनाउँदछ । त्यसैले रक्तचाप घटबढ
हुनु स्वास्थ्यको हिसाबले अत्यन्त
खतरापूर्ण मानिन्छ । त्यसैले यसबाट
बच्न बेलैमा सचेत हुन आवश्यक छ ।


रक्तचाप भएको खण्डमा अपनाउनु पर्ने कुराहरु

- चिकित्सकको सल्लाहलाई
इमान्दारिताकासाथ
पालना गर्ने ।

- उचाइको हिसाबले
आफ्नो हुनु पर्ने निश्चित
तौलको ख्याल
राखि बढी भएमा घटाउने ।

- यदि मधुमेहको रोगी हुनुहुन्छ
भने त्यसको नियन्त्रण गर्ने,

- दिनमा ५ ग्रामभन्दा कम
मात्र नून लिने,

- नियमित व्यायाम गर्ने,

- पोटासियम, क्याल्सियम र
म्याग्नेसियम बढी पाइने
खानेकुराको सेवन गर्ने,

- आफूले खाने औषधीको नाम र
त्यसको मात्रा याद गर्ने ।


रक्तचाप भएको मानिसले बार्नुपर्ने कुराहरु

बोसो भएको खाना, चर्को नून
भएको खानेकुरा जस्तै अचार, पापड,
बिस्कुट, पाउरोटी, ड्राइमिट,
टिनमा बन्द भएका खानेकुराहरु
आदि नखाने, धुम्रपान नगर्ने, डाक्टरसित
सल्लाह नलिई उपचार बन्द नगर्ने, रक्तचापको औषधी सिध्याएर नबस्ने,
तौल घटाउने र रुघाको औषधीको सेवन
नगर्ने, आराम गर्न सिक्नुहोस र
बढी श्रमयुक्त काम नगर्नुहोस, साधारण
र ठूलो शल्यक्रिया गर्नु
अघि आफ्नो सम्बन्धित डाक्टरलाई आफूले लिने
गरेको औषधीहरुको जानकारी दिन
नभुल्नुहोस् ।

(विज्ञान लेखमाला÷अंक ३५३ असार
२०६७ बाट)

हाइड्रोजन बम के हो ?

सन् १९४५ मा अमेरिकाले जापानको दुइ
ठूला शहरहरु हिरोसिमा र
नागासाकिमा शक्तिशाली बम
खसालेको थियो जसले तत्काल
लाखौ मानवको ज्यान
लिएको थियो साथै उक्त बम यति सम्म शक्तिशाली थियोकि दशकौ यता आएर
आज सम्म पनि त्यहा विभिन्न घातक
विकिरणहरु पैदा भइरहेका छन् । उक्त
खसालिएको बम थियो - अणु बम ( Atom Bomb) । तर यस बम भन्दा पनि २५ हजार
गुणा शक्तिशाली बम वैज्ञानिकहरुले
निमार्ण गर्न सफल भएका छन जुन बम
मानव जातिले निमार्ण गरेको एक मात्र
शक्तिशाली अत्याधुनिक हतियार
हो । जसलाइ हाइड्रोजन बमका नामले
चिनिन्छ ।

हाइड्रोजन बममा अत्याधिक
उर्जा निर्माण गर्न फ्युजन
प्रकृया अपनाइन्छ । यसमा ट्रिटियम
वा ड्युटेरियमजस्ता हाइड्रोजनका
आइसोटोपहरु (एकै तत्व तर फरक पिण्ड
भएका परमाणुहरु) बिभिन्न अवस्थाहरुका कारण एकै ठाउमा फ्युजन
हुन्छ ( गाभिन्छ ) । यसरी फ्युजन
भएका दुइ
परमाणुहरुको पिण्डको जोडभन्दा
गाभिइसकेपछि उत्पादन हुने
तत्वको पिण्ड थौरै हुन्छ याने यस प्रक्रियामा केहि पिण्ड नाश हुन
पुग्दछन । यसरी हराएको अथवा नाश
भएको पिण्ड भोतिकशास्त्रि अल्बर्ट
आइन्स्टाइनको समिकरण E=mc^2
अनुशार अत्याधिक उर्जामा परिणत
हुन्छ ।

हाइड्रोजन बमले ऊर्जा उत्सर्जन गर्न दुइ
चरणहरु पार गर्नु पर्ने हुन्छ । पहिलो,
युरेनियम जस्ता अस्थिर परमाणुहरुलाई
फिसन प्रक्रियाबाट टुक्राएर
अत्याधिक उर्जा उत्पादन गर्नु र
दोस्रो, यसरि उत्पादित ऊर्जालाई प्रयोग
गरी हाइड्रोजनको आइसोटोपहरु
फ्युजन गराइ प्रचुर उर्जा उत्पादन गरिन्छ

Saturday, August 24, 2013

विन्डोज फोनमा युट्युब ब्लक!

विन्डोज फोनको युट्युव
एपको विषयमा गुगल र माइक्रोसफ्टबीच
विवाद चुलिएको छ। सेवा सर्तको उल्लङ्घन
गरेको बताउँदै गूगलले विन्डोज फोनमा युटयुव
एप ब्लक गरेपछि विवाद बढेको हो। गुगलले
माइक्रोसफटसँग यो एपको लागि 'एचटीएमएल फाइभ' कोड
भाषाको प्रयोग गर्ने बताको थियो। तर
पछि माइक्रोसफ्टले यो सर्त पूरा गरेन।

माइक्रोसफ्टले भने जानीजानी गुगलले
विन्डोज फोनमा एप ब्लक गरेको आरोप
लगाएको छ। 'द लिमिट्स अफ गुगल
ओपननेस' अर्थात 'गुगलको खुलापनको सीमा'
शीर्षकको ब्लग
पोष्टमा माइक्रोसफ्टका वकील डेविड हावर्डले युटुव सेवा पुन सुरु गर्न आग्रह
गरेका छन्।

डेविड हावर्डले
गुगलको आपत्ति नमिल्दो भएको बताए।
'गुगलले सेवा बन्द गर्ने निर्णय
जानिजानी गरेको हो ताकी हाम्रा उपभोक्ता
अन्य तर्फ जाउन' हावर्डले लेखेका छन्-
'गुगललाई यो थहा छ कि हामी यो समस्या सुल्झाउन सक्दैनौ।'

युटुवका सबै फिचर्सको लागी माइक्रोसफ्टले
ब्राउजर अपग्रेड नगरेको गुगलले बताएको छ।
अपग्रेड नगरी युटुव एप दोस्रो पटक रिलिज
गर्नु सेवा सर्तको उल्लंघन
भएको गुगलको दाबी छ।

अँध्यारोमा वस्तुहरू कसरी चम्किन्छन ?

कुनै वस्तु चम्कनको लागी त्यसले कि त कहीँबाट आइरहेको प्रकाश परावर्तन
गर्नुपर्छ कि त आफैले प्रकाश उत्पादन गर्नुपर्छ । तर प्रकाश उत्पादन
नगर्दा पनि चम्किने प्लास्टिकका 'तारा'हरू बजारमा पाइन्छन । तपाइले पनि
आफ्नो कोठामा यस्ता 'तारा'हरू टाँस्नु भएको छ होला । यि ताराहरू कसरी
चम्कन्छन त ? अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: फोस्फरस
नामको रासायनिक पदार्थ राखिएको हुन्छ । यस्ता वस्तुहरूलाई चम्काउनका लागी
पहिला प्रकाशमा राख्नुपर्छ । प्रकाशले ती वस्तुहरूमा रहेको फोस्फरसका
इलेक्ट्रोनहरूलाई 'उत्तेजित' पार्दछ । इलेक्ट्रोन उत्तेजित हुनु भनेको
आफु बसिरहेको कक्ष छोडी माथिल्लो कक्षमा पुग्नु हो । यसरी माथिल्लो
कक्षमा पुगेका इलेक्ट्रोनहरू छोटो समयमै आफ्नै कक्षमा नै आफ्नै कक्षमा
आइपुग्दछन । यस्तो गर्दा इलेक्ट्रोनहरूले निश्चित फ्रिक्वेन्सीको प्रकाश
उत्पादन गर्छन । यसरी उत्पादन भएको प्रकाशको कारणले नै प्लास्टिकका
'ताराहरू' चम्किन्छन । वैज्ञानिकहरूले प्रयोगशालामा धेरै प्रकारका
फोस्फोरसहरूको निर्माण गरिसकेका छन । तर अँध्यारोमा चम्किने यस्ता
वस्तुहरूमा सामान्यत: जिङ्कसल्फाइड वा स्ट्रोन्टियम अल्युमिनेट राखिएका
हुन्छन । र, जिङ्कसल्फाइडभन्दा स्ट्रोन्टियम अल्युमिनेट धेरै समयसम्म
चम्किरहने हुन्छ । अँध्यारोमा चम्कने कुनै कुनै वस्तुहरूमा फोस्फोरसका
साथसाथै रेडियमजस्ता रेडियोएक्टिभ तत्वहरू पनि राखिएका हुन्छन ।
रेडियोएक्टिभ तत्वहरूले थोरै मात्रामा विकिरणहरू उत्पादन गर्छन ( यति
थोरै कि यसले मानिसलाई केही हानी गर्दैन ) । यस्ता विकिरणहरूले
फोस्फोरसलाई त्यस्तै किसिमले 'चार्ज' गर्छन, जस्तो प्रकाशले गर्छ ।
त्यसैले रेडियोएक्टिभ तत्व राखिएका यस्ता वस्तुहरू अँध्यारोमा धेरै
समयस्म चम्किरहन्छन । यस्ता तत्वहरू खासगरी घन्टौँसम्म चम्किरहनुपर्ने
घडीका सुईहरूमा राखिएका हुन्छन ।

Friday, August 23, 2013

ल्यापटप तथा मोबाइललाई वनस्पतिले चार्ज गर्ने कि ?

हालै प्रकाशित एक अनुसन्धान अनुसार
वैज्ञानिकहरुले
बजारमा पाईने
रासायनिक
व्याट्री कै काम गर्ने जैविक व्याट्रीको विकास
गर्न सक्षम भएका छन् । उक्त
व्याट्रीको उत्पत्तिले ल्यापटप, मोबाइल तथा अन्य विद्युतीय उपकरणहरु
सोडा मिसाएको चिनीपानी वा
वनस्पति घ्यूले पनि रिचार्ज गर्न सकिने भएको छ ।

अमेरिकी रसायन समाजको २४० औं
राष्ट्रिय सम्मेलनमा
University of South Louis, Missouri
का वैज्ञानिक डा. सेली मिन्टीरले
उक्त उपकरणको विवरण दिंदै
भन्नुभयो "यो जैविक व्याट्रीले उत्पादन गर्ने
विद्युतको प्राविधिक
पृष्ठभूमि मानिस तथा अन्य
जीवमा ऊर्जा उत्सर्जित हुने विधिमा नै आधारित छ ।"
उक्त व्याट्रीको पहिलो पटक
सार्वजनिक प्रर्दशन गर्दै डा. मिन्टीर अगाडि भन्नुहुन्छ ।
"यदि यो उपकरणलाई अझै परिमार्जित
तथा विकास गर्न सकियो भने हाल बजारमा पाइने
साधारण तथा रिचार्ज गर्न मिल्ने
व्याट्रीलाई विस्थापन गर्न सकिन्छ ।"

जिवित प्राणीमा ऊर्जाको स्रोत
अर्बौ संख्यामा हुने
कोषका भित्री अंगहरु
माइटोक्रोन्ड्रिया
(Mitochondria)
हुन् । यी माइटोकोन्ड्रियालाई कोषको शक्ति केन्द्रको रुपमा लिइन्छ ।
डा. मिन्टीर र उनका समूहले विकास
गरेको जैविक
व्याट्री पनि यही माइटोकोन्ड्रियाले
उत्सर्जित गर्ने ऊर्जामा आधारित
रहेको छ । माइटोकोन्ड्रियाले कोषमा संकलित खाद्य क्यालोरीलाई
रसायनिक ऊर्जामा रुपान्तरण गर्दछ ।
सो प्रक्रियामा रसायनिक
अवस्थामा रहेको चिनी, बोसोलाई
Pyruvate
मा बदली
ATP (Adenosine triphosphate)
बनाउँछ, यही ATP नै कोषमा ऊर्जाको अवस्था हो जुन
प्राणीको शरीरलाई चाहिएको बखत
ऊर्जाको रुपमा परिचालित हुन्छ ।

जीवहरुमा खाद्य वस्तुहरु जस्तै चिनी,
बोसोबाट ऊर्जा उत्पन्न गर्ने
यही विधि नै जैविक व्याट्रीद्वारा ल्यापटप र
मोबाइलमा इन्धन भर्ने सिद्धान्त हो । डा. मिन्टीरका अनुसार
माइटोकोन्ड्रियाबाट निर्मित
जैविक
व्याट्रीमा माइटोकोन्ड्रियाको
पातलो तहलाई
दुईवटा इलेक्ट्रोडको बीचमा राखिन्छ

यसरी राखिएको इलेक्ट्रोडहरुमा एउटा
इलेक्ट्रोड वायु प्रवेश गर्न सक्ने
किसिमको हुन्छ । यसरी बनाइएको जैविक
व्याट्रीमा जैविक इन्धनहरु जस्तैः चिनी, बोसो वा अल्कोहल र
अक्सिजन दिइयो भने यसले क्रमिक
रुपमा विद्युत उत्पादन गर्दछ । साधारण व्याट्री भन्दा फरक
यस्ता व्याट्रीको चार्ज सकिदैन् ।
इन्धन र अक्सिजन रहेसम्म जैविक व्याट्रीलाई रिचार्ज
गरिरहनु पर्दैन । डा. मिन्टीर अगाडि भन्नुहुन्छ "यस
किसिमको जैविक इन्धन व्याट्रीहरु
नयाँ भने होइनन् । वैज्ञानिकहरुले प्रकृतिका प्राकृतिक
सिद्धान्त अनुसरण गरी विभिन्न जैविक
इन्धन व्याट्री बनाएका छन् । " तर
यसरी माइटोकोण्ड्रियाको प्रयोग
गरी बनाइएको जैविक व्याट्री यो नै
पहिलो हो ।

यसरी विकसित भएको जैविक
व्याट्री ल्यापटप र
मोबाइलको व्याट्री बाहेक
पनि विभिन्न क्षेत्रमा उपयोगिता हुन सक्ने देखिएको छ ।
विशेष गरी ताररहित तापक्रम सचेतक,
चाल सचेतक, गाडी तथा वाहन निगरानी राख्न् ।
यसै गरी लुकाइ राखेको विष्पोटक
पदार्थ पत्ता लगाउन पनि यसको उपयोग हुन सक्ने देखिएको छ ।

Thursday, August 22, 2013

नाइट्रस अक्साइडलाई किन लाफिङ्ग ग्यास भनिन्छ ?

हामीलाई थाहा छ कि लाफिङ्ग
ग्यास अलिकती सुँघेमा मात्र
पनि हामि मरिमरी हास्न पुग्दछौ ।
यस्तो ग्यास उत्तेजित भिड साम्य पार्न
र नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
तथा अन्य विविध प्रयोजनका लागी पनि लाफिङ्ग
ग्यासको प्रयोग गरिन्छ ।
वास्तवमा लाफिङ्ग ग्यास नाइट्रस
अक्साइड हो । नाइट्रस अक्साइड(N 2O) नाइट्रोजन(N) र अक्सिजन(O)
को प्रतिक्रियाबाट बनेको हुन्छ ।
यो रङ्गविहीन कम क्रियाशिल र
पनीमा सजिलैसंग घुल्न सक्ने ग्यास हो ।
हसाउने ग्यासले प्रख्यात नाइट्रस
अक्साइड धेरै मात्रामा सुँघेमा हामि अचेत
अवस्थामा पुग्न सक्छौ । तर
केहि मात्रामा सुँघेको खण्डमा
मष्तिष्कको सुक्ष्मकोषहरुलाई उत्तेजित
पार्दछ फलस्वरुप
शरीरमा हलुका खालको उत्तेजना पैदा हुन्छ जुन मानिसले हासेको जस्तो हुन्छ
याने भित्र जस्तो भएतापनि मान्छे
जबरजस्त हास्न पुग्दछ ।

के हो सामान्य सापेक्षताको सिद्धान्त (Theory of General Relativity) ?

सामान्य सापेक्षताको सिद्धान्त
जर्मन भौतिकशास्त्री अल्बर्ट
आइन्सटाइन (Albert Einstein) ले सन् १९१५
मा प्रतिपादन गरेका हुन ।
यो सिद्धान्त विशेष सापेक्षताको सिद्धान्तको जगमा अडिएको छ । यस सिद्धान्तले
मुख्यरूपमा गुरूत्वकर्षणको नियम र
प्रकृतिका अन्य
बलहरूसंगको यसका सम्बन्धहरूको
व्याख्या गर्छ । यस सिद्धान्तलाई
निम्नलिखित मुख्य पाँच कुराहरूमा केन्द्रित गर्नसकिन्छ :

(क) अन्तरिक्ष तथा अन्तरिक्ष-समय
पहिले विश्वास गरिएझै चेप्टो नभई
यो घुमाउरो (Curved or Warped) छ ।
(ख) न्युटनले भनेजस्तै ग्रहहरू
गुरूत्वाकर्षणको कारणले घुमाउरो कक्ष
(Orbit) मा रही घुमिरहेको नभई घुमाउरो अन्तरिक्षमा सबभन्दा छोटो
सोझो बाटोलाई पछ्याउदै
जाँदा सूर्यलाई घुम्न पुगेका हुन् ।
(ग) अन्तरिक्षमा कुनै पनि पिण्डले जहिले
पनि चौआयामिक अन्तरिक्ष-समय (Four
Dimensional Space-Time) मा सोझो बाटो नै पछ्याएको हुन्छ ।
(घ) सूर्य
जस्तो ठूलो पिण्डको गुरूत्वाकर्षणको
क्षेत्रमा प्रकाश बाङ्गिन पुग्छ ।
यो कुरालाई सन् १९१९ को खग्रास
सूर्यग्रहणको समयमा सूर्य नजिक देखिएका ताराहरुको अवलोकनबाट
बेलायती वैज्ञानिकहरुले
पुष्टि गरेका छन ।
(ङ) कम
गतिमा रहँदाभन्दा बढी गतिमा रहँदा
समय ढिलो चल्छ । अर्थात्, दर्शकको गतिअनुसार समय
ढिलो वा चाँडो चल्ने हुन्छ ।

कन्ट्याक्ट लेन्स (Contact Lence) भनेको के हो ?

