सामान्य सापेक्षताको सिद्धान्त
जर्मन भौतिकशास्त्री अल्बर्ट
आइन्सटाइन (Albert Einstein) ले सन् १९१५
मा प्रतिपादन गरेका हुन ।
यो सिद्धान्त विशेष सापेक्षताको सिद्धान्तको जगमा अडिएको छ । यस सिद्धान्तले
मुख्यरूपमा गुरूत्वकर्षणको नियम र
प्रकृतिका अन्य
बलहरूसंगको यसका सम्बन्धहरूको
व्याख्या गर्छ । यस सिद्धान्तलाई
निम्नलिखित मुख्य पाँच कुराहरूमा केन्द्रित गर्नसकिन्छ :
(क) अन्तरिक्ष तथा अन्तरिक्ष-समय
पहिले विश्वास गरिएझै चेप्टो नभई
यो घुमाउरो (Curved or Warped) छ ।
(ख) न्युटनले भनेजस्तै ग्रहहरू
गुरूत्वाकर्षणको कारणले घुमाउरो कक्ष
(Orbit) मा रही घुमिरहेको नभई घुमाउरो अन्तरिक्षमा सबभन्दा छोटो
सोझो बाटोलाई पछ्याउदै
जाँदा सूर्यलाई घुम्न पुगेका हुन् ।
(ग) अन्तरिक्षमा कुनै पनि पिण्डले जहिले
पनि चौआयामिक अन्तरिक्ष-समय (Four
Dimensional Space-Time) मा सोझो बाटो नै पछ्याएको हुन्छ ।
(घ) सूर्य
जस्तो ठूलो पिण्डको गुरूत्वाकर्षणको
क्षेत्रमा प्रकाश बाङ्गिन पुग्छ ।
यो कुरालाई सन् १९१९ को खग्रास
सूर्यग्रहणको समयमा सूर्य नजिक देखिएका ताराहरुको अवलोकनबाट
बेलायती वैज्ञानिकहरुले
पुष्टि गरेका छन ।
(ङ) कम
गतिमा रहँदाभन्दा बढी गतिमा रहँदा
समय ढिलो चल्छ । अर्थात्, दर्शकको गतिअनुसार समय
ढिलो वा चाँडो चल्ने हुन्छ ।
No comments:
Post a Comment