Monday, August 19, 2013

चीनमा सस्ता मोबाइलको वर्चस्व

उपभोक्ता स्थानीय सस्तो मोबाइलतर्फ लम्किदाँ पछिल्लो समय अमेरिकी एप्पल
कम्पनीको स्मार्ट
फोनको बिक्री चीनमा गत वर्षको तुलनामा आधा मात्र भयो। चीनमा बिक्री
मोबाइल फोनमा एप्पलले ५ प्रतिशतमात्र हिस्सा लिन सक्यो। यो एप्पलको २०१०
यताकै सबैभन्दा कम बिक्री भएको बजार विश्लेषक द
कपर्टिनोले जनाएको छ। सबैभन्दा धेरै बिक्री गर्ने सामसङ पनि १८ प्रतिशत
बजार हिस्सामै सीमित भएको छ।

चीनमा सबैभन्दा ठूलो दुरसञ्चार सेवाप्रदायक चाइना युनिकमले स्थानीय सस्ता
मोबाइल उत्पादकसँग साझेदारी गरेकाले पनि विदेशी कम्पनी अप्ठेरोमा परेका
हुन्। युनिकमसँगको साझेदारीले लेनेभो र जेडटिइजस्ता कम्पनीलाई फाइदा भएको
छ। यी कम्पनीले उत्पादन गरेका मोबाइल सेट ८२ अमेरिकी डलरसम्म बजारमा
उपलब्ध छन्।

एप्पल, सामसङजस्ता कम्पनी महँगा सेटमा केन्द्रित छन। चिनियाँ मोबाइलको
बजार भने मध्यम र
न्युन मध्यम वर्गमा सरेको छ। स्थानीय उत्पादकले भने आक्रमक
बजारीकरणमार्फत आफूलाई बजारमा स्थापित गराउँदै लगेको छ।

बजारमा आफ्नो स्थिति बलियो बनाउँदै गएको चिनियाँ कम्पनी सियाओमीले यस
वर्ष एक करोड ५० लाख सेट बिक्री गर्ने लक्ष्य राखेको छ। उसले गत वर्ष ७२
लाख सेट बिक्री गरेको थियो। बजार हिस्सा बढ्दै गए पनि ठूला बहुराष्ट्रिय
कम्पनीलाई उछिन्ने महत्वाकांक्षा भने नलिएको कम्पनीका प्रमुख कार्यकारी
अधिकृत लि जुन बताउँछन्।

यसैबीच एप्पलले स्थानीय कम्पनीसँगको साझेदारीमा सस्ता मोबाइल उत्पादन
गर्ने छलफल चलाएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकको हालै
चीन भ्रमण यसै विषयमा केन्द्रित भएको बताइए पनि विस्तृत विवरण
सार्वजनि गरिएको छैन।

No comments:

Post a Comment