कन्ट्याक्ट लेन्स एक
बाक्लो प्रकारको पारदर्शी
प्लास्टिकको कप हो । यो
0.06 मिलि मिटरदेखि 0.15
मिलि मिटरसम्म बाक्लो हुन्छ ।
यसको डायमिटर 5.5 मि.मि. देखि 15 मि.मि. सम्मको हुन्छ जुन
आँखाको सिधै कर्निया (Cornea) को
माथि राखिन्छ । कन्ट्याक्ट
लेन्सको प्रयोग गर्नुको प्रथम उद्देश्य
चस्माको प्रयोग विना वस्तुलाई स्पष्ट
तथा स्वाभाविक तरिकाले देख्न सकियोस
भन्ने हो । खासगरी आँखामा हुने
दुरदृष्टि तथा अदुरदृष्टिका समस्या
हटाउनकालागी चस्माको प्रयोग
गरिन्छ । कन्ट्याक्ट लेन्स जलविन्दु
जस्ता कतिपय आँखाको बिरामीका लागि त
यो थेरापीको रूपमा पनि प्रयोग
गरिन्छ ।
त्यस्तै खेलकुद, नृत्य, र चलचित्र
क्षेत्रमा सम्बद्ध मानिसहरूले लेन्सलाई
चस्माको सजिलो वैकल्पिक साधनका रूपमा लिएका छन । यस
प्रकारको लेन्सको
प्रयोगले
एथलेटहरुको प्रस्तुति राम्रो भएको
प्रमाणित भइ सकेको छ । यसका
अतिरिक्त कन्ट्याक्ट लेन्सको प्रयोग सौन्दर्य बढाउन पनि गरिन्छ । विभिन्न
प्रकारका लेन्स प्रयोग
गरि आँखाको रुपनै परिवर्तन गर्न
सकिन्छ । यसमा
भएको पछिल्लो विकासले
टाढाको वस्तु देख्न नसकिने आँखाको कमजोरीलाई विशेष
प्रकारको कन्ट्याक्ट लेन्सको प्रयोगले
कम गर्न सकिने भएको छ ।
अर्थोकार्टोलोजी नामक
यो प्रविधि तुलनात्मक
रुपमा महँगो भएता पनि यसको प्रयोगबाट आशातित सुविधा पाउन
सकिन्छ । आउदो वर्षहरुमा कन्ट्यक्ट
लेन्समा
भारि परिवर्तन आउने
वैज्ञानिकहरुको नितन्तरको प्रयाशले
देखाउदछ ।

Wednesday, August 21, 2013

चलचित्रहरुमा दोहोरो भूमिका ( डबल पार्ट) कसरी देखाइन्छ ?

हामीले कुनै कुनै फिल्ममा एउटै अनुहार
भएका दुई व्यक्तीले अभिनय
गरेको देख्नपाउदछौ ।
चलचित्रमा दुइजनाको रुपमा देखाइएतापनि
वास्तविकरुपमा अभिनय एकजनालेनै
गरेको हुन्छ । यसरी चलचित्रहरुमा एउटै मानिसको दोहोरो भूमिका कसरी देखाइन्छ
जानौ ।

डबल पार्ट फिल्म खिच्दा क्यामेरा संचालकले
क्यामेराको लेन्सलाई
आधा छोपिदिएको हुन्छ ।
यस्तो गरिदा रिलको आधा एकातिर मात्रै
दृश्य भरिन्छ ।
त्यसपछि अर्को दृश्यमा फिल्म खिच्न रिललाई उल्टोतिर घुमाइन्छ जसलाई
रिवर्स गरिनु भनिन्छ । र
लेन्सको अर्को आधा भाग छोपि फिल्म
खिचिन्छ । यसरी खिचिएको दृश्यहरु
कम्प्युटरको सहताले मिलाई हेरिनयोग्य
एउटै मानिसको दोहोरो भूमिका भएको चलचित्रको निमार्ण गरिन्छ ।

सर्पको जिब्रो किन बीचमा फाटिएको हुन्छ ?

सर्पले सुन्न सक्दैन । यसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर
आफूवरिपरिको स्थितिको जानकारी
राख्दछ । तर, त्यसभन्दा पनि भरपर्दो औजार
हो, यसको जिब्रो । सानो छँदा हामीमध्य
धेरैको धारणा के हुन्थ्यो भने
बीचमा काटिएको सर्पको अनौठो जिब्रोले नै हामीलाई टोक्छ । तर, यो धारणा बिल्कुल
गलत हो ।
सर्पको काटिएको जिब्रो हाम्रो लागि
हानिकारक हुन्न । यसले त
आफ्नो यो अनौठो जिब्रो परिस्थिति
आँकलन गर्न प्रयोग गर्छ । सर्पको तालुमा दुई ससाना अङ्गहरू हुन्छन ।
ती अङ्गहरूलाई 'जेकब्सन्स ओर्गन' भनिन्छ
। सर्पले
आफूवरिपरिको वस्तुस्थितिको जानकारी
लिन जिब्रो तीव्र गतिमा भित्रबाहिर
गरिरहेको हुन्छ । प्रत्यक पटक सर्पले आफ्नो जिब्रो बाहिर
निकाल्दा हावामा रहेका रासायनिक कणहरू
गिलो जिब्रोमा टाँसिन्छन ।
आफ्नो जिब्रो मुखभित्र
छिराउँदा यसरी टाँसिएका कणहरूलाई सर्पले
जेकब्सन ओर्गनमा राख्छ । जेकब्सन ओर्गनले यी कणहरूको पहिचान गरि शिकार नजिक
छ वा छैन, कति टाढा छ, हावाको तापक्रम
कति छ भन्ने जस्ता कुराहरू निर्क्यौल गर्छ ।
जेकब्सन ओर्गनले जिब्रोका दुवै
चुच्चोहरूमा शिकारको गन्धका कणहरू प्राप्त
नगर्दासम्म सर्पले शिकारको पिछा गरिरहन्छ । जब
जिब्रोको एउटा मात्र
चुच्चोमा शिकारको गन्ध पाउँछ तब
सोहि दिशातिर सर्प लाग्दछ । जब दुवै
चुच्चाहरूबाट शिकारको गन्ध हराउँछ, तब
सर्पले आफ्नो टाउको यताउता हल्लाएर फेरि गन्धका कणहरू खोजी गर्छ ।

विषको सेवनबाट मानिसको मृत्यु कसरी हुन्छ ?

हाम्रो शरीरका लागि शक्ति खानाहरूको
अक्सिडेसनबाट प्राप्त हुन्छ । यस
प्रक्रियाले खानालाई ग्लुकोज र
पानीमा परिणत गरिदिन्छ । यसलाई एक
ठाउँबाट
अर्को ठाउँमा लैजानको लागि साइटोक्रोम अक्सिडेज नामक इन्जाइमले मद्दत
पुऱ्याएको हुन्छ । विषसेवनबाट
यी इन्जाइमलाई निस्क्रिय तुल्याइदिन्छ र
यिनीहरू काम गर्न असक्षम हुन्छन ।
फलस्वरुप शरीरमा विभिन्न
प्रक्रिया सञ्चालन हुन सक्दैनन् र मानिसको मृत्यु हुन्छ ।

Monday, August 19, 2013

खुट्टा किन गन्हाउँछ ?

हामी मध्ये कयौँ गन्हाउने समस्याले हैरान
भएका हुन्छौं । कहीँ जुत्ता फुकालेर
कोठामा जानु परेमा अप्ठेरो हुन्छ । जिउ
जति नै बास्ना आउने भएपनि खुट्टा त
यति गन्हाउने हुन्छ कि त्यस
व्यक्तिको अगाडि बस्नै नसकिने हुन्छ । हाम्रो खुट्टा गन्हाउनुको मुख्य कारण के
हो त ? हाम्रो खुट्टा गन्हाउनुको प्रमुख
कारण पसिना हो । प्रत्येकमा २ लाख ५०
हजारभन्दा बढी पसिना ग्रन्थि हुने
हाम्रा खुट्टाहरू
शरीरमा सबैभन्दा बढी पसिना आउने ठाउँहरुमध्ये पर्छन् । एक
दिनमा हाम्रो एउटा खुट्टाले करिब ४५०
मिलि लिटर पसिना निकाल्छ ।
पसिना भनेको प्रमुख रुपमा पानी र
नुनको मिश्रण मात्र हो । त्यसैले
पसिना आफैँ भने गन्हाउने हुँदैन । पसिना गन्हाउने मुख्य कारण त
हाम्रो छालामा हुने ब्याक्टेरियाहरु हो ।
ब्याक्टेरियाले हाम्रो छालामा उत्पादन हुने
पसिना खान्छ । र,
पसिना खाइसकेपछि ब्याक्टेरियाले
दिशाको रुपमा निकाल्ने तत्त्व नै पसिना गन्हाउनुको प्रमुख कारण हो ।
पक्कै पनि हाम्रो शरीरको सबै
भागमा पसिना आउँछ ।
हाम्रो हातहरूमा पनि प्रशस्त
पसिना ग्रन्थीहरु हुन्छन् । तर, खुट्टाजस्तै
शरीरका अन्य भागहरु त्यति गन्हाउँदैनन् । के फरक छ त खुट्टा र शरीरका अन्य
भागहरुमा ? यसको उत्तर हो मोजा र
जुत्ता । जुत्ता र मोजाका कारण खुट्टाबाट
निस्कने पसिना हातहरू र शरीरका अन्य
भागमा निस्कने पसिना जस्तो सजिलै
बाहिरी हावासँग सम्पर्कमा आउन सक्दैन । यो खुट्टा र मोजामै टाँसिएर बस्छ ।
ब्याक्टेरिया अँध्यारो, ओसिलो र
चिसो ठाउँमा चाँडै फैलिने हुँदा खुट्टातर्फ
आकर्षित हुन्छ ।
कसैकसैको खुट्टा अरुको भन्दा धेरै
गन्हाउनुको कारण चाहिँ उनिहरुको खुट्टामा धेरै
पसिना आउनु नै हो । र, तपाईँले याद
गर्नुभएको होला, धेरै हिँडियो भने
पनि खुट्टा धेरै गन्हाउँछ; कारण उही हो :
धेरै हिँड्दा धेरै पसिना आउनु ।

अनलाईन फोटो स्टोरेज

आजभोली अलि गतिला स्मार्टफोन
देखी डिजीटल क्यामरा सम्मले जो कोहीलाई
फोटोग्राफर बनाई दिएको छ ।
फोटोग्रीफीमा साधारण ज्ञान भएकाहरु
पनि साधरण अवश्थालाई असाधरण तरिकाले
क्यामरामा कैद गरेर आफ्नो क्रियटीभिटीको परिक्षण
गर्दछन । केही वर्ष अगाडी सम्म म्यानुवल
क्यामरा चलाउदा मान्छेहरु रोजेर र सोचेर
फोटो खिच्थे किनभने त्यसले
क्यमराको रिल मात्र नाश गर्दैन
थियो त्यसलाई धुलाएर फोटो निकाल्न पनि फेरी पैसा खर्च गर्नु पर्दथ्यो । तर
अहिलेको डिजीटल
फोटोग्राफीको जमानामा ठ्याक्कै
त्यस्तो अवश्था छैन । मन
लागेको अवश्थामा फोटो जती पनि खिच्न
सकिन्छ तर यसको भण्डारण ठुलो चुनौती भएर रहेको छ । हुनलाई
यो चुनौती तपाई हाम्रो मात्र हैन
विश्वब्यापी समस्या हो । गत हप्ता मात्र
याहु को फोटो भण्डारण गर्ने वेबसाईट
फिल्करले १ हजार गिगाबाईट
सम्मको फोटो निशुल्क भण्डारण गर्ने सुबिधा दिएको छ । याहुको फिल्कर मात्र
हैन
गुगलको पिकासा पनि फोटो भण्डारणको
लागी कहलिएको वेबसाईट हो । आउनुसहोस
यि र यस्तै केही अन्य वेबसाईट बारे
चर्चा गरौ ।

फिल्कर : विश्व प्रसिद्द ईन्टरनेट कम्पनी याहुको स्वामित्वमा रहेको यस
वेबसाईटले गत हप्ता देखी १ टेराबाईट
सम्मको फोटो निशुल्क भण्डारण गर्ने
सुबिधा दिन थालेको छ । यसमा हाल
प्रचलनमा रहेको सात मेगापिक्सल
क्षमताको स्मार्टफोन वा डिजीटल क्यामराले खिचेका झण्डै पाँच लाख
फोटो भण्डारण गर्न सकिन्छ ।
सर्वसाधरणको लागी यती फोटो खिचेर
अपलोड गर्नु अलि अलि अस्वभाविक
देखीन्छ तर ब्यबसायीक फोटोग्राफरहरुले याहु
आईडी प्रयोग गरेर यसको उचित उपयोग गर्न सक्दछन । फिल्करको उल्लेखनिय
अन्य बिशेशतामा स्मार्टफोनको लागी तयार
गरीएको एप्लीकेशनको साहायताले
वेबमा सोझै अपलोड गर्ने मिल्ने सुबिधा र
यसमा भण्डारण
गरेका फोटोहरुको गोपनियता हो । यसमा तपाईले
साना साना भिडीयो पनि अपलोड गरेर राख्न
सक्नु हुन्छ

पिकासा : डेक्सटप कम्प्युटरमा एप्लीकेशन ईन्सटल गरेर समेत वेबमा फोटो अपलोड गर्न
मिल्ने यस साईटको स्वामित्व गुगलमा रहेको छ ।
फिल्करको जस्तै
यसको पनि स्मार्टफोनमा प्रयोग गर्न
मिल्ने एपलीकेशन हरु छन । यसमा १
गिगाबाईट सम्मका फोटोहरु निशुल्क
अपलोड गर्न सकिन्छ । फिल्करको तुलनमा यसको भण्डारण
क्षमता ज्यादै न्युन देखीए
पनि पिकासको लागी गुगलले १ गिगाबाईट
क्षमताको ईमेल सेवा शुरु गर्दा हटमेल, याहु
जस्ता कम्पनीलाई जस्तो मनोबैज्ञानिक
दबाब परेको थियो त्यस्तै अवश्था हो । यसै पनि फिल्करले आफ्नो भण्डारण
क्षमता बृदी गरेको धेरे भएको छैन ।

स्मगमग : अनलाईन भुक्तानी गर्ने समस्या वा निशुल्क उपलब्ध बिकल्पहरुले
चित्त बुझाई रहेकोले हुन सक्छ यसलाई
नेपाली प्रयोगकर्ताहरुले साखै प्रयोग
गरेको देखीदैन तर विश्व बजारमा ब्यबसायीक
फोटग्राफरहरुले आफ्नो फोटो भण्डारण गर्न
रुचाएको वेबसाईटहरु मध्ये यो पनि अग्रपङ्गतीमा पर्दछन ।
यसमा ग्राहक
बन्नको लागि कम्तीमा बार्षिक चालिस
अमेरिकी डलर भुक्तान गर्नु पर्दछ तर
जती पनि फोटो भण्डारण गर्न सकिन्छ ।
यस साईटमा उल्लेख भए अनुसार यसका तिनलाख भन्दा बढी प्रयोगकर्ता छन


फोटोबकेट : यस साईटमा विश्वभरीका प्रयोगकर्ताहरुले दश
अर्ब भन्दा फोटो भण्डारण भण्डारण गरेको छ भनिन्छ । यस तथ्यलाई
आधारमान्दा पनि यसको लोकप्रियता
आंकलन गर्न सकिन्छ । यसमा निश्चीत
क्षमताका असंख्या फोटो भण्डारण गर्न
सकिन्छ भने यसलाई फेसबुक
जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुमा पनि जडान गरेर प्रयोग गर्न
सकिन्छ । यस वेबसाईटमा अनलाईन
फोटो एडिटिंङ्ग गर्ने सुबिधा समेत
रहेको छ ।

माथीको लिष्टमा ईन्टाग्राम , फेसबुक जस्ता वेबसाईटहरुलाई समावेश
नगरिनुका कारण मुलत: यि साईटहरु
फोटो स्टोरेज गरेर राख्ने अभिप्रायले
सञ्चालनमा रहेका हैनन भनिन्छ । यि
साईटहरुलाई फोटो शेयरीङ्ग गर्ने सामाजिक
सञ्जाल वेबसाईट भन्न सकिन्छ तर नेपली प्रयोगकर्ताहरुको बानी हेर्ने हो भने
फोटो स्टोरेज गर्ने वेसाईटहरुमा फेसबुक १
नम्बरमा देखीन्छ । फेसबुकमा अपलोड
गरीएका फोटोहरु अपलोड भै
सक्दा यसको गुणस्तरमा कमी आई
सकेको हुन्छ र यसमा अपलोड गरीएका फोटो कसलाई हेर्न दिने कसलाई
हेर्न नदिने भन्ने सेटिङ्ग नमिलाउने हो भने
यसको दुरुपयोग हुने सम्भावना प्रवल रहन्छ तर
माथी उल्लेख गरीएका वेबसाईटहरु मुलत:
फोटो स्टोरेज गर्नकै लागी निर्माण
गरीएका हुनाले यी साईटहरु युजरफ्रेण्डली र गोपनियता र गुणस्तरको हकमा अगाडी छन ।
यसैले तपाई आफुले रोजेर माथीको कुनै
पनि वेबसाइटमा फोटो भण्डारण गरेर राख्न
सक्नु हुन्छ ।

Blog मा click गर्न मिल्ने image राख्नुहोस्।

यो post मा click नहुने Image, click हुने
Image र click हुँदा new window मा खोल्ने
Image, को बारेमा रखेको छु । तपाईले
यो तरिका post मा, sidebar मा, header
मा वा अन्य जहाँ पनि अपनाउँन सक्नुहुनेछ
अथवा राख्न सक्नुहुनेछ ।

Blog मा image राख्ने तरिका (click नहुने image)...

