हालै प्रकाशित एक अनुसन्धान अनुसार
वैज्ञानिकहरुले
बजारमा पाईने
रासायनिक
व्याट्री कै काम गर्ने जैविक व्याट्रीको विकास
गर्न सक्षम भएका छन् । उक्त
व्याट्रीको उत्पत्तिले ल्यापटप, मोबाइल तथा अन्य विद्युतीय उपकरणहरु
सोडा मिसाएको चिनीपानी वा
वनस्पति घ्यूले पनि रिचार्ज गर्न सकिने भएको छ ।
अमेरिकी रसायन समाजको २४० औं
राष्ट्रिय सम्मेलनमा
University of South Louis, Missouri
का वैज्ञानिक डा. सेली मिन्टीरले
उक्त उपकरणको विवरण दिंदै
भन्नुभयो "यो जैविक व्याट्रीले उत्पादन गर्ने
विद्युतको प्राविधिक
पृष्ठभूमि मानिस तथा अन्य
जीवमा ऊर्जा उत्सर्जित हुने विधिमा नै आधारित छ ।"
उक्त व्याट्रीको पहिलो पटक
सार्वजनिक प्रर्दशन गर्दै डा. मिन्टीर अगाडि भन्नुहुन्छ ।
"यदि यो उपकरणलाई अझै परिमार्जित
तथा विकास गर्न सकियो भने हाल बजारमा पाइने
साधारण तथा रिचार्ज गर्न मिल्ने
व्याट्रीलाई विस्थापन गर्न सकिन्छ ।"
जिवित प्राणीमा ऊर्जाको स्रोत
अर्बौ संख्यामा हुने
कोषका भित्री अंगहरु
माइटोक्रोन्ड्रिया
(Mitochondria)
हुन् । यी माइटोकोन्ड्रियालाई कोषको शक्ति केन्द्रको रुपमा लिइन्छ ।
डा. मिन्टीर र उनका समूहले विकास
गरेको जैविक
व्याट्री पनि यही माइटोकोन्ड्रियाले
उत्सर्जित गर्ने ऊर्जामा आधारित
रहेको छ । माइटोकोन्ड्रियाले कोषमा संकलित खाद्य क्यालोरीलाई
रसायनिक ऊर्जामा रुपान्तरण गर्दछ ।
सो प्रक्रियामा रसायनिक
अवस्थामा रहेको चिनी, बोसोलाई
Pyruvate
मा बदली
ATP (Adenosine triphosphate)
बनाउँछ, यही ATP नै कोषमा ऊर्जाको अवस्था हो जुन
प्राणीको शरीरलाई चाहिएको बखत
ऊर्जाको रुपमा परिचालित हुन्छ ।
जीवहरुमा खाद्य वस्तुहरु जस्तै चिनी,
बोसोबाट ऊर्जा उत्पन्न गर्ने
यही विधि नै जैविक व्याट्रीद्वारा ल्यापटप र
मोबाइलमा इन्धन भर्ने सिद्धान्त हो । डा. मिन्टीरका अनुसार
माइटोकोन्ड्रियाबाट निर्मित
जैविक
व्याट्रीमा माइटोकोन्ड्रियाको
पातलो तहलाई
दुईवटा इलेक्ट्रोडको बीचमा राखिन्छ
।
यसरी राखिएको इलेक्ट्रोडहरुमा एउटा
इलेक्ट्रोड वायु प्रवेश गर्न सक्ने
किसिमको हुन्छ । यसरी बनाइएको जैविक
व्याट्रीमा जैविक इन्धनहरु जस्तैः चिनी, बोसो वा अल्कोहल र
अक्सिजन दिइयो भने यसले क्रमिक
रुपमा विद्युत उत्पादन गर्दछ । साधारण व्याट्री भन्दा फरक
यस्ता व्याट्रीको चार्ज सकिदैन् ।
इन्धन र अक्सिजन रहेसम्म जैविक व्याट्रीलाई रिचार्ज
गरिरहनु पर्दैन । डा. मिन्टीर अगाडि भन्नुहुन्छ "यस
किसिमको जैविक इन्धन व्याट्रीहरु
नयाँ भने होइनन् । वैज्ञानिकहरुले प्रकृतिका प्राकृतिक
सिद्धान्त अनुसरण गरी विभिन्न जैविक
इन्धन व्याट्री बनाएका छन् । " तर
यसरी माइटोकोण्ड्रियाको प्रयोग
गरी बनाइएको जैविक व्याट्री यो नै
पहिलो हो ।
यसरी विकसित भएको जैविक
व्याट्री ल्यापटप र
मोबाइलको व्याट्री बाहेक
पनि विभिन्न क्षेत्रमा उपयोगिता हुन सक्ने देखिएको छ ।
विशेष गरी ताररहित तापक्रम सचेतक,
चाल सचेतक, गाडी तथा वाहन निगरानी राख्न् ।
यसै गरी लुकाइ राखेको विष्पोटक
पदार्थ पत्ता लगाउन पनि यसको उपयोग हुन सक्ने देखिएको छ ।
No comments:
Post a Comment