सर्पले सुन्न सक्दैन । यसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर
आफूवरिपरिको स्थितिको जानकारी
राख्दछ । तर, त्यसभन्दा पनि भरपर्दो औजार
हो, यसको जिब्रो । सानो छँदा हामीमध्य
धेरैको धारणा के हुन्थ्यो भने
बीचमा काटिएको सर्पको अनौठो जिब्रोले नै हामीलाई टोक्छ । तर, यो धारणा बिल्कुल
गलत हो ।
सर्पको काटिएको जिब्रो हाम्रो लागि
हानिकारक हुन्न । यसले त
आफ्नो यो अनौठो जिब्रो परिस्थिति
आँकलन गर्न प्रयोग गर्छ । सर्पको तालुमा दुई ससाना अङ्गहरू हुन्छन ।
ती अङ्गहरूलाई 'जेकब्सन्स ओर्गन' भनिन्छ
। सर्पले
आफूवरिपरिको वस्तुस्थितिको जानकारी
लिन जिब्रो तीव्र गतिमा भित्रबाहिर
गरिरहेको हुन्छ । प्रत्यक पटक सर्पले आफ्नो जिब्रो बाहिर
निकाल्दा हावामा रहेका रासायनिक कणहरू
गिलो जिब्रोमा टाँसिन्छन ।
आफ्नो जिब्रो मुखभित्र
छिराउँदा यसरी टाँसिएका कणहरूलाई सर्पले
जेकब्सन ओर्गनमा राख्छ । जेकब्सन ओर्गनले यी कणहरूको पहिचान गरि शिकार नजिक
छ वा छैन, कति टाढा छ, हावाको तापक्रम
कति छ भन्ने जस्ता कुराहरू निर्क्यौल गर्छ ।
जेकब्सन ओर्गनले जिब्रोका दुवै
चुच्चोहरूमा शिकारको गन्धका कणहरू प्राप्त
नगर्दासम्म सर्पले शिकारको पिछा गरिरहन्छ । जब
जिब्रोको एउटा मात्र
चुच्चोमा शिकारको गन्ध पाउँछ तब
सोहि दिशातिर सर्प लाग्दछ । जब दुवै
चुच्चाहरूबाट शिकारको गन्ध हराउँछ, तब
सर्पले आफ्नो टाउको यताउता हल्लाएर फेरि गन्धका कणहरू खोजी गर्छ ।

No comments:
Post a Comment