सबै भन्दा पहिले image लाई free image
hosting site मा upload गर्नुहोस । जस्तै: Photobucket , Picasa वा अन्य
site मा । तपाईले upload गर्नुभएको site बाट image
को URL पाउनुहुनेछ । जस्तै:
http://3.bp.blogspot.com/_YKaagkXaGT0/
TTMMAs8KvsI/AAAAAAAAAIM/
aWseSdPaKZA/s1600/I+Wish+I
+Could.jpg


अब आएको image को URL लाई
तलको जस्तो code मा change गरेर लेख्नुहोस्

<img src="http://3.bp.blogspot.com/
_YKaagkXaGT0/TTMMAs8KvsI/
AAAAAAAAAIM/aWseSdPaKZA/s1600/I
+Wish+I+Could.jpg" alt="I Wish I Could"
width="200" height="134" />
तलको image click गर्न मिल्दैन ।

click हुने image (open in same window)...

आएको image को URL लाई
तलको जस्तो code मा change गरेर लेख्नुहोस्


<a href="http://
merosanokura.blogspot.com"><img
src="http://3.bp.blogspot.com/ _YKaagkXaGT0/TTMMAs8KvsI/
AAAAAAAAAIM/aWseSdPaKZA/s1600/I
+Wish+I+Could.jpg" alt="I Wish I Could"
width="200" height="134" border="0" /
></a>
तलको image click गर्दा एउटै window
मा खुल्छ ।

click हुने image (open in new window)...

आएको image को URL लाई
तलको जस्तो code मा change गरेर लेख्नुहोस्


<a href="http://
merosanokura.blogspot.com"
target="_blank"><img src="http://3.bp.blogspot.com/
_YKaagkXaGT0/TTMMAs8KvsI/
AAAAAAAAAIM/aWseSdPaKZA/s1600/I
+Wish+I+Could.jpg
" alt="john cena"
width="200" height="134" border="0" /
></a>
तलको image click गर्दा छुट्टै window
मा खुल्छ ।

यदी तपाई sidebar मा राख्न चाहनुहुन्छ भने
Design>>Page Elementsहुँदै Add a Gadget
मा click गर्नुहोस र माथिको code राख्नुहोस्

धन्यवाद!!

बिरालोले किन घुर्र-घुर्र आवाज निकाल्छ ?

धेरैलाई थाहा छ बिरालो जातका जनावरहरू,
चाहे त्यो सानो होस वा ठूलो, सबैले घुर्र-
घुर्र आवाज निकाल्ने गर्दछन । कुनैकुनै
चिडियाखानामा चितुवाजस्ता ठूला
बिरालाहरूले पनि यस्तो आवाज निकाल्ने
गरेको पाइएको छ । बिरालोको घुर्र-घुर्र आवाज भोकल कर्डको कम्पनको कारणले
पैदा हुन्छ र यो स्वचालित कार्य
(Voluntary Action) भित्र पर्दछ ।
यस्तो आवाज निस्कँदा भ्वाइस
बक्सका मांसपेशीहरूले भल्बको रूपमा काम
गर्छन, जसको कारणले भोकल कर्डको दुवै दिशा भएर जाने हावामा कम्पन पैदा भएर
आवाज पैदा हुन्छ । सुरूमा बिरालोहरू
खुसी भएको बेला र सन्तुष्ट महसुस
गरेका बेलामा घुर्र-घुर्र आवाज निकाल्छन
भन्ने विश्वास गरिन्थ्यो ।

यो कुरा पनि सत्य हो, तर बिरालो खुसी नभएका क्षणहरूमा पनि
यस्तो आवाज निकाल्ने गर्दछ । बिरालोले
निकाल्ने
यो आवाजको फ्रिक्वेन्सी 25-130
हर्जसम्मको हुन्छ ।
वैज्ञानिकहरुका अनुसार यो फ्रिक्वेन्सी भनेको हाड र
मांसपेशीहरूमा हुने दुखाइ कम गर्ने
फ्रिक्वेन्सी हो । यसले के देखाउँछ भने
बिरालोले आफ्नो हाड तथा मांसपेशीमा हुने
दुखाइको उपचारको लागि यस्तो आवाज
निकालेको हुन सक्छ । यो सिद्धान्तलाई कुन कुराले पनि बल पुराउँछ भने
बिरालो प्रजातिका जनावरहरूको हाड
भाँचिएमा अरू जनावरहरूमा भन्दा चाँडै
निको हुन्छ ।

धुलो भएन भने के हुन्छ ?

प्राय: सबैलाई लाग्दो हो, 'धुलोको खासै महत्वपूर्ण काम छैन । धुलो नभइदिए
त दिनदिनै घर सफा गर्नु पर्दैनथ्यो । सबै कुराहरू सफा सुग्घर हुने थिए
साथै मानिसलाई विभिन्न
श्वासप्रश्वासका रोगहरू लाग्ने थिएन ।' तर, धुलो
नहुँदो हो त
त्यो भन्दा पनि बढी समस्या पर्ने थियो ।
यदी धुलो नभएमा पानी
धेरै पर्ने थिएन, सूर्यास्त हामीले देख्ने
गरेको जस्तो सुन्दर हुने थिएन ।

पानी पर्नुमा वायुमण्डलमा हुने
धुलोका कणहरूको धेरै ठूलो योगदान हुन्छ ।
धुलोका कणहरूले
वायुमण्डलमा वाफका रूपमा रहेका पानीका
अणुहरूलाई सोस्ने गर्छ । यसरी पानीका अणुहरू
धुलोका कणहरूमा जम्मा हुदैँ जाँदा, विस्तारै
त्यो गह्रौँ हुन्छ । र, अन्त्यमा निकै
गह्रौँ भएपछि पानीका ति अणुहरू
वर्षाको रुपमा जमिनमा झर्छ ।
त्यस्तै सूर्योदय तथा सूर्यास्त सुन्दर देखिनमा पनि धुलोको महत्वपूर्ण
भूमिका छ । सूर्योदय र सूर्यास्तको समयमा,
जब सूर्य क्षितिजभन्दा तल
हुन्छ, पानीका कणहरू
मिसिएका धुलाका कर्णहरूले लामो वेभलेन्थ
(तरङ्ग लम्बाइ) भएको रातो प्रकाशलाई परावर्तन
गरी वायुमण्डलमा फिजाइदिन्छ, जसका
कारण आकाश रातो देखिन्छ ।
वायुमण्डलमा जति धेरै धुलाका कणहरू हुन्छन,
सूर्योदय र सूर्यास्त त्यति धेरै सुन्दर
देखिन्छ ।

खोपले कसरी काम र्गछ ?

शिशु जन्मेको पाँच वर्ष नपुग्दै विभिन्न
थरिथरिका खोपहरु लगाइन्छ ।
पोलियो थोपा, हेपाटाइटिसको खोप,
दादुराको खोप, आदि खोपहरु
लगाइँदा शिशुमा पछि यी रोगहरु
देखा नपर्ने बताइन्छ । तर, यस्ता खोपहरुले कसरी काम गर्छ त ?
हामीहरुमध्ये धेरैले के
सोच्छौ भने रोगहरु लाग्दा दिइने
औषधिहरुजस्तै खोप पनि कुनै
प्रकारको औषधि नै होला । तर,
खासमा खोप भनेको रोग लगाउने भाइरस
वा ब्याक्टेरियाहरु नै हो । उदाहरणको लागि दादुराको खोपमा दादुरा
लगाउने किटाणुहरु नै हुन्छन । तर,
यी किटाणुहरुलाई शिथिल
बनाइएका हुन्छन । त्यसैले
यी किटाणुहरुसँग रोग लगाउने क्षमता भने
हुँदैन । त्यसैले खोप दिनु भनेको शरीरको प्रतिरोधात्मक
प्रणालीलाई तयार पार्नु हो । शिशु
अवस्थामा नै खोपबाट दिइने
यस्ता किटाणुहरु शरीरमा प्रवेश
गरेको खण्डमा शरीरले रोग प्रतिरोधात्मक
क्षमता बढाउँछ र भविश्यमा पनि यस्ता किटाणुहरु
शरीरभित्र पसे
केही कठिनाइबिना प्रतिरोध गर्छ । जब
शरीरमा शिथिल बनाइएका किटाणुहरु
प्रवेश गराइन्छ, शरीरमा रहेका बि–सेलहरु
( एक प्रकारको सेतो रक्तकोष) क्रियाशील हुन्छन । बि–सेलहरु
क्रियाशील हुँदा शरीरमा एन्टिबडीहरुले
रोग लगाउने ब्याक्टेरिया वा भाइरसहरु
विरुद्ध प्रतिरोध गर्छ । त्यसैले धेरै
प्रकारका खोपहरु एकपटक
दिइसकेपछि त्यसले जीवनभरिको लागि काम गर्छ । तर
कुनैकुनै खोपहरुले
जीवनभरिको लागि काम गर्दैन ।
उदाहरणको लागि टिटानसको खोपले
खास समयसीमाको लागि मात्र काम गर्छ ।
यस्तो अवस्थामा यस्ता खोपहरु निश्चित समय अन्तरालमा दिइनुपर्ने हुन्छ ।
मानिस जन्मँदा उसँग निश्चित
रोगहरुसँग मात्र लड्ने प्रतिरोधात्मक
क्षमता हुन्छ । यो प्रतिरोधात्मक
क्षमताको कारक
उसको शरीरमा आमामार्फत प्राप्त हुने एन्टिबडीहरु हुन । तर, यी एन्टिबडीहरुले
शिशुलाई एक वर्षसम्म मात्र सुरक्षा दिन
सक्छन । त्यस्तै, अन्य धेरै रोगहरुविरुद्ध
प्रतिरोध गर्ने एन्टिबडीहरु
शिशुमा आमामार्फत प्राप्त हुदैनन् । त्यसैले
भविश्यमा लाग्न सक्ने रोगहरु विरुद्ध लड्न शरीरको रोग प्रतिरोधात्मक
प्रणालीलाई तयार
राख्नको लागि शिशुलाई खोप दिइन्छ ।

सामसङका दुई ग्याजेट अमेरिकामा प्रतिवन्ध

संयुक्त राज्य अमेरिकाको युएस इन्टरनेसनल ट्रेड कमिसन (आइटिसी)ले एप्पलको
पेटेन्ट अनधिकृत रुपमा प्रयोग गरिएका सामसङ मोबाइल फोन र
ट्याब्लेटमाथि प्रतिबन्ध लगाएको छ।

सामसङले एप्पलको मल्टिटच विशेषता र
हेडफोन ज्याक पहिचान विधि अनधिकृत
रुपमा आफ्ना उपकरणमा प्रयोग
गरेको निष्कर्षमा आइटिसी पुगेको हो।
यो फैसला गुगलको एन्ड्रोइड अपरेटिङ
सिस्टममा चल्ने मोबाइल निर्माता सामसङको लागि ठूलो धक्का हो भ
ने एप्पलको हकमा जित। एप्पलले गरेको अरु
चारवटा पेटेन्ट दाबी भने आइटिसीले खारेज
गरेको छ।
'आइटिसीले एप्पल पेटेन्टमा आधारित दुई
उपकरणमा प्रतिबन्ध लगाएकोमा हामी दुःखी छौं,' सामसङले
आइटिसीको फैसलापछि जारी गरेको विज्
ञप्तिमा भनेको छ, 'स्मार्टफोन
उद्योगको प्राथमिकता कानुनी लडाइँ होइन,
बरु बजारमा स्वस्थ प्रतिस्पर्धा हो।'
एप्पलले उक्त निर्णयको स्वागत गरेको छ। 'आजको निर्णयसँगै आइटिसीले जापान,
कोरिया, जर्मनी, नेदरल्यान्डस र
क्यालिफोर्नियाको अदालतसँगै
नविनताको पंक्तिमा उभिएर
सामसुङको खुलेआम चोरीलाई अस्वीकार
गरेको छ,' एप्पलले भनेको छ। आइटिसीले प्रतिबन्धित सामसङ मोबाइल
सेट र ट्याब्लेट अबको ६० दिनसम्म भने
अमेरिकी बजारमा आयात र बिक्री गर्न
सकिने स्पष्ट पारेको छ। उक्त
अवधिमा राष्ट्रपति ओबामाले
विशेषाधिकार (भिटो) प्रयोग गरी आइटिसीको निर्णय खारेज गर्न
सक्छन्।
यसअघि अमेरिकी कम्पनी एप्पल
दोषी ठहरिएको यस्तै खाले
मुद्दामा आइटिसीले
गरेको फैसला ओबामा प्रशासनले खारेज गरिदिएको थियो। सो मुद्दामा एप्पलले
सामसङको पेटेन्ट चोरेको ठहर गर्दै
आइटिसीले एप्पलको आइफोन र
आइप्याडको पुरानो मोडलमाथि प्रतिबन्ध
लगाएको थियो। तर, ओबामाले ३
अगस्टमा प्रतिबन्धले अमेरिकी अर्थतन्त्रको प्रतिस्पर्धी अवस्थ
ामा नकारात्मक असर पर्ने जिकिर गर्दै
भिटोमार्फत आइटिसीको आदेश खारेज
गरेका थिए।
आइटिसीको निर्णयमा राष्ट्रपतिले
हस्तक्षेप गरेको सन् १९८७ यता यो पहिलो घटना थियो।
ओमाबाले आइटिसीको निर्णय सदर
गरेको खण्डमा सामसङले त्यसविरुद्ध अपिल
गर्न नसके पनि आफ्नो पेटेन्ट
अधिकारका लागि अदालतको ढोका ढक्ढकाउ
न सक्ने अमेरिकी वाणिज्य प्रतिनिधि मिचेल फ्रोम्यान बताउँछन्।
'संसारका अन्य मुलुकभन्दा फरक संयुक्त राज्य
अमेरिकाले पेटेन्ट हकदारलाई अनधिकृत
रुपमा त्यसको प्रयोग गर्ने प्रतिस्पर्धीबाट
प्रशासनिक निकाय र अदालत दुवैबाट राहत
दिन्छ,' अमेरिकी थिंकट्यांक काटो इन्स्टिच्युटका वाणिज्य
नीति विश्लेषक विलियम वाट्सनले भने।
विवादित दुई पेटेन्ट
आइटिसीको पछिल्लो आदेश
दुईवटा पेटेन्टमा लागू हुन्छ। पहिलो एप्पल
संस्थापक स्टिभ जब्सको नामबाट न्वारन गरिएको पेटेन्ट हो, जसमा टचस्त्रि्कन
प्रविधि पर्छ। अर्को पेटेन्ट मोबाइल
उपकरणको अडियो सकेट (हेडफोन) सँग
सम्बन्धित छ।
बौद्धिक सम्पत्ति विश्लेषक फ्लोरियन
मुल्लर पछिल्लो फैसलालाई एप्पलको महत्त्वपूर्ण जित ठान्छन्। उनले
बीबीसीसँग भनेका छन्, 'खासगरी प्रसिद्ध
स्टिभ जब्स पेटेन्ट आकर्षक प्रारम्भिक
पेटेन्ट हो।'
एप्पल र सामसङबीच सन् २०१० देखि पेटेन्ट
लडाईं जारी छ। यो लडाइँ सामसङले गतवर्ष एप्पललाई उछिनेर संसारकै ठूलो स्मार्टफोन
बिक्रेता बनेपछि झन् चर्केको हो। सामसङले
एप्पलका ग्राहकलाई आफूतिर तानेको छ।
शुक्रबारै वासिंगटनमा संघीय पुनरावेदन
अदालतका एकजना न्यायाधीशले यिनै दुई
कम्पनीबीचको अर्को छुट्टै पेटेन्ट मुद्दामा साक्षीको बयान लिएका छन्। उक्त
मुद्दामा पेटेन्ट चोरीबापत सामसङले १ अर्ब
अमेरिकी डलर एप्पललाई तिर्नुपर्ने
फैसला अमेरिकी अदालतबाट भएको थियो।
पछि जरिवाना ४५ करोड
अमेरिकी डलरमा झारिएपछि एप्पल पुनरावेदनमा गएको हो।
सो मुद्दामा अदालतबाट फैसला आउन बाँकी छ।
पछिल्लो समय मोबाइल प्रविधिमा यी दुई
निर्माताबीच चर्को प्रतिस्पर्धा छ।
स्मार्टफोन उत्पादन गर्ने यी दुई
कम्पनी अर्बौं अमेरिकी डलरको बजारमा आफ् ना उपकरणको लोकप्रियता बढ्दै जाँदा पेटेन्ट
युद्धमा होमिएका हुन्। उच्च
प्रविधिमा आधारित
स्मार्टफोनमा सयौं पेटेन्ट समावेश छन्।

पानी परिसकेपछि मीठो वास्ना कसरी आँउछ ?

