Sunday, August 25, 2013

एनसेलले ल्यायो नयाँ उपहार योजना ‘नगदमा गद्गद’

निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसर
पारी 'नगदमा गद्गद' नामक नयाँ उपहार योजना ल्याएको छ ।यो नयाँ योजनामा
एनसेलले सातामा एकजनालाई १० लाख उपहार दिने जनाएको छ। योजना भदौ १०
गतेदेखि १० हप्तासम्म संचालन हुनेछ ।

प्रत्येक हप्ता ५० रुपैयाँ वा सोभन्दा बढी मेन व्यालेन्सबाट खर्च गर्ने
एनसेलका ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । जसमध्ये उपहार
योजनाअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली एनसेल ग्राहकले नगद १० लाख
रुपैयाँ प्राप्त गर्ने छ । साथै, प्रत्येक हप्ता १ लाख ग्राहकले ५०
रुपैयाँको बोनस व्यालेन्स र अन्य एक लाख ग्राहकले ५० वटा निःशुल्क एसएमएस
प्राप्त गर्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख
गरिएको छ ।

उपहार योजनामा एनसेलका पि्रपेड तथा पोष्टपेड सबै ग्राहकहरु सहभागी हुन
सक्ने बताइएको छ । एक हप्तामा ५० रुपैयाँ बराबरको मेन व्यालेन्स प्रयोग
गर्दा ग्राहकले एसएमएस मार्फत एउटा टिकट नम्बर प्राप्त गर्नेछन् । यदि
कुनै ग्राहकले उक्त हप्ता सय रुपैयाँ खर्च गरेको छ भने २ वटा टिकट नम्बर
प्राप्त गर्नेछन् ।

एक हप्ताभरि गरिएको सेवा प्रयोगको आधारमा एसएमएस मार्फत प्राप्त गरिने
टिकट नम्बरहरुबाट हरेक सोमबार लक्की ड्र गरि विजेता घोषणा गरिने कम्पनीले
जानकारी दिएको छ । एसएमएस र वोनस रकम पनि सोहि दिन प्रदान गर्ने बताइएको
छ । लक्कि ड्र मार्फत प्राप्त भएको एसएमएस र वोनस रकम एक साताभित्र
प्रयोग गरिसक्नुपर्ने एनसेलका कर्पोरेट कम्यूनिकेशन एक्सपर्ट मिलन
शर्माले बताउनुभयो ।

No comments:

Post a Comment