धेरैलाई पानी परेपछि आउने
बास्ना मीठो लाग्छ । यस्तो वास्नालाई
वसन्त
रितुसँग जोडिएर व्यख्या गरिन्छ । तर,
धेरैलाई मीठो लाग्ने यस्तो वास्ना
पानी परिसकेपछि किन आउँछ त ? पानी परेपछि आउने वास्नाका कारण धेरै हुन
सक्छन । त्यस्तै प्रकारको मीठो
बास्ना हामी जंगलमा पनि पाउँछौँ ।
वास्तवमा यस्तो मीठो वास्ना
व्याक्टेरियाको कारण आउँछ ।
एन्टिनोमाइसिटिज नामक व्यक्टेरिया ओसिलो र
न्यानो जमिनमा चाँडै विकास र फैलने हुन्छ ।
जब जमिन सुक्छ, त्यसपछि ती
व्यक्टेरियाहरूले स्पोर्सहरुको उत्पादन गर्छ
। यो स्पोर्सहरू हावामा
फैलिन्छन् र ओसिलो हावामा रहेका पानीका कणहरूसँग
मिसिएपछि मीठो बास्ना
निस्कन्छ । व्याक्टेरियाहरू पृथ्वीको हरेक
कुनामा हुन्छन् । त्यसैले
व्यक्टेरियाहरूको कारणले आउने
यो बास्नाबाट सबै परिचित हुन्छन् । पानी परेपछि निस्कने बास्नाहरूमध्यको एक
अर्को बास्ना पानीमा हुने अम्लको
कारण आउँछ । हावामा हुने विभिन्न
रासायनिक तत्वहरूका कारण
विशेषगरी शहरी
क्षेत्रहरूमा पानीमा अम्लको मात्रा केही बढी हुन्छ । अम्ल मिसिएको यस्तो
पानीले जमिनमा रहेका रासायनिक
तत्वहरूसँग प्रतिक्रिया गर्छ,
जसको कारणले
बास्ना उत्पादन हुन्छ । तर, यस्तो तरिकाबाट
निस्कने बास्ना खासै मीठो हुदैन । त्यसैले पनि पानी पर्दा जहिले
पनि मीठो बास्ना निस्कदैन ।
विरुवा तथा रूखहरूले उत्पादन गर्ने भोलाटाइल
(चाँडै वाफ भई उडेर जान
सक्ने) तेलहरूको कारण
पनि पानी पर्दा बास्ना आउँछ । यस्ता भोलाटाइल
तेलहरू चट्टानहरूको सतहमा जम्मा भएर बस्छन्
। वर्षाको पानीले यस्ता
तेलहरूसित रासायनिक प्रतिक्रिया गर्छ र
त्यसपछि ग्याँसको रूपमा हावामा
छरिइन्छन् । यो प्रकारको बास्ना पनि मीठो हुन्छ ।
यो बास्नालाई त बटलमा
कैद गरेर सेन्टहरू बनाउन पनि प्रयोग गरिन्छ

वर्षापछिको बास्नाका अरू थुप्रै सूक्ष्म
कारणहरू हुन्छन । त्यसैले कसैसँग यस्ता बास्नाहरूको बारेमा विवाद गर्दै
हुनुहुन्छ भने याद गर्नुहोस्
तपाइहरू दुवै सही बोलिरहनुभएको हुनसक्छ ।

जूनकिरी कसरी बल्छ ?

सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्ने
बत्ती विभिन्न
रसायनहरूको समीश्रणका कारण बल्छ ।
यी रसायनहरूमा अक्सिजन,
ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्ति
प्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट
पर्छन । बत्ती बाल्नको लागि
प्रयोग गरिने कोषहरूमा रहेका युरिक
एसिडका क्रिस्टलहरूले प्रकाशलाई
परावर्तन गरेर बत्तीलाई अझ चम्किलो पार्छन् ।
यद्यपि जूनकिरीको बत्ती पिलपिल
गर्नुको कारणमा भने जूनकिरीको स्नायु
कोषहरूले गर्छन कि अक्सिजनको प्रवाहले
गर्छ भन्ने कुरामा वेज्ञानिकहरू
द्विविधामा छन । तर, करिब 2 हजार प्रजातिहरू
रहेका यि जुनकिरीहरूको बत्ति
पिलपिल गर्नुका धेरै प्रायोजन भने
थाहा लागेको छ । जूनकिरीहरू विपरित
लिङ्गीलाई आकर्षित गर्न पिलपिल
बत्ति बाल्छन । विभिन्न प्रजातिका जूनकिरीहरू छुट्टाछुट्टै शैलीमा पिलपिल
गर्दछन । यसले जूनकिरीहरूलाई
आफ्नै
प्रजातिको अर्को जूनकिरी थाहा पाउन
सजिलो हुन्छ । यिनीहरू यो
पिलपिल गर्ने बत्तिलाई सुचना अदानप्रदान गर्न पनि प्रयोग गर्दछन

जूनकिरीबाहेक अरू थुप्रै प्राणीहरूले
पनि बत्ती बाल्छन । यस्तो बत्ती
बाल्ने प्राणीको गुणलाई वैज्ञानिक
भाषामा बायोल्युमिनेसेन्स भनिन्छ । वैज्ञानिकहरूको धारणा के छ भने
समुन्द्रको गहिरो भागमा बस्ने 90 प्रतिशत
प्राणीहरूमा बायोल्युमिनेसेन्स गुण हुन्छ ।

कृष्ण छिद्र (Black hole) भनेको के हो ?

हाम्रो ब्रम्हाण्ड अत्यन्तै विशाल छ ,
जहाँ विभिन्न ग्रह , उपग्रह ,
तारा आदि छन् ।
राति सफा आकाशमा देखिने प्रकाशपिण्ड नै
ताराहरू हुन । हामीबाट धेरै टाढा भएकाले
साना देखिए तापनि वास्तवमा तिनीहरू विशाल छन ।
ताराहरूको शक्ति वा उर्जाको मुख्य स्रोत
न्युक्लियर फ्युजन हो , जुन निरन्तर
चलिरहन्छ । नाभिकीय
प्रतिक्रिया चलिरहँदा विस्तारै इन्धन
समाप्त हुदैँ जान्छ र तारा प्रकाशहीन (अदिप्त) हुन्छन । ताराहरूमा नाभिकीय
प्रतिक्रिया चलिरहेदाँ उत्पन्न हुने
तापशक्ति आन्तरिक
गुरूत्वशक्तिभन्दा बढी हुन्छ , तसर्थ
ताराको आकार गुरुत्व प्रभावले संकुचन हुन
पाउँदैन । नाभिकीय स्रोतको अन्तयसँगै तापशक्तिको मात्रा घट्दा गुरूत्वशक्तिको
प्रभाव बढ्छ र ताराको आकार तीव्र
रूपमा संकुचन हुन थाल्दछ । जसका कारणले
परमाणुहरू एक अर्काको नजिक-नजिक हुदैँ
जान्छन ।
यस्तो अवस्थामा पुगेको ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा कम
भएमा ताराका परमाणुहरू एकअर्काको अत्यन्तै
नजिकमा आइपुग्छन ।
परमाणुहरूको वरिपरि परिक्रमा गर्ने
इलेक्ट्रोनहरू आफ्नो कक्षबाट उछिट्टिएर
बाहिर जान्छन । यसरी उछिट्टिएका इलेक्ट्रोनहरूको चापले
गुरूत्व प्रभावबाट भइरहेको संकुचनलाई
सन्तुलन गर्दा ताराहरूमा एक
प्रकारको स्थायित्व कायम हुन्छ । यस
अवस्थामा पुगेको तारालाई ह्वाइट ड्वार्फ
(White Dwarf) भनिन्छ । संकुचित ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1
देखि 4 गुणा बढी भएमा तारामा रहस्यात्मक
विष्फोट हुन्छ । विष्फोटपश्चात मुख्य
ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 3
गुणाभन्दा कम भए
पनि पहिलेको जस्तो गुरूत्व प्रभावलाई इलेक्ट्रोनको चापले रोक्न सक्दैन ।
यिनीहरूका परमाणु झन झन
नजिकिंदा आन्तरिक चापमा बृद्धि भई
इलेक्ट्रोन र प्रोटोन संयोजित हुन्छन र
न्युट्रोनको सृष्टि हुन्छ । यसरी करिब 30
प्रतिशत भाग न्युट्रोनमा परिणत भएपछि गुरुत्वको संकुचन प्रभावलाई सन्तुलन
गर्न सक्ने न्युक्लियर शक्ति उत्पन्न हुन्छ र
संकुचन प्रक्रिया रोकिन्छ । यस
प्रकारको तारालाई न्युट्रोन तारा (Neutron
star) भनिन्छ । विष्फोटपश्चात अवशेष
रहेको मुख्य भागको पिण्ड सूर्यको पिण्डको 3
गुणाभन्दा बढी भएमा गुरुत्व प्रभावबाट
भएको संकुचनलाई अन्य कुनै शक्तिले रोक्न
सक्दैन र तारामा निरन्तर संकुचन भइरहन्छ ।
विस्तारै ताराको आकार सानो हुँदै
जाँदा यसको घनत्व बढ्दै जान्छ र गुरुत्वक्षेत्रको तीब्रता पनि बढ्दै जान्छ ।
यसरी ताराहरू आफ्नै पिण्डको गुरुत्व
प्रभावले गर्दा खुम्चदै गर्छ ।
अन्त्यमा अति नै सुक्ष्म विन्दुमा समाहित
भएर कृष्ण छिद्र (Black Hole) को निर्माण
हुन्छ । सूर्यकोभन्दा 3 गुणा ठूलो पिण्ड सूक्ष्म विन्दुमा परिणत हुँदा त्यसको घनत्व
कल्पना गर्नै नसकिने हुन्छ । उक्त सूक्ष्म
विन्दुलाई विलक्षताको विन्दु (Point of
Singularity) भनिन्छ ।

मह र मौरी सम्बन्धी केही रोचक जानकारी

मह बनाउने मौरी एक घण्टामा औसत रूपमा 13 देखि 15 माइलसम्म उडन सक्छ । एक
औन्स मह उत्पादन
गर्नको लागि एउटा मौरीले औसत
रूपमा 1600 चक्कर यात्रा
गर्ने गर्छ । त्यसले एक चक्कर काट्नको लागि करीब 6 माइलको यात्रा गर्ने
गर्छ । यस हिसबले हेर्ने हो भने एउटा मौरीले
2 पौण्ड मह उत्पादन गर्नको
लागि पृथ्वीलाई चार पटक चक्कर लगाउन
लाग्ने बराबरको दूरी यात्रा गर्ने
गर्छ ।

एक पौण्ड मह उत्पादन
गर्नको लागि मौरीहरुको समूहले 20
लाखवटा फूलहरूको
चक्कर काटेको हुन्छ ।
मौरीको एउटा घारमा 40-45 हजार मौरीहरू
हुन्छन ।

मानिसको लागि खानेकुरा उत्पादन
गरिदिने एउटै मात्र कीरा मह उत्पादन गर्ने
मौरी हुन ।


एक पौण्ड मैन उत्पादन गर्नको लागि मौरीले
8 पौण्ड मह खाएको हुन्छ ।


रानी मौरीले एक दिनमा करीब 2 हजार
वटा अण्डाहरु पार्ने गर्छे ।

मौरीको घारको औसत तापक्रम 93.5 डिग्री हुने गर्दछ ।

मानिसलाई निद्रा किन लाग्छ ?

निद्रा मानिसको लागि मात्र नभएर सबै जीवहरूको लागि खाना, पानी र यौन
जत्तिकै आवश्यक हुन्छ, चाहे
त्यो निकै ठुलो हात्ती होस या निकै
सानो कमिला, सबै प्राणीहरू कुनै न कुनै
रुपमा निदाउँछन, चाहे चराहरू जस्तै रूखको हाँगामा उभिरहँदा होस
वा माछा जस्तै पानी भित्र
पौडी खेलिरहँदा नै किन नहोस ।
निद्रा यति आवश्यक हुँदाहुँदै
पनि वैज्ञानिकहरू निद्राको खास
प्रयोजनबारे द्विविधामै छन ।

ननिदाएमा के हुन्छ ?

निद्राको प्रयोजनको खोजी गर्नुभन्दा पहिले ननिदाएमा के हुन्छ भन्ने
प्रश्नको उत्तर खोजी गर्ने प्रयत्न
गरौं ।

निद्राको अभावका खास असरहरूबारे वैज्ञानिकहरू अहिलेसम्म द्विविधामै छन,
किनभने निद्राको अभावका कारण हुने असरहरू र तनावका कारण हुने असरहरू
छुट्याउन निकै गाह्रो हुन्छ । तैपनि केही चर्चित र धेरैले स्वीकार गरेका
तथ्यहरूका बारेमा यहाँ चर्चा
गरिएको छ ।

निद्राको अभाव भएमा मस्तिष्कको कार्य क्षमतामा ठूलो असर पर्न जान्छ ।
चाँडै रिस उठ्ने, कमजोर अनुभव हुने र चाँडै बिर्सने निद्राको अभावका केही
असरहरू हुन । एक रातको निद्राको अभावले मात्रै पनि एकाग्रतामा कमी आउने र
कुनै कुरामा पनि राम्रोसँग ध्यान दिन नसक्ने हुन सक्छ ।

लगातारको निद्राको अभावले भाषा, स्मरण शक्ति र समयको चेतनालाई नियन्त्रण
गर्ने मस्तिष्कको क्षमतामा न्यूनिकरण ल्याउँछ । अनुसन्धानहरूले के
देखाएका छन भने राम्रोसँग निदाउन नपाएका मानिसहरूले छिटो- छिटो परिवर्तन
हुने अवस्थाहरूलाई राम्ररी पहिल्याउन नसक्नुका साथसाथै उपयुक्त विचार
पनि दिन सक्दैनन् ।

निद्राको अभावले मस्तिष्कको कार्य क्षमता मात्रै घटाउँदैन, उद्वेग र
शारीरिक अवस्थालाई पनि नराम्रो असर पार्छ । स्लिप एप्नीया (Sleep Apnea,
निद्राको अभावको कारणले आउने एक
अवस्था)को कारणले उच्च रक्त चाप हुने पनि देखिएको वैज्ञानिकहरू
बताउँछन । अनुसन्धानहरूले के
पनि देखाएको छ भने निद्राको अभावले
भुँडी बढ्ने समस्या पनि आउँछ,
किनभने भोक र वजनलाई नियन्त्रण
गर्ने हार्मोनहरू सुत्ने समयमा उत्पादन हुन्छन ।

यू.एस. नेशनल स्लिप फाउन्डेसनले संचालन गरेको अध्ययनले निद्राको अभावका कारण देखिने
समस्याहरूमध्ये
एउटा ठूलो समस्याको बारेमा प्रकाश
पारेको छ । उक्त अध्ययन अनुसार १७ प्रतिशत अमेरिकी नागरिकहरू
कहिलेकाहीं गाडी चलाउदै
गर्दा पनि निदाउँछन । आफूलाई
निद्रा लाग्ने सम्भावनाको अड्कल गर्न
नसक्ने हुनाले र
'निद्रा एउटा ढिलो प्रक्रिया हो' भन्ने गलत धारणा मान्छेहरूमा भएको कारणले
उनीहरू गाडी चलाउँदै
गर्दा पनि निदाउँछन भन्ने तथ्य
अध्ययनले देखाएको छ । सामान्यत:
निद्राबाट वञ्चित मान्छेहरू
'माइक्रोस्लिप' नामको अवस्थामा पुग्छन, जहाँ उनीहरू
केही समयको लागि निदाउँछन र आफू
निदाएको कुरा उनीहरू चाल पाउदैनन् ।

हाभार्डका निद्रा विशेषज्ञ डा. रोबर्ट स्टिकगोल्डले (Dr. Robert
Stickgold) गरेको एक अध्ययनअनुसार
निद्राको अभावको कारण हाम्रो स्मरण
शक्तिमा ठूलो ह्रास आउँछ ।
उनका अनुसार आर.इ.एम. स्लिप (निद्राको एक चरण)ले हाम्रो स्मरण
शक्ति बलियो बनाउनमा ठूलो भूमिका
खेल्छ । उनको अनुसन्धानले के
देखाएको छ भने कुनै पनि कार्यलाई
स्मरण गर्नको लागि त्यो कार्य सम्पन्न
गरेको ३० घण्टाभित्र निदाउनु अत्यावश्यक हुन्छ ।

तर क्यालिफोर्निया विश्वविद्यालयका मानसिक रोगसँग सम्बन्धित विषयका
प्राध्यापक डा. जेरोमि सीगेल
(Dr. Jerome Siegel) तथा अन्य
वैज्ञानिकहरू भने यो कुरामा सहमत छैनन् । डा. सीगेलले के कुरा पत्ता लगाए
भने 'मोनोएमिन अक्सिडेज'
नामको औषधी, जसले आर.इ.एम.
स्लिपलाई असर गर्छ, सेवन गर्ने
मानिसहरूको स्मरण
शक्तिमा केही पनि कमी आउँदैन । त्यस्तै, दिमागी चोटका कारण आर.इ.एम.
स्लिपबाट वञ्चित
व्याक्तिहरूको स्मरण
शक्तिमा पनि केही असर
परेको देखिएको छैन ।
बमको छर्राको कारण मस्तिष्कमा चोट लागेका एक इजरायली व्यक्तिले
स्थानीय पत्रिकामा पजल
सम्पादकीयको रुपमा काम गरेका थिए ।
त्यसैगरि आर.इ.एम. स्लिपमा ८
घण्टा बिताउने जीव (मानिस आर.इ.एम.
स्लिपमा २ घण्टा बिताउँछ) प्लेटिपसलाई मूर्ख
प्राणीको रुपमा लिइन्छ ।

निद्राका चरणहरू

इलेक्ट्रोइन्सेफालोग्राम अथवा इइजि (EEG) स्क्यान
नामको प्रविधिको आविस्कार
भएपछि अहिले
मस्तिष्कका विधुतिय
क्रियाकलापहरूलाई तरङ्गको रूपमा अवलोकन गर्न सकिने
भएको छ ।
यही इइजि स्क्यानको मद्दतले
लिइएका मस्तिष्कका तरङ्गहरूका
चित्रहरूको आधारमा निद्रालाई दुई
चरणहरूमा विभाजन गरिएको छ: एन.आर.इ.एम. (NREM - Non Rapid Eye
Movement) र आर.इ.एम. (REM - Rapid Eye
Movement) । निद्राका यी दुई चरणहरू ९०
मिनेटमा पुरा हुन्छन र यो प्रक्रिया एक
निद्रामा ५ देखि ६ पटक सम्म
दोहोरिन्छ ।

एन.आर.इ.एम. (NREM - Non Rapid Eye Movement)

एन.आर.इ.एम. (NREM - Non Rapid Eye
Movement)लाई पनि चार
चरणहरूमा विभाजन गरिएको छ ।

प्रथम चरण

निद्राको यो चरणलाई हल्का निद्रा (Light Sleep)
पनि भनिन्छ । यो चरणमा मान्छेको आँखा बन्द हुन्छ तर सैले उसलाई जगाएमा उसलाई आफू
ननिदाएको अनुभव हुन्छ । ऊ आधा जागै र आधा निदाएको हुन्छ । उसको सास
फेर्ने गति र रक्तचाप कम हुन थाल्छ,
मस्तिष्कको तापक्रम र
मस्तिष्कमा हुने रक्त सञ्चार पनि कम
हुन थाल्छ ।
उसको मांसपेशीको कार्यशीलता कमजोर र ढिलो हुन थाल्छ ।
यो चरणमा मस्तिष्कमा बिटा र
थिटा नामक तरङ्गहरू तरङ्गीत
भएका हुन्छन । यी तरङ्गहरू छोटो, ढिलो
, र केही अनियमित हुन्छन । यो चरण ५
देखि १० मिनेटसम्म लामो हुन्छ ।

दोस्रो चरण

यो चरणको निद्रालाई वास्तविक निद्रा (True Sleep) पनि भनिन्छ । यो
सबैभन्दा लामो चरण हो । यो २०
मिनेटसम्म लामो हुन्छ । चरणको सुरूवातमा निदाएको व्यक्ति
गहिरो निद्राको लागि तयार हुन्छ र उसलाई जगाउन कठिन हुदैं जान्छ ।
मस्तिष्कको तरङ्गमा थिटा तरङ्ग बढ्न
थाल्छ र तरङ्ग ठूलो र ढिलो हुँदै जान्छ
। उसको आँखा चल्न बन्द हुन्छ ।
आँखा खुल्लै भएपनि ऊ
केही पनि देख्न सक्दैन । शरीरका सम्पुर्ण क्रियाकलापहरू
ढिलो हुँदै जान्छन ।

तेस्रो र चौथो चरण

निदाएको ३० देखि ४०
मिनेटपछि यो चरण सुरू हुन्छ ।
यो चरणलाई डिप स्लिप (Deep Sleep),
डेल्टा स्लिप (Delta Sleep)
अथवा स्लो वेभ स्लिप (Slow Wave
Sleep) पनि भनिन्छ । मस्तिष्कको क्रियाकलाप नाटकिय
रूपमा ढिलो हुने भएकोले र
मस्तिष्कको तरङ्ग थिटा तरङ्गबाट
डेल्टा तरङ्ग, जुन थिटा तरङ्ग भन्दा ५
गुना ठूलो र निकै ढिलो (एक देखि दुई
चक्र प्रतिसेकेन्ड) परिर्वतन हुने भएकोले यो चरणलाई स्लो वेभ स्लिप
भनिएको हो । परम्परागत
मान्यता विपरित,
यो चरणको निद्रा सबैभन्दा गहिरो
हुन्छ, आर.इ.एम चरणको निद्रा होइन ।
बच्चाहरूमा यो चरण सबैभन्दा लामो (सम्पूर्ण
निद्राको करिब ४० प्रतिशत) हुने
भएकोले उनीहरूलाई जगाउन कठिन हुन्छ
। अधिकांश वयस्क मानिसमा भने यो चरण
प्रथम दुई चरणहरू (९० मिनेट चक्रहरू)
वा निदाएको ३ घण्टामानै पूरा हुन्छ ।

आर.इ.एम. (REM - Rapid Eye Movement)

आर.इ.एम. (REM - Rapid Eye Movement)
चरणको निद्राले वैज्ञानिकहरूलाई
सधैं नै आकर्षित गर्दै आएको छ,
किनभने हामीले सपना देख्ने चरण
यहि हो । एन.आर.इ.एम.
चरणमा हामी सपना देख्दैनौं । आर.इ.एम. चरणबारे रोचक तथ्य के छ भने
यो चरणमा मस्तिष्क त्यति नै
क्रियाशील हुन्छ,
जति हामी जागिरहँदा हुन्छ,
कहिलेकाहीं त्यो भन्दा पनि बढी
क्रियाशील हुन्छ । त्यसैले शरीर र मस्तिष्कलाई आराम
दिनको लागि हामी सुत्छौँ भन्ने
परम्परागत मान्यता गलत सावित
भइसकेको छ । सन १९५३ मा आर.इ.एम. चरण
पत्ता लागेपछि वैज्ञानिकहरूले
निद्राको बारेमा धेरै कुराहरू थाहा पाए । त्यति मात्र होइन,
सपनाको बारेमा अनुसन्धन गर्न
पनि बाटो खुल्यो ।

आर.इ.एम. चरण निद्राको यस्तो चरण हो,
जसमा हाम्रो मस्तिष्कको क्रियाकलाप
बढ्नुको साथसाथै मुटुको धड्कन
पनि अचानक बढ्न थाल्छ र
स्वासप्रस्वास प्रक्रिया पनि तीव्र
हुन थाल्छ । मस्तिष्कको सेरेब्रम (Cerebrum)
का क्रियाकलापहरूका कारणले
हामी सपना देख्न थाल्छौं ।
शरीरका सम्पूर्ण क्रियाकलापहरू तीव्र
हुन थाल्छन । हात-खुट्टहरू भने स्थिर
रहन्छन । रक्तचाप अचानक बढ्न सक्छ । त्यसैले यो चरणमा मुटुका रोगीहरूलाई
हृदयघात हुने सम्भावना अत्याधिक
हुन्छ । आँखा तीव्र रूपमा यताउता चल्ने
हुनाले यो चरणलाई Rapid Eye Movement
भनिएको हो ।
यो चरणमा मस्तिष्कको तरङ्ग हामी जागिरहँदाको छोटो र अनियमित
हुन्छ ।

वैज्ञानिकहरूले के कुरा पत्ता लगाएका छन भने आर.इ.एम. चरणमा मस्तिष्कको
क्रियाकलाप पोन्स
(Pons) भन्ने मस्तिष्कको एक भागबाट
सुरू हुन्छ । पोन्सले थ्यालामस
(Thalamus) र सेरेब्रल कोर्टेक्स (Cerebral cortex) मा सूचना पठाउँछ, जसले
अधिकांश चिन्तनका क्रियाकलापहरू
नियन्त्रण गर्छ । यसले स्पाइनल कर्ड
(Spinal cord)लाई पनि मोटर न्यूरोनहरू
(Motor neurons) बन्द
गर्नको लागि सूचना प्रदान गर्छ, जसको कारणले हाम्रा हात-खुट्टाहरू
चल्न सक्दैनन् ।

आर.इ.एम. चरण हामी निदाएको ७०
देखि ९० मिनेटपछि सुरू हुन्छ ।
निद्राको पहिलो चक्रको आर.इ.एम. चरण
करिब १० मिनेट लामो हुन्छ भने
चक्रसँगै यसको समय पनि बढ्दै जान्छ ।
अन्तिम चक्रमा आर.इ.एम. चरण करिब १ घण्टा लामो हुन्छ । यो चरण
चलिरहँदा हामी जाग्यौं भने मात्र
हामीलाई सपना याद हुन्छ । अरू नै कुनै
चरण चलिरहँदा जाग्यौं भने हामी सपना त
देख्छौं तर सपना याद हुदैंन ।

हामी किन निदाउँछौं ?

परम्परागत मान्यता के छ भने निद्राले
हाम्रो दिमागको साथसाथै
दिनभरिको व्यस्तताको कारणले
थाकेको हाम्रो शरीरलाई आराम गर्ने
अवसर प्रदान गर्छ । तर सत्य त के
हो भने, निद्राको कारणले बच्ने शक्ति करिब ५० क्यालोरी मात्र हुन्छ
जुन शक्ति हामी एउटा टोस्ट खाएर
प्राप्त गर्न सक्छौं । यति मात्र होइन,
आर.इ.एम. चरणमा हाम्रो मस्तिष्क
हामी जागिरहँदाभन्दा पनि बढी
क्रियाशील हुनसक्छ भन्ने तथ्य माथि नै प्रस्तुत गरिसकिएको छ ।
यदि निद्रा आराम लिनको लागि होइन
भने केको लागि आवश्यक छ त ?
हामी किन सुत्छौं त ? हामी किन
निदाउँछौं त ?

यी प्रश्नहरू जति सरल छन, यसको उत्तर
खोज्न त्यति नै कठिन छ ।
विश्वका कुनै पनि वैज्ञानिक
निद्राको खास
प्रयोजनको बारेमा निष्कर्षमा पुग्न
सफल भएका छैनन् ।

केही वैज्ञानिकहरूले निद्रालाई
विकासवादको सिद्धान्तसँग जोडेर
व्याख्या गरेका छन । उनीहरूका अनुसार
निद्रा प्राणी विकास हुने
क्रममा विकास भएको एक अत्यवश्यक
क्रियाकलाप हो । प्राणीहरू विकास हुने क्रममा उनीहरूको आँखाले देख्ने
क्षमताको पनि क्रमश: विकास हुँदै गयो
, जसको कारणले गर्दा उनीहरू विभिन्न
नयाँ क्रियाकलापहरूमा व्यस्त हुन थाले


यो नयाँ परिमार्जित जीवनमा उनीहरूले
देखेको र भोगेका विभन्न कुराहरू
जस्तै शिकारी, सुरक्षित ठाउँहरू,
खानेकुरा पाइने स्थानहरू आदिलाई
स्मरण गर्ने
नयाँ चुनौती उनीहरूमा थपियो । यस्ता कुराहरू स्मरण गर्नुपर्ने
चुनौतीका कारण मस्तिष्कका विभिन्न
भागहरूमा अत्याधिक दबाब पर्न गयो ।
एकातिर आँखाको विकासका कारण
देखेका नयाँ-नयाँ सुचनाहरू स्मरण
गर्नुपर्ने र अर्कोतिर पुराना सूचनाहरूलाई पनि सुरक्षित
राख्नुपर्ने दबाब खप्न मस्तिष्कलाई
गाह्रो भयो । त्यसैले मस्तिष्कले
आफ्नो काम
बाहिरी वातावरणको अवरोधबिना नै
सम्पन्न गर्न सकोस भन्ने उद्देश्यले प्राणीहरूमा निद्राको विकास भएको हुन
सक्ने केही वैज्ञानिकहरूको तर्क छ ।

अरू वैज्ञानिकहरू केमा विश्वास
गर्छन भने निद्राले हामीले
दिनमा प्राप्त गर्ने सुचनाहरूलाई स्मरण
गर्न मद्दत गर्ने मात्र नभएर
ती सूचनाहरूलाई अन्तर्क्रियात्मक
प्रक्रियाद्धारा नयाँ सुचनाहरूमा परिमार्जित गरेर भविष्यमा पनि तयार
रहनको लागि मस्तिष्कमा विभिन्न
क्रियाकलापहरू गर्न मद्दत गर्छ ।

केमिकल बोण्ड बनेको/ भत्केको प्रत्यक्ष्य हेर्न पाइने भो।

अमेरिकाको बर्कलि स्थित उर्जा विभागको (Department of Energy)
प्रयोगसालाका बैज्ञानिकहरुले रासायनिक प्रतिक्रिया हुन भन्दा अगाडी र भै
सके पछिको केमिकल बोण्ड (Chemical Bond) हेर्न मिल्ने टेक्निक बिकास
गरेका छन।

नौ दस क्लास देखि जोड्ने हो भने अहिले दुइ दसक हुन लाग्यो केमिस्ट्री
पढेको| केमिस्ट्री भन्दा बित्तिकै रिएक्सन (reaction) को कुरो आउछ. अहि
रिएक्सनले पुराना चिज भात्किन्छन र नया चिज बनछन। चिज भन्नाले मोलेक्युल
वा कम्पाउण्ड। त्यो प्रक्रियामा पुराना बोण्ड बन्छन र नया बोण्ड बनछन।
उदाहरणको लागि, हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ।
2H-H + O-O >>>>2H2O

यो रिएक्सनमा हाइड्रोजन हैड्रोजन बिचको बोण्ड भत्किन पर्छ, तेस्तै
अक्सिजन अक्सिजन बिचको बोण्ड पनि भत्किन पर्छ। अनि हाइड्रोजन र अक्सिजन
बीच नया बोण्ड बन्नु पर्छ।

अहिले सम्म पढेको/ बुजेको भनेको यस्तो हुन्छ भन्ने मात्रै हो। विभिन्न
सैधान्तिक ग्यान र सिदान्त हरुको माद्यम बाट बोण्ड यस्तो हुन्छा उस्तो
हुन्छा भनेर बुझियो। आखाले देखेको हैन केरे। तर नया प्रविधिको विकासले
गर्दा त्यो सम्भब भएको छ। चर्चित र प्रतिष्ठित जर्नल साइन्समा भर्खर
प्रकासित लेख अनुसार मोलिकिउलहरु बिचको बोण्ड देख्न सकिञ्छ।

माथिको चित्रमा हेर्नुस। तीनवटा बेन्जिन रिङ्ग मिलेर बनेको कम्पाउण्ड हो
यो। दाया नया प्रविधिले (AFM) देखेको चित्र हो भने बाया भाग हामीले पहिले
देखि भन्दै आएको वा पढ्दै आएको चित्र हो। अचम्मको कुरो के छ भने अहिले
सम्म यस्तै हुन्छ भनेर पढेको कुरो ठ्याक्कै त्यस्तै नै रैछ। AFM ले
खिचेको आकृति दुरुस्तै छैन त? तीनवटा बेन्जिन रिङ्ग अलि चहकिलो सेतो
रंगले घेरेको छ। त्यस्तै दुइ वटा रिङ्ग लाई जोड्ने बोण्ड पनि देखिन्छ नि।
सेतो सेतो। मेरो बिचारमा त्यो जहा जहा इलेक्ट्रोन छ त्यहा सेतो देखिएको
होला।

अब चित्र हेरम फ़ेरि। माथिको कम्पाउण्डलाइ ततायो भने केहि पुराना बोण्ड
भात्किन्छन र नया बोण्ड बनछन।

मलाइ त क्या मज्जा लाग्यो यो नया खोज। कुनै कल्पनामा वा अप्रतक्ष्य
तरिकाले बुज्न नपर्ने भयो। कुनै कम्पाउण्ड्को structure प्रत्यक्ष्य
हेर्न पाइने भयो। यी सार्है साना हुने बोण्ड, मोलिक्युल, कम्पाउण्ड
हेर्नलाइ बैज्ञानिकहरुले non- contact atomic force microscope (nc- AFM)
मेसिन प्रयोग गरेका थिए। यी माथिका कम्पाउण्ड कति सानो छ भन्ने बुज्न
खोजम है त।

१. एउटा बेन्जिनमा छ वटा कार्बन र छ वटै हाइड्रोजन हुञ्छन। र एउटा
बेन्जिन रिङ्ग लगभग ३-५ A (angstrom) जतिको छ माथिका चित्रमा।

२. हाम्रो कपालको रौ लगभग दस लाख angstrom हुञ्छ। भनेको मतलब, कपालको रौ
लाइ दसौ लाख सानो पार्दा बल्ल बेन्जिन रिङ्ग जत्रो हुञ्छ।

साइन्स प्रकासित यो अनुसन्धान पुरै पड्न यो लिंक किलिक गर्नुस। पुरै पढ्न
मिलेन भन्ने मलाइ सम्पर्क गरे pdf पठाइदिन सक्छु।

के माछालाई पनि प्यास लाग्छ ?

पानी कुनै पनि प्राणीलाई नभई नहुने चीज हो । तेसैले हाम्रो शरीरबाट
विभिन्न तरिकाबाट पानी बाहिर निस्कदा हाम्रो शरीरमा पानीको मात्रा कमी भई
हामीलाई प्यास लाग्छ । तर, पानीमै सधैभरी बसिरहने माछालाई प्यास लाग्छ त
?

माछालाई प्यास लाग्छ कि लाग्दैन भन्ने प्रश्नको उत्तर 'प्यास' शब्दको
अर्थमा र माछाको वासस्थानमा भर पर्छ । यदि प्यास लाग्नु भनेको हामी मानव
तथा जमिनमा बस्ने अन्य जनावरहरुको शरीरमा पानी कम हुँदा 'पानी खान मन
लाग्ने' भावना हो भने मीठो पानी (समुद्र बाहेकको पानी जुन नुनिलो
हुँदैन)मा बस्ने माछाहरुको लागि सायद प्यास शब्द अर्थहीन हुन्छ । किनभने
शरीरमा पानीको मात्रा नियन्त्रणको
लागि यस्ता माछाहरुले हामीले जस्तै
पानी मुखबाट 'पिउने' गर्दैनन् । यिनीहरुको शरीरमा पानीको मात्रा
नियन्त्रण अस्मोरेग्युलेसन नामक
प्रक्रियाबाट हुन्छ । अस्मोरेग्युलेशन
भनेको कम नुन भएको ठाँउबाट बढि नून
भएको ठाँउमा पानी सर्ने प्रक्रिया हो ।
मीठो पानीमा बस्ने माछाको मृगौलाले युरिया नामक पदार्थको उत्पादन गर्छ ।
शरीरमा युरियाको मात्रा बढेपछि
शरीरबाहिरको पानीभन्दा शरीरभित्रको
पानी नूनिलो हुन्छ । यसैकारण
अस्मोरेग्युलेशनको प्रक्रियाबाट
पानी माछाको शरीरभित्र पस्छ ।

तर समुद्री माछाहरुको हकमा भने
यो प्रक्रिया फरक हुन्छ । समुद्र आफै
माछाको शरीरको पानीभन्दा निकै
नूनिलो हुन्छ । यसै कारण
माछाको शरीरबाट अस्मोरेग्युलेसन
प्रक्रियाबाटै पानी निकै चाँडो बाहिर निस्कन्छ । त्यसैले समुद्री माछाहरुले
पानी पिइरहनुपर्छ जुन काम उनिहरुले
हामीले जस्तै मुखबाट गर्छन । तर
समुद्रको पानी आफै नूनिलो हुन्छ भने
त्यही पानी खाँदा माछाको शरीर
पनि उत्तिकै नूनिलो हुनुपर्ने होइन र ? भन्ने प्रश्न पनि उठ्छ । यो सहि हो, तर
यसलाई नियन्त्रण गर्ने काम
माछाको गिल्सले गर्छ । गिल्सले
पानीमार्फत शरीरमा भित्र छिर्ने नूनलाई
बाहिर फाल्ने काम पनि गर्छ । यस
हिसाबमा भन्ने हो भने समुद्री माछाहरुलाई प्यास लाग्छ । यद्यपि यो हामीलाई लाग्ने
जस्तो प्यास हुँदैन । किनभने
समुद्री माछाहरुको पानी खाने
प्रक्रिया पनि हामीले सास फेरेजस्तै
निरन्तर भइरहन्छ । यो यति निरन्तर
हुन्छ कि केही छिनको लागि पानी नखाँदा
पनि माछाको मृत्यु हुन सक्छ ।

चीनमा सस्ता मोबाइलको वर्चस्व

उपभोक्ता स्थानीय सस्तो मोबाइलतर्फ लम्किदाँ पछिल्लो समय अमेरिकी एप्पल
कम्पनीको स्मार्ट
फोनको बिक्री चीनमा गत वर्षको तुलनामा आधा मात्र भयो। चीनमा बिक्री
मोबाइल फोनमा एप्पलले ५ प्रतिशतमात्र हिस्सा लिन सक्यो। यो एप्पलको २०१०
यताकै सबैभन्दा कम बिक्री भएको बजार विश्लेषक द
कपर्टिनोले जनाएको छ। सबैभन्दा धेरै बिक्री गर्ने सामसङ पनि १८ प्रतिशत
बजार हिस्सामै सीमित भएको छ।

चीनमा सबैभन्दा ठूलो दुरसञ्चार सेवाप्रदायक चाइना युनिकमले स्थानीय सस्ता
मोबाइल उत्पादकसँग साझेदारी गरेकाले पनि विदेशी कम्पनी अप्ठेरोमा परेका
हुन्। युनिकमसँगको साझेदारीले लेनेभो र जेडटिइजस्ता कम्पनीलाई फाइदा भएको
छ। यी कम्पनीले उत्पादन गरेका मोबाइल सेट ८२ अमेरिकी डलरसम्म बजारमा
उपलब्ध छन्।

एप्पल, सामसङजस्ता कम्पनी महँगा सेटमा केन्द्रित छन। चिनियाँ मोबाइलको
बजार भने मध्यम र
न्युन मध्यम वर्गमा सरेको छ। स्थानीय उत्पादकले भने आक्रमक
बजारीकरणमार्फत आफूलाई बजारमा स्थापित गराउँदै लगेको छ।

बजारमा आफ्नो स्थिति बलियो बनाउँदै गएको चिनियाँ कम्पनी सियाओमीले यस
वर्ष एक करोड ५० लाख सेट बिक्री गर्ने लक्ष्य राखेको छ। उसले गत वर्ष ७२
लाख सेट बिक्री गरेको थियो। बजार हिस्सा बढ्दै गए पनि ठूला बहुराष्ट्रिय
कम्पनीलाई उछिन्ने महत्वाकांक्षा भने नलिएको कम्पनीका प्रमुख कार्यकारी
अधिकृत लि जुन बताउँछन्।

यसैबीच एप्पलले स्थानीय कम्पनीसँगको साझेदारीमा सस्ता मोबाइल उत्पादन
गर्ने छलफल चलाएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकको हालै
चीन भ्रमण यसै विषयमा केन्द्रित भएको बताइए पनि विस्तृत विवरण
सार्वजनि गरिएको छैन।

अब घडीबाटै चेक गर्नुहोस् इमेल

तपाईलाई स्मार्ट घडी लगाउने शोख छ? सोनीको स्मार्ट घडीले तपाईंलाई अझै
स्मार्ट बनाइदिन्छ। यो नयाँ 'स्मार्ट वाच २' सोनीको स्मार्ट सिरिजको
अपग्रेडेड
भर्सन हो। यो नयाँ घडीमा केही गजब फीचर्स
रहेका छन्। घडीको स्क्रीन पहिलाको तुलनामा ठूलो र डिस्प्ले
चम्किलो रहेको छ।

यसको डिस्प्ले रेज्यूलोशन २२० x १७६ पिक्सल छ। यसको ब्राइटनेस प्रविधिको
कारण घाममा पनि डिस्प्ले
राम्रोसँग हेर्न सकिन्छ। घडीमा प्रयोग
गरिएको ब्याट्रीले लामो समयसम्म ब्याकप
दिने दिनेछ। यसमा इनबिल्ड एनएफसी प्रविधि रहेको छ
जसको माध्यमबाट अर्को घडीसँग कनेक्सन
मिलाउन सकिन्छ।

वाटर प्रुफ क्वालिटीको यो घडीबाट फोन पनि गर्न सकिन्छ भने डाउनलोडेड इमेल
पनि पढ्न सकिन्छ। घडीको एन्ड्रोइड स्मार्टफोन सिरिजसँग पनि सजिलै जोड्न
सकिन्छ। यो घडी सेप्टेम्बर
सम्ममा बजारमा आउने बताइएको छ। स्मार्ट घडी १५० डलरमा उपलब्ध हुनेछ।

बर्ड मोबाइलको भल्चर बजारमा

नेपालका लागि बर्ड मोबाइलको आधिकारिक बिक्रेता ग्याजेट्स नेपालले नयाँ
मोडेलको एन्ड्रोइड स्मार्ट फोन
टि ४० (भल्चर) भित्र्याएको छ। नेपाली बजारमा आफ्नो बजार हिस्सा बढाउदै
लगेको बर्डले एन्ड्रोइड फोनले थप बजार बढ्ने कम्पनीले विश्वास लिएको छ।

४.० इन्चको स्क्रिन एको नयाँ मोबाइलमा ४.२.१ जेलिबिन
एन्ड्रोइड भर्सन रहेको छ। त्यस्तै
मोबाइलमा अगाडि र पछाडी दुवैतिर
क्यामेरा छन्।
थ्रिजी रहेको मोबाइलमा भिडियो कलिङ को सुविधा पनि छ । ३२
जिबी मेमोरी सपोर्ट गर्ने मोबाइल
युवा पुस्ताका लागि लक्षित रहेको कम्पनीले
जनाएको छ। स्लिम र आकर्षक देखिने
सेटमा वाइफाई, जिपिएस, फेसबुक,
गुगललगायतको सुविधा रहेको छ । मोबाइलमा १३
महिनाको वारेन्टीको व्यवस्था रहेको कम्पन
ीले जनाएको छ।

Sunday, August 18, 2013

भदौ १९ बाट क्यान सफ्टेक

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले भदौ १९ देखि २२ गतेसम्म क्यान
सफ्टेक २०१३ आयोजना गर्ने
भएको छ। सन् २००७ बाट सुरु एको सफ्टेकको छैटौं संस्करण
राजधानीको भृकुटीमण्डपमा आयोजन ा गर्न लागिएको क्यानले जनाएको छ ।
नेपाल जस्तो मुलुकमा सफ्टवेयर, सोलुसन
र सर्भिसेस (सेवा)को विकास र
विस्तार गर्न यस्ता कार्यक्रम आवश्यक
भएको महसुस गरी वर्षैपिच्छे कार्यक्रम
सञ्चालन गर्दै आएको र छैटौं संस्करणमा विगतमा भन्दा थप
विशेषता हुने क्यानले जनाएको छ।

विश्वविख्यात
स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेस
एन्ड सोलुसन्स र
कम्युनिकेसनसम्बन्धी कम्पनीले भाग
लिने क्यान सफ्टेक २०१३ को टाइटल
स्पोन्सर सुबिसु केवलनेट प्रालि छ। मेलामा १ सय १६ वटा स्टल रहने
आयोजकले जनाएको छ। हालसम्म
सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्युटर
सुरक्षा, वैकिङ, सूचना व्यवस्थापन,
लेखा व्यवस्थापन, एन्टिभाइरस र
अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयर र
सेवासम्बन्धी क्षेत्रमा, इन्टरनेट सेवा,
केबल तथा डिस
टेलिभिजनसम्बन्धी सेवा गरी ९०
प्रतिशत स्टल बुक भइसकेको आयोजकले
जानकारी दिएको छ। मेलामा सोलुसनको क्षेत्रमा सेक्युरिटी
, वायरलेस, प्रिन्टिङ, पावर र विभिन्न
एप्लिकेसनसहितका ट्याब्लेटसँग
सम्बन्धित स्टल रहनेछन्। साथै कम्प्युटर र
सूचना तथा सञ्चार
प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यसपालिदेखि स्मार्ट
मोबाइल र ल्यापटपसहितका स्टल थप
गरिएको क्यान महासचिव अमृतकुमार
पन्तले बताए।
गत वर्षको क्यान सफ्टेकमा ४५ हजार
अवलोकनकर्ता आएकामा यसपटक १ लाख हाराहारी पुग्ने
आयोजकको अनुमान छ। सफ्टेक
अवलोकनका लागि सर्वसाधारणलाई
प्रवेश शुल्क ५० र विद्यार्थीलाई २५
रुपैयाँ तोकिएको छ। टिकट
अनलाइनबाट पनि लिन सकिने व्यवस्था गरेको क्यानका अध्यक्ष
इन्जिनियर विनोद ढकालले बताए।
सफ्टेकमा के छन् अफर?
सुबिसुले मेलामा इन्टरनेट,
आइपी ट्रान्जिट, डाटा सेन्टर
सोलुसन्स् र केबल टेलिभिजनको प्याकेजमा विषेश छुट
दिने तयारी गरेको छ। त्यस्तै क्यान
सफ्टेक २०१३ मार्फत म्यानेज्ड
भिडियो प्रेजेन्स र म्यानेज्ड होस्टिङ
सेवासमेत सुरु गर्दैछ। डिसहोमले दसैअघि नै
एचडी तथा एक्सक्लुसिभ च्यानल वितरण र मल्टी टिभी अफरअर्न्तगत एकै
घरमा एउटाभन्दा बढी टेलिभिजनमा ड
िस होमको सेवा जडान गरी टिभी हेर्न
मिल्ने सुविधा सुरु गर्ने जनाएको छ।
त्यस्तै ब्रेनडिजिट आइटी सोलुसन्स्ले
आफूले तयार गरेको डट नेट सिएमएस सेजफ्रेमको प्रयोग गरी नयाँ वेबसाइट
बनाउने तथा वेबसाइटको कन्टेन्ट सहज
व्यवस्थापनसम्बन्धी तरिका प्रदर्शन
तथा सोसम्बन्धी जानकारी प्रदान
गर्नेछ। फोन पे प्रालिले
सफ्टेकमा आफ्नो नयाँ प्रडक्ट क्यास अन एड सुरु गर्ने तयारी गरेको छ।
त्यस्तै नेक्स्ट
जेनेरेसन टेक्नोलोजीले क्लाउड
सर्भिलेन्स सेवा सुरु गर्नेछ।
त्यस्तै वेब सर्फरले ५१२
केबिपिएसको वायरलेस इन्टरनेट ४ सय ९५
रुपैयाँमा र अन्य इन्टरनेट प्याकेजसमेत विशेष छुटमा उपलब्ध गराउने
योजना बनाएको छ। त्यस्तै मिदास
एजुकेसनले एन्ड्रोइड बेस्ड इ–क्लास र
अनलाइन इ–क्लास सुरु गर्ने जनाएको छ।
भायनेट कम्युनिकेसनले ६ हजार ९ सय ९९
रुपैयाँमा १ एमबिपिएसको फाइबर टु होम इन्टरनेट
सेवा तीनमहिनाको लागि उपलब्ध
गराउनुका साथै जडान शुल्कमा ३०
प्रतिशत छुट दिने तयारी गरेको छ।

Monday, July 29, 2013

यु ट्युव का भिडियोहरू मैले आफ्नो कम्प्युटरमा कसरी सेभ गर्न सक्छु ?

वास्तवमा यु ट्युबले आफ्ना भ्युअरहरूलाई
उक्त वेबसाइटमा संग्रहित भिडियोहरू
उक्त वेबसाइटबाटै हेरून् भनेर डिजाइन
गरेको हो, तर प्रायःजसो प्रयोगकर्ताले
आफूलाई मनपर्ने भिडियोहरू
आफ्नो कम्प्युटरमा स्टोर गर्ने चाहना राखेका हुन्छन्।

इन्टरनेटमा कतिपय वेबसाइट उपलब्ध छन्,
जसले
युट्युबका भिडियो स्वतः कम्प्युटरमा स्टोर
गरिदिन्छन्।
यस्ता वेबसाइटमा www.savevid.com
तथा www.keeprid.com मुख्य छन्। युट्युबबाट आफ्नो कम्प्युटरमा सेभ स्टोर
गर्न खोजिएको भिडियो URL लाई
कपी गरेर
माथि भनिएका बेवसाइटमा पेस्ट
गरियो भने उक्त वेबसाइटले आफूले
रोजेको हार्ड ड्राइभमा भिडियोहरू स्टोर गरिदिन्छ। त्यहाँ आफूले submit
वा download बटनमा क्लिक गर्नुपर्ने
हुन्छ। यदी तपाईंले www.savevid.com
वेबसाइटको प्रयोग
गरी भिडियोहरूलाई सेभ गर्न खोज्नु
भएको छ भने यसले.flv, .3gp, mp4 जस्ता फरम्याटका भिडियो फाइलहरू
सेभ गर्न खोज्छ। यसकालागि तपाईंले
सर्वप्रथम.mp4 फरम्याटमा सेभ गर्नु पर्ने
हुन्छ जुन
आजभोलिका प्रायजसो सिस्टममा खुल्छ,
तर कतिपय अन्य एक्सटेन्सनका फाइलहरू भने नखुल्ने पनि हुन सक्छन्।
त्यसका लागि तपाईले
ती एक्सटेन्सनका फाइलहरू खुल्ने
मिडिया प्लेयर नै डाउनलोड गर्नुपर्ने
हुन्छ। उदाहरणका लागि VLC
मिडिया प्लेयरलाई www.videolan.org बाट डाउनलोड गर्न सकिन्छ भने FLV
प्लेयरलाई wwwmartinjindevisser.com
बाट डाउनलोड गर्न सकिन्छ।

Sunday, July 28, 2013

४१ मेगापिक्सेलको नोकिया लुमिया १०२०

एक बेलाको मोबाइल
बजारको बादशाह
नोकिया स्मार्टफोन
बजारमा दह्रो उपस्थिति जनाउने
दाउमा छ। ४१
मेगापिक्सलको क्यामेरा सहितको नयाँ स्मार्टफोन लुमिया १०२०
बजारमा ल्याउने घोषणा गर्दै
नोकियाले आफूलाई सामसङ र एप्पलकै
लाइनमा उभ्याउने तयारी गरेको छ।
यसभन्दा अगाडि कसैले
नसोचेको स्मार्टफोन आफूहरुले ल्याउन लागेको नोकियाको दाबी छ। यसले
अन्य स्मार्टफोनको भन्दा असाध्यै
राम्रो पिक्सलको तस्बिर लिन
सकिनेछ।

'अब उपभोक्ताले तस्बिरको गुणस्तरबारे
चिन्ता गरिरहनुपर्दैन। जुम नै नगरिकन
तस्बिरको रिफ्रेम गर्न
सकिनेछ', नोकियाले भनेको छ। यस
क्यामराको परीक्षण गर्ने विश्लेषकले
भनेका छन्, 'अन्य स्मार्टफोनमा पाइने क्यामेराभन्दा यसको क्यामेरा निकै
राम्रो छ। यसमा कुनै शंका गरिरहनु पर्दैन।
तर यो नै सबैभन्दा बढी बिक्री हुन्छ भन्न
सकिँदैन।'

मार्केट रिसर्च कम्पनी आइडिसीले २५
देशमा यसको सर्वेक्षण गरेको थियो।
जसमा उपभोक्ताले
नयाँ स्मार्टफोनमा कस्ता कस्ता सुवि
धामा आकर्षित हुन्छन् भन्ने विषयलाई
मुख्य आधार बनाइएको थियो। सर्वेक्षणले
स्मार्टफोनको क्यामेरा रिजोल्यूशनले
उपभोक्तालाई लोभ्याउने
गरेको देखाएको थियो।
स्मार्टफोनको अडियो क्वालिटी,
ब्याट्री लाइफ, सुरक्षा र इन्टरनेट ब्राउजिङजस्ता फिचरहरु बारे समेत
नोकियाले सर्वेक्षण गराएको थियो।

मोबाइल फोन विश्लेषक
फ्रान्सीसको जेरोनिमोले
बताएअनुसार धेरै मानिसहरु
आफ्नो तस्बिर स्मार्ट फोनमै हेर्छन्।
उनले भने,
'नोकियाका उपभोक्ताहरुका लागि क म उज्यालोमा पनि यो नयाँ फोनले
राम्रो परिणाम दिन सक्छ भन्ने
नोकियाले विश्वास दिलाउन
सक्नुपर्छ। उपभोक्ताले
यो स्मार्टफोनको विशेषता तब मात्र
थाहा पाउने छन्, जतिबेला कुनै ठूलो स्क्रिनमा तस्बिरको 'जुमइन'
गर्नेछन् वा आफ्ना फोटो सफा गर्नेछन्।'
उनले थपे,
'यो सबैभन्दा राम्रो स्मार्टफोन हुन
सक्छ। उपभोक्ताका लागि एन्ड्रोइड
या आइओएस परिवर्तन गर्न यसले प्रेरित गर्न सक्छ।'

पछिल्लो तथ्यांकअनुसार विश्वमा कुल
स्मार्टफोनका उपभोक्तामध्ये ९२
प्रतिशत एन्ड्रोइड
वा आइओएसको प्रयोग गर्छन्।

Tuesday, July 23, 2013

ल्यापटप किन्नुअघि जान्नैपर्ने कुरा

कुनै सामान किन्न घरबाट निस्किँदा हामीमध्ये
धेरैजना पसलमा हेर्दा जुन मन
पर्यो त्यहीँ किन्ने विचारका साथ
निस्कन्छौँ । यस्तो सामान किन्ने भन्ने
घरमै तयारी गरेर निस्कने मान्छेहरु निकै
कम हुन्छन् । तर लुगाफाटो किन्दा त विना तयारी बजार गएपनि ठिकै
होला तर यदि तपाइँ ल्यापटप वा अन्य
कुनै ग्याजेट किन्न जाँदै हुनुहुन्छ भने
यस्तो चालाले पक्कै पनि फाइदा गर्दैन ।
हरेक दिन
नयाँ नयाँ प्रविधि तथा फिचर्स भएका ग्याजेटहरु बजारमा आएका हुन्छन्
। त्यसैले तपाइँले यस्ता ग्याजेट खरीद
गर्न जाँदा यसबारेमा पूर्व
जानकारी लिनैपर्ने हुन्छ ।
बिना तयारी वा विना जानकारी
बजारमा गएर यस्ता ग्याजेट खरिद गर्नु सजिलो त पक्कै हुन्न, खरीद
गरिहालेमा पनि त्यो फाइदाजनक
नहुनसक्छ ।


यदि तपाइँले नयाँ ल्यापटप किन्ने सोँच
बनाउनुभएको छ भने तपाइँले
केही जानकारी लिनैपर्ने हुन्छ र तयारी गर्नैपर्ने हुन्छ ।
यदि त्यसो गर्नुभयो भने तपाइँले
आफ्नो आवश्यकता तथा बजेट
अनुसारको उत्तम ल्यापटप खरीद गर्न
सक्नुहुन्छ ।

# विद्यार्थीमा भन्दा
बिजनेसम्यान र
फिल्डमा काम गर्ने
मानिसहरुका लागि
ल्यापटपको फिचर्सले
ठूलो अर्थ राख्छ । त्यसैले ल्यापटप खरिद
गर्नुअघि उनीहरुको मनमा
यो सवाल अवश्य
पनि उठ्छ
की आफ्नो आवश्यकता
अनुसार कुन ल्यापटप ठीक हुन्छ – कोही कम
रकमको ल्यापटप किन्न
चाहन्छन् त कोही केवल
गेम खेल्नकै
लागि वा इन्टरनेट
चलाउने लगायतका सामान्य
काम गर्नका लागि समेत
ल्यापटप किन्दछन् ।

# कति मुल्य
सम्मको ल्यापटप किन्ने –
भन्ने कुराको अड्कल
पहिल्यै गर्नुपर्छ । जुनसुकै
मोडेलको ल्यापटप
छानेपछि टिकाउ तथा मजबुतीमा कुनै
सम्झौता नगर्नुहोस् ।

# साथै ल्यापटप खरीद
गर्दा त्यसका सेवा केन्द्र
कति छन् – भन्ने
कुरामा पनि ध्यान
दिनुहोस्,
ता कि भोलि ल्यापटप बिग्रिहालेमा वा
समस्या आएमा सजिलै
बनाउन सकियोस् । कम
र्सर्भिस सेन्टर
भएका ब्राण्डका
ल्यापटप किन्दा भविष्यमा
समस्या आउनसक्छ ।

# ल्यापटपको ब्याट्री
ब्याकअप,
वारेन्टी तथा अन्य
क्षमताको विषयमा पनि
पूरै जानकारी लिएर मात्र
खरीद गर्नुहोस् । बढी वारेन्टीको लोभ
देखाइएका कमसल
ल्यापटप खरीद नगर्नुहोस्


# ल्यापटप खरीद गर्दा त्यसमा लोड
गरिएको सफ्टवेयरले
सही काम गर्छ गर्दैन
जाँच्नुहोस् ।
सामान्यतया कम्पनीले
सुरुमा केही ट्रायल सफ्टवयर लोड गरेका हुन्छन्
जो केही समयपछि
एक्स्पायर हुन्छ
वा त्यसलाई अनिवार्य
रुपमा आफै हटाउनु पर्ने
पनि हुनसक्छ । यसो गर्दा अरु सफ्टवेयर
डिलिट हुने
खतरा पनि हुनसक्छ ।
त्यसैले त्यस्ता ट्रायल
सफ्टवेयरका बारेमा पूर्ण
जानकारी लिएर त्यस्ता सफ्टवेयर सुरुमै
हटाएर मात्र ल्यापटप
खरीद गर्नुहोस् ।

# चाहे
बिजनेसम्यानका लागि
होस्
वा विद्यार्थीका लागि
ल्यापटपमा पर्याप्ट
मेमोरी हुनु महत्वपूर्ण हुन्छ । यद्यपि आजभोलि
ल्यापटपमा मेमोरी पछि
बढाउन सकिने
एक्स्पान्डेबल
मेमोरीको सुविधा पनि
प्राप्त हुन्छ । त्यसैले ल्यापटप खरीद
गर्दा एक्स्पाण्डेबल
मेमोरी स्पेस
बढि भएको ल्यापटपमा
जोड दिनुहोस्
ता की तपाइँले ल्यापटप चलाउँदा तेज
गतिमा काम गर्न
सक्नुका साथै
बढि सामाग्री समेत
अटाउन सक्नुहुन्छ ।

# यदि तपाइँ
गेमिङका लागि ल्यापटप
किन्दै हुनुहुन्छ भने
राम्रो स्क्रिन
रिजोलुसन
तथा ठूलो स्क्रीनका साथै राम्रो ग्राफिक
सपोर्ट भएको ल्यापटप
खरीद गर्नुहोस् । गेमिङ
ल्यापटप खरीद गर्दा पकेट
केही बढि नै गरम पार्नुपर्छ
। किनकी बिजनेस तथा स्टुडेन्ट ल्यापटप
भन्दा गेमिङ
ल्यापटपमा बढि फिचर्स
तथा कन्फीगेरेसन हुने
भएकाले महंगो पर्छ ।

त्यसैले ल्यापटप खरीद गर्दा उल्लेखित
कुरामा विचार पूराउनुभयो भने तपाइँले
आफ्नो आवश्यकता र औकात
अनुसारको असल ल्यापटप भित्राउन
सक्नुहुन्छ ।

स्पाइसका २ फरक मोडेलका एन्ड्रोइड स्मार्टफोन बजारमा

भारतीय मोबाइल कम्पनी स्पाइसको 'एमआई-४५०' र 'एमआई-४२२' मोडेल नेपाल
बजारमा भित्रिएका हुन्
| एमआई-४५० दूई सीम प्रयोग गर्न
मिल्ने यो स्मार्टफोनले टुजी नेटवर्क
सर्पोट गर्छ । ४.५ इञ्भ ठूलो टचस्त्रिन रहेको यस स्मार्टफोनमा ३.५ एमएमको
अडियो ज्याक प्रयोग गर्न मिल्छ । स्मार्टफोनको ब्याक साइडमा एलइडी
फ्लाससहितको ३.१५ मेगापिक्सल क्यामेरा रहेको छ भने फ्रन्ट साइडमा १.३
मेगापिक्सेल क्यामेरा रहेको छ ।


एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस
स्मार्टफोनमा एफएम, एचटिएमएल, एमपीफोर, एमपीथ्री, युट्यूव, गुगल सर्च,
म्याप लगाएतका सुविधाहरु रहेका छन् ।

एमआई-४२२ एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस
स्मार्टफोनमा १ गिगाहर्ज प्रोसेसर रहेको छ । दुई सीम प्रयोग गर्न मिल्ने
यसमा ४ इञ्चको टचस्त्रिन रहेको छ । ३.२ मेगापिक्सेल क्यामेरा, ३२
जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, १३०० एमएएच क्षमताको ब्याटि्र,
ब्लुटुथ, एमपिथ्री, एमपिफोर लगाएतका सुविधाहरु यस स्मार्टफोनमा रहेका छन्

Monday, July 22, 2013

विन्डोज 7 लाई activate गरी genuine बनाउने कि?

तपाईं windows 7 अपरेटिङ सिस्टम चलाऊदै हुनु हुन्छ तर तपाईंको त्यो
system Genuine हैन भने तपाईंको desktop मा बेला बेलामा "This copy of
Windows is not genuine" भन्ने मेसेज आईरहेको नै होला । यदि तपाईंले उक्त
मेसेजलाई क्लिक गरी Activate गर्न खोज्नु भयो भने Activate key तपाईंले
किन्नु पर्ने हुन्छ ।

पहिलाको system Windows XP मा त बिभिन्न तरिका अपनाएर यो warning लाई
सजिलै bypass गर्न सकिन्थ्यो, तर Windows 7 मा यसलाई bypass गर्न त्यती
सजिलो छैन किनकी यसमा माईक्रोसफ्ट कम्पनीले security राम्रो सँग गरेको
देखिन्छ ।

मैले पनि ईन्टरनेटमा धेरै सर्च गरी हेरे यसको Activation Key पाउन तर
कुनै पनि valid भएन, धेरै crack हरु पनि भेट्टाए तर कुनैले पनि काम गरेन
। तपाईंहरुको प्रयास पनि यसरी नै खेर गई रहेको हुन सक्छ । यस्तै खोज
गर्दै जादा भर्खरै एउटा WAT Remover Tool for Windows 7 भन्ने भेट्टाएँ
WAT को मतलब (Windows Activation Technology) रहेछ । use गरी हेरे साँचै
नै काम गर्ने रहेछ । त्यसैले यस्तै खोजीमा लागेका साथीहरुलाई सजिलो होस्
भनेर share गर्न खोजेको छु ।

यो एउटा Windows Activation Technology हो जसले 32bit र 64bit को windows
7 system मा काम गर्छ र यसले तपाईंको system लाई Genuineबनाउछ ।

@ यो software ले Windows 7 Operating System मा मात्र काम गर्छ अरु
system लाई support गर्दैन । यदि तपाईंले अरु Operating System मा ट्राइ
गर्नु भयो भने तपाईंले error मेसेज पाउनुहुनेछ ।

@ यो patch software ले तपाईंको windows 7 सिस्टमलाई पूर्ण रुपमा
Activate गर्छ र त्यसपछि तपाईंले आफ्नो windows को updates पनि receive
गर्न सक्नु हुनेछ ।

@ के तपाई पनि ट्राइ गरेर नहेर्ने त ?

Software Download गर्नको लागि यहाँ क्लिक गर्नुहोला-:
www.mediafire.com/?ol5u7a4ci8nica5,pxrx1buner6cp4d

software लाई download गरीसकेपछि unzip गर्नुहोस् , unzip गर्दा password माग्नेछ,

password : thumperdc.com

सन प्रोटेक्सन क्रिम कसरी प्रयोग गर्ने ?

- बजारमा घामबाट जोगिन सकिने
विभिन्न किसिमका क्रिम उपलब्ध छन्।
त्यसमध्ये एसियन
स्किनका लागि साधारणतया १५-३०
नम्बरका क्रिम उपयुक्त हुन्छन्।

- धेरै गोरो छाला भएकाले ४०-५०
नम्बरको क्रिम प्रयोग गर्नुपर्छ।

- कालो छाला भएकाहरूले १५ वा ८
नम्बरको क्रिम लगाउनुपर्छ।

- चिल्लो र
खस्रो छालाका लागि पनि फरक-फरक
किसिमको क्रिम उपलब्ध छ।
अतः आफ्नो छालाको प्रकृतिअनुसार क्रिम
छनौट गर्नुपर्छ।

- सन प्रोटेक्सन क्रिम घाम
लागेका बेला मात्र लगाउनुपर्छ भन्ने होइन, घाम
नलागेको समय वा घरमै
बसेका बेला पनि यसको प्रयोग गर्नुपर्छ।

- एकपटक लगाइएको सन प्रोटेक्सन
क्रिमले चार-पाँच घण्टासम्म काम गर्छ।

मोबाइलमा उखान टुक्का

स्कुल वा कलेजमा पढ्दाका उखान-
टुक्का बिर्सनुभएको छ भने अब मोबाइलले नै
उखान-टुक्का सिकाउनेछ। विभिन्न एप
सुविधाका कारण स्मार्ट
भएको मोबाइलमा राख्ने एउटा यस्तो एप
उपलब्ध छ, जसले समय र परिस्थिति सुहाउँदो उखान
अनि टुक्का हाल्न सिकाउँछ। मोबाइल
प्रविधिको विकाससँगै संस्कृति र
परम्पराका विभिन्न पक्षले
पनि आधुनिकता वरण गरिरहेका छन्।
त्यसैको उदाहरणका रूपमा उखान टुक्काको परम्परा अब मोबाइलमा एप बनेर
आएको छ। यो एपमा ३
सयभन्दा बढी उखानटुक्का छन्, जुन
देवनागरी लिपि अर्थात् नेपाली भाषामै पढ्न
सकिन्छ। यसले उखानसम्बन्धी ज्ञान
पनि बढाउनेछ। यसमा आफूलाई राम्रा लागेका उखानहरू मनपर्ने सूचीमा राख्ने
सुविधा पनि छ।

आखिर बुद्धि बढ्छ कहाँबाट ?

कसैले 'तपाई त साह्रै बुद्धिमान हुनु हुँदो रहेछ' भन्यो भने तपाईको मन
प्रशन्न हुन्छ । आखिर प्रशन्न नहुनु पनि किन ? तर, तपाईले कहिल्यै सोच्नु
भएको छ, बुद्धि कहाँबाट आउँछ ? दिमागभित्र पहिलेदेखि नै बुद्धि भरिएको
हुन्छ ? पछिल्लो दिनमा कुनै जानकारी चाहियो भने गुगग वा विकीपीडिया जस्ता
बेवसाइटकबो सहारा लिइन्छ । के यसको अर्थ सूचनाको यी साधनले हाम्रो
बुद्धिको स्तर सम्बृद्ध र सम्पन्न बनाउँछ ?

यी सबै प्रश्नहरु यस कारण उठाइएको हो कि हालै भएको केही अध्ययनले हाम्रो
मस्तिष्कले आफूलाई जति प्रभावित पार्छ, अन्य मानिस र गुगल जस्ता
इन्टरनेटको दुनियाँको औजारले पनि त्यति नै असर गर्छ । अति आवश्यक भएपछि
मात्र मानिसले मानसिक श्रम गर्छ, नत्र दिमागलाई कष्ट दिँदैन भन्ने
सिद्धान्त मनोविज्ञानिकहरुमाझ लोकपि्रय छ ।

आमरुपमा जुन चिज स्मरण रहन सक्छ, त्यसलाई याद गरिराख्न मानिसहरु धेरै
दिमाग खियाउँदैनन् र कुनै न कुनै रुपमा अरुमा निर्भर रहन्छौं ।
दार्शनिकहरु यसलाई यसरी ब्याख्या गर्छन- मस्तिष्कको संरचना नै यस्तो
हून्छ कि माहोल अनुसार नै आफ्नो विस्तार गर्छ । दर्शन शास्त्रका ज्ञाता
एण्डी क्लार्कका भन्छन्-दिमागमा केही यस्ता चिज हुन्छ,
जसले नयाँ विचार र गुगल जस्ता इन्टरनेटको दुनियाको औजारसँग समन्वय स्थापित गर्छ ।

ट्विटर ट्रान्सलेसन परीक्षण गर्दै

इजिप्टमा सेनाले बर्खास्त
गरेका राष्ट्रपति महोम्मद
मोर्सीको ट्विट गैरइजिप्सियनले
पनि बुधबार अंग्रेजी भाषामा पढ्न
पाए। ट्विटरले एक महिनादेखि परीक्षण
गरिरहेको ट्रान्सेलन सेवा अगुवा इजिप्सियनका ट्विटर
अकाउन्टलाई दिएपछि यो सम्भव
भएको हो। ट्विटरले यतिबेला अरब
आन्दोलनका अगुवा वएल गोहिम सहित
धेरै फलोअर भएका इजिप्सियनहरुलाई
ट्रान्सेलन सुविधा दिएर आफ्नो परीक्षणलाई
तीब्रता दिइरहेको छ।

'विश्वका सबै मान्छेहरुलाई एक अर्कासँग
जोड्न सजिलो होस भनेर हामी काम
गरिरहेका छौं', ट्विटरका प्रवक्ताले
भनेका छन्- 'हामी टेक्स
ट्विटको अनुवाद परीक्षण गर्दैछौं।'
माइक्रोसफ्टको बिङ सर्च इन्जिनसँगको साझेदारीमा ट्विटरले
ट्रान्सलेसन परीक्षण गरिरहेको हो।

आधिकारिक रुपमा सुरु नभइ
सकेको ट्रान्सलेसन टुलले अनुवाद
गरेका सामग्री सत्प्रतिशत शुद्ध भने
छैनन्। अरबिक भाषा अघि ट्विटरले
युरोपका इटालियन, फ्रेन्च तथा स्पेनिस
भाषामा यसको परीक्षण गरेको थियो। एक
महिनाअघि गरिएका ती परीक्षाहरुमा
पनि केही गल्ती पाइएको ट्विटरले
जनाएको छ।

फेसबुकले यसअघि नै
बिङसँगको सहकार्यमा ट्रान्सलेसन
सुविधा दिँदै आएको छ भने सर्च इन्जिन
गुगलले पनि गुगल ट्रान्सलेसन
सेवा चलाइरहेको छ।
ट्विटरको यो सेवाले पत्रकारहरुको स्रोत अझ विस्तार हुने
अनुमान गरिएको छ। 'यसले ब्लगर
तथा स्वतन्त्र व्यक्तिहरुको आवाजलाई
बिस्तार गर्ने ठूलो मौका दिनेछ',
रोयटर्स इन्स्टिच्युट फर द स्टडी अफ
जर्नलिज्मका पत्रकार फेड्रिको जुरेनी भन्छन्। समाचार स्रोत
तथा ब्रेकिङका लागि ट्विटरको लोकप्
रियताले परम्परागत माध्यमहरुलाई
आछुआछु पार्दै
लगेको अवस्थामा ट्रान्सलेसन सेवाले
त्यसको क्षेत्र अझ फराकिलो पार्ने विश्वास लिइएको छ।

टुहुरो भयो माउस

आँखा झिम्क्याएभन्दा छिटो औंलाको आदेश
पालना गर्ने माउसका आविष्कारक डग
एङ्गेलबर्टको ८८ वर्षको उमेरमा निधन
भएको छ। माउसको प्रयोगमा व्यपकता आउनु
अघि नै एङ्गेलबर्टले १९६० मा यो उपकरण तयार पारेका थिए। धातुका दुई
साना टुक्रा जोडिएको पहिलो माउस काठले
बनाइएको थियो।

पछिल्लो समयमा विश्वव्यापी प्रयोगको उ
पकरण बनेको माउसले अविष्कारक
एङ्गेलबर्टलाई खासै पैसा भने दिन सकेन।
माउसको प्रयोग फैलन नपाउँदै सन् १९८७ मै
माउसको पेटेन्ट राएट सकिएको थियो।
स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युटले सन् १९८३ मा माउसको लाइसेन्स ४० हजार
अमेरिकी डलरमा एप्पल कम्पनीलाई
बिक्री गरिदियो। एक अनुमान अनुसार
अहिलेसम्म कम्तिमा एक अरब कम्प्युटर
माउस बिक्री भइसकेका छन्।

एङ्गेलबर्टले क्यालिफोर्निया अनुसन्धान
संस्थानमा काम गर्ने बेलामा इमेल, वर्ड
प्रोसेसिङ
तथा भिडियो टेलिकन्फरेन्सको आविष्कार
मा पनि काम गरेका थिए। स्टेट कम्प्युटर
हिस्ट्री म्युजियमले उनकी छोरी क्रिस्टिनाको इमेललाई उदृत
गर्दै डग एङ्गेलबर्टको मृत्युको खबर
दिएको हो। 'पिताको स्वास्थ्य खराब
थियो र मंगलबार
राति निदाएका बेला उहाँको देहान्त भयो',
इमेल उदृत गर्दै हिष्ट्री म्युजियमले भनेको छ।

डग एङ्गेलबर्टको जन्म ३० जनवरी १९२५
मा ओरेगनस्थित
पोर्टल्याण्डमा भएको थियो।
उनका पिता रेडियो मेकानिक थिए। ओरेगन
विश्वविद्यालयबाट इलेक्ट्रिकल
इन्जिनियरिङमा अध्ययन गरेका उनले दोस्रो विश्व युद्धका बेला राडार
टेक्निसियनको भूमिका निर्वाह
गरेका थिए। मान्छेको ज्ञान
बढाउनमा कम्प्युटरले कसरी सहयोग गर्न
सक्छ भन्ने सोचले उनलाई स्ट्यान्फोर्ड
रिसर्च इन्स्टिच्युटतर्फ डोर्या्एको थियो। उनको प्रयोगशालाले
इन्टरनेट विकासको प्रारम्भिक
प्रविधि एआरपीएनेट टेक्नोलोजी विकास
गर्न सहयोग पुर्याटएको थियो।

डग एङ्गेलबर्टको सोच
उनको समयभन्दा निकै अगाडि थियो।
उनी त्यो बेला प्रविधिमा काम
गरिरहेका थिए जतिबेला कम्प्युटरहरु
एउटा कोठा जत्रो हुन्थे। सन् १९६८
मा सान्सफ्रान्सिस्कोमा माउसको पहिलो स ार्वजनिक प्रदर्शनी गरेर एङ्गेलबर्टले
दुनियाँलाई छक्क पारिदिए।
यही कार्यक्रममा उनले
पहिलो भिडियो टेलिकन्फरेन्सका प्रदर्श
न पनि गरे। सोही कार्यक्रममा उनले
टेक्समा आधारित एआरपीएनेट प्रविधि सिद्धान्त बारे लामो व्याख्या गरे।
त्यो नै अहिले हामीले चलाउने इन्टरनेट
विकासको सुरुवाती कोशेढुंगा थियो।

चार अर्ब वर्ष पहिले नै मंगलमा 'जीवन' !

मंगल ग्रहमा ४ अर्ब वर्ष पहिला नै
जीवनको रहेको हुन सक्ने
पछिल्लो अनुसन्धानले पत्ता लगाएको छ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल
ग्रहमा पठाएको क्युरियोसिटी रोबर्टले
पठाएका पछिल्ला तथ्यहरुको आधारमा यसको अनुमान गरिएको हो। क्युरियोसिटी मंगल
ग्रहमा पुगेको करिब एक वर्ष भएको छ।

यो बीचमा क्युरियोसिटीले जुन तथ्य
पठाएको छ तिनीहरु हेर्दा यो रातो ग्रहमा ४
अर्ब वर्ष पहिले नै जीवनका लागि चाहिने
पानी, वायुमण्डल थियो भन्ने अनुमान लगाउन
सकिने अमेरिकाबाट निस्कने विज्ञान
जर्नलले जनाएको छ।

मंगल ग्रहको वायुमण्डलको विस्तृत
अध्यानपछि ४ अर्ब वर्ष पहिला मंगल
ग्रहको वायुमण्डल पृथ्वीको भन्दा फरक
नभएको विज्ञान जर्नलमा प्रकाशित
शोधपत्रमा भनिएको छ। यो नयाँ नतिजाबाट
यहाँको सतहमा आद्रता रहेको र पानी पनि भएको भन्ने भनाईलाई बल
पुगेको छ। तर अहिलेसम्म यो स्पष्ट हुन
सकेको छैन कि मंगल ग्रहमा कुन
प्रकारको जीवन थियो वा थिदैँ थिएन।
खुला विश्वविद्यालयका मोनिका ग्रेडीले
पछिल्ला तथ्यहरुको आधारमा मंगल ग्रहमा वायुमण्डल र पानीको कति धेरै
क्षति भएको छ,
त्यो समयमा मंगलको वायुमण्डल
कस्तो रहेको थियो र त्यो समय
मंगलमा जीवन सम्भव रहेको थियो भन्ने
अनुमान गर्न सकिने बताउँछिन्। समयसँगै मंगल ग्रहको चुम्वकीय क्षेत्र र
वायुमण्डल नष्ट भयो र यो एक
सुख्खा निर्जन
ग्रहमा बलिएको सम्भावना पछिल्ला तथ्यहरु
ले देखाएको छ।
क्युरियोसिटी रोबर्ट अघिल्लो वर्ष ६ अगष्टमा मंगल ग्रहमा पुगेको थियो। २६
नोभेम्बर २०११ मा यो यानले अन्तरिक्ष
छोडेर करिब २४ हजार करोड
माइलको दुरी तय गर्दै मंगल
ग्रहमा पुगेको थियो।
परमाणु इन्धनबाट चल्ने यो क्युरियोसिटी अभियानको लागत
करिब २.५ अबर डलर रहेको छ। यसबाट प्राप्त
भएका जानकारी मंगल ग्रहको इतिहास
जान्नको लागि सबैभन्दा महत्वपूर्ण हुन सक्ने
बताइएको छ।

रोवर्ट अनुसन्धानका तीन चरण छन्।
पहिलो मंगल ग्रहमा प्रवेश,
दोस्रो सतहमामा जाने र
तेस्रो जमिनमा उत्रने। यो रोबर्टको तौल ९
सय किलो छ।

घट्यो ट्याब्लेटको मूल्य

माइक्रोसफ्टले हल्ला नगरी सर्फेस
ट्याब्लेट कम्प्युटरको मूल्य घटाएको छ।
माइक्रोसफ्टले डिजाइन
तथा मार्केटिङ गरेको सर्फेस
ट्याबको मूल्य ३० प्रतिशत
घटाइएको हो। केही दिन अघिसम्म ४९९ अमेरिकी डलर मूल्य रहेको सर्फेस
आरटी ट्याब अब ३४९ डलरमा झरेको छ।
चर्को प्रतिस्पर्धा सामु
आफ्ना उत्पादनको बजार कायम राख्न
माइक्रोसफ्टले ट्याबको मूल्य
घटाएको हो।

सर्फेस आरटी ट्याबको मूल्य घटाए
पनि माइक्रोसफ्टले सर्फेस प्रोको मूल्य
भने घटाएको छैन।
विश्वको सबैभन्दा ठूलो सफ्टवेयर
निर्माता कम्पनीले गत वर्ष पर्सनल
कम्प्युटरको विकल्प सहितको सर्फेस ट्याबलाई बजारमा ल्याएको थियो।

अम्याजनले किन्डेल
एचडी ट्याबको मूल्यमा घटाइसकेको छ।
किन्डेल एचडीको मूल्य अमेरिकामा १६९
डलरमा झरेको छ भने वेलायतमा २३९
पाउन्ड तोकिएको छ। अम्याजनले
किन्डेल एचडीलाई २९९ डलरसम्ममा बेचेको थियो।

ब्यारेन्स एण्ड नोबलको ट्याब
नुकको मूल्यमा पनि गिरावट आएको छ।
रिलिज समयमा २४९ अमेरिकी डलर मूल्य
रहेको नुक ट्याब अहिले १२९
डलरमा झरेको छ।

काठमाडौंको 'लोकेसन' स्मार्टफोनबाटै खोज्नुहोस्

काठमाडौंका बैंक, दुतावास, कलेज,
रेस्टुरेन्ट वा अस्पतालको लोकेसन
खोज्ने एप तयार भएको छ।
नेपाली युवाले बनाएको मोबाइल
एप्लिकेसन एनलोकेटले
काठमाडौंका स्थानको विवरण दिनेछ। निःशुल्क रूपमा एन्ड्रोइड र
एप्पलमा डाउनलोड गर्न सकिने यो एपले
तपाइँ रहेको ठाउँबाट
नजिकका स्थानबारे जानकारी दिन्छ।
वर्षको उत्कृष्ट मोबाइल एपको अवार्ड
हात पारिसकेको एनलोकेट दिपेन चापागाईंको टिमले निर्माण
गरेको हो।पुल्चोक इन्जिनियरिङ
बलेजबाट इन्फरमेसन एण्ड
कम्यूनिकेशनमा एमइ
सकेका चापागार्इंले
साथीको बिहेमा पार्टी प्यालेस भेट्टाउन सकेनन्।
सोधिखोजी गर्दा पनि लोकेसन
पत्ता नलागेको पीडाका कारण
एकलोकेट जन्मिएको उनले बताए।

कसरी काम गर्छ एनलोकेटले ?

यसको मुख्य काम बैंक, रेस्टुरेन्ट
वा अफिस, कर्पोरेट
हाउसको नक्सासहित तपाईंलाई
त्यसको जानकारी दिनु हो।
एप्लिकेसनमा अपडेट
भएका डाटाको आधारमा यसले जानकारी दिन्छ। यो एपमा अहिलेसम्म
१०
हजारभन्दा बढी डाटा इन्ट्री भइसकेक
ा छन्। एन्ड्रोइड, एप्पल अपरेडिङ
सिस्टममा चल्ने ट्यावका साथै
कम्प्युटरमार्फत पनि यसको प्रयोग गर्न सकिन्छ।

एनलोकेटको महत्वपूर्ण विशेषता तपाइँले
जहाँबाट सर्च गरिरहनुभएको छ,
त्यसको वरिपरिको जानकारी दिनु
हो। यदि तपाईंले दरबारमार्ग नजिक
बसेर कुनै रेस्टुरेन्ट एनलोकेटमार्फत सर्च
गर्नुभयो भने पहिलो प्राथमिकतामा वरिपरिका रेस्
टुरेन्ट देखिन्छन्।
यो प्रक्रियामा विज्ञापनको कामसँगै
हुन्छ। ग्राहकलाई सूचना र
विज्ञापनको प्रचार गर्न
व्यवसायीका लागि यो सजिलो हुने चापागाईंको दाबी छ।

एनलोकेटमा डाटा इन्ट्री गराउन
उसको अफिसमा धाउनुपर्ने झन्झट
पनि छैन। तपाईं आफ्नो डाटा आफैं
इन्ट्री गर्न सक्नुहुन्छ तर
त्यसका लागि पब्लिक भेरिफिकेसन भने
चाहिन्छ। 'इन्ट्री भएको डाटा गलत हुन सक्नेतर्फ हामी सचेत छौं,' चापागाईंले
भने, 'त्यसैले पब्लिक
भेरिफिकेसनको आधारमा यसलाई
इन्ट्री गर्ने गरेका छौं।'

एनलोकेटमा युजर अकाउन्ट
बनाएपछि आफ्नो बिजनेस
वा सेवा सुविधाबारे आफैं जानकारी र
तस्बिर अपलोड गर्न सकिन्छ।
केही महत्वपूर्ण फिचर्स अफलाइन
मोडमा पनि चलाउन सक्ने सुविधा छ। आवश्यक फिचर्सलाई आफलाइन
मोडमा सेटिङ गरेपछि इन्टरनेट
सुविधा नभएको ठाउँमा पनि यसलाई
प्रयोग गर्न सकिन्छ।

'गुगलको नक्सा प्रयोग
गरिएको एनलोकेट चलाउने
आइफोनका आठ हजार प्रयोगकर्ता र
एन्ड्रोइड फोनबाट चलाउने १३ हजार
छन्,' चापागार्इं दाबी गर्छन् ।
वेबसाइटमा दैनिक १५ सय हिट रहेको उनले बताए । यो प्रविधि सरल
किसिमको इन्टरनेट मार्केटिङ टुल्स बन्न
सक्ने उनको भनाइ छ ।

नेपालमा इन्टरनेटको पहुँच
भएको ठाउँमा पनि नेट स्पिडले सताउँछ।
तर यो समस्यालाई छल्दै एनलोकेटलाई
कम स्पिडको नेटमा पनि चल्ने
बनाइएको छ। डेटा कम्युनिकेसनलाई
मिनिमाइज गरेर कम स्पिडमा चल्ने बनाइएको चापागार्इंले बताए। अहिले
एनलोकेट एप्पल र एन्ड्रोइडमा मात्र
चल्ने यो एप्लिकेसन विन्डोज–८
का लागि पनि तयार हुँदै छ ।