Monday, August 26, 2013

नाइट्रस अक्साइडलाई किन लाफिङ्ग ग्यास भनिन्छ ?

हामीलाई थाहा छ कि लाफिङ्ग
ग्यास अलिकती सुँघेमा मात्र
पनि हामि मरिमरी हास्न पुग्दछौ ।
यस्तो ग्यास उत्तेजित भिड साम्य पार्न
र नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
तथा अन्य विविध प्रयोजनका लागी पनि लाफिङ्ग
ग्यासको प्रयोग गरिन्छ ।
वास्तवमा लाफिङ्ग ग्यास नाइट्रस
अक्साइड हो । नाइट्रस अक्साइड(N 2O) नाइट्रोजन(N) र अक्सिजन(O)
को प्रतिक्रियाबाट बनेको हुन्छ ।
यो रङ्गविहीन कम क्रियाशिल र
पनीमा सजिलैसंग घुल्न सक्ने ग्यास हो ।
हसाउने ग्यासले प्रख्यात नाइट्रस
अक्साइड धेरै मात्रामा सुँघेमा हामि अचेत
अवस्थामा पुग्न सक्छौ । तर
केहि मात्रामा सुँघेको खण्डमा
मष्तिष्कको सुक्ष्मकोषहरुलाई उत्तेजित
पार्दछ फलस्वरुप
शरीरमा हलुका खालको उत्तेजना पैदा हुन्छ जुन मानिसले हासेको जस्तो हुन्छ
याने भित्र जस्तो भएतापनि मान्छे
जबरजस्त हास्न पुग्दछ ।

Sunday, August 25, 2013

मोबाईल फोनको खतरा के ?

सोखले होस या आवश्यकताले, मोबाइल फोन बोक्ने
प्रतिस्पर्धा नै चलेको छ । तर
हाम्रो हरपलको साथी मोबाइलको
प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्न
सक्छ । मोबाइल फोनको बढी प्रयोग
गर्दा मस्तिष्क घात (ब्रेन ह्यामरेज), हृदयघात, ब्रेन ट्यूमर, क्यान्सर लगायत
विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न
सक्ने चिकित्सकहरुको दाबी छ ।

ज्ञघ मोबाइल मुटु रोगीका लागि त
अझ सबैभन्दा बढी हानिकारक छ ।
नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग
विशेषज्ञ डाक्टर भरत रावतको भनाई
अनुसार मुटुमा पेस मेकर
राखेका बिरामीले त मोबाइल प्रयोग गर्न नहुने बताउँछन् । मोबाइल फोन
टाउकोको अति नजिकै राखेर प्रयोग
गरिन्छ । एक सेन्टिमिटरसम्म नजिकै
राखेर प्रयोग गर्दा यसले
टाउकामा कोषहरुमा सामान्य असर
गर्छ तर यो धेरै हानिकारक हुंदैन । मोबाइल संचालन हुंदा उत्पन्न हुने
रेडियो फ्रिक्वेन्सी शक्ति शरीरले
शोषण गर्छ र शरीरमा ताप उत्पन्न गर्छ ।
यसले पनि शरीरका कोषलाई
हानि गर्छ,
रेडियो फ्रिक्वेन्सीको प्रभाव शरीरका धेरै
अंगमा परिरहेका अवस्थामा यसको असर
पनि बढी छ । खास गरी मोबाइल फोन
टाउकोमा नजिकै राखेर लामो समय
प्रयोग गर्दा स्वास्थ्यमा त्यसको असर
परेको अनुसन्धानबाट पाइएको छ । मोबाइलले मानव स्वास्थ्यलाई असर
गर्छ, त्यसैले अस्पतालको इन्टेन्सिभ केयर
युनिट (आई.सी.यू मा मोबाइल फोन
प्रयोग गर्न पाइदैंन । यदि मोवाइलले
केही असर नगर्ने हो भने हामीहरुले
आइसियू कक्षमा पनि प्रयोग गर्न पाइथ्यो होला । हवाईजहाज भित्र
पनि मोबाइलको प्रयोग
गर्दा यान्त्रिक गडबडी हुन सक्छ,
जहाजको उडानलाई समेत प्रभावित
गर्ने मोबाइलले मान्छेलाई त्यत्तिकै
छाड्थ्यो किन ?

मोबाइलको प्रयोगले मात्र होइन,
घरका छानामा राखिएका बेस स्टेशनले
पनि स्वास्थ्यमा असर गर्ने
विज्ञहरुको दाबी छ । मोबाइल टावर
नजिकैको घरको छतमा बस्न
हानिकारक हुन्छ । टावरको नजिकै बालबालिका खेल्ने पढने ठाउँ छ भने
ख्याल गर्न चिकित्सकहरुको सुझाव छ ।
बेस स्टेशन कम पावर
भएको रेडियो एन्टेना हो । यसले
मोबाइल प्रयोगकर्तामा सञ्चार गर्छ ।
बेस स्टेशनबाट प्रशारण हुने रेडियो फ्रिक्वेन्सी उपभोक्ताले
प्रयोग गर्ने मोबाइलसम्म पुग्छ र
मोबाइल सेटबाट
रेडियो फ्रिक्वेन्सी एन्टेना हुंदै
अर्को मोबाइल प्रयोगकर्तासम्म पुग्छ ।
यसरी प्रशारण हुने रेडियो फ्रिक्वेन्सीले मानिसको स्वास्थ्यमा असर पार्ने
कुरा नै अहिले
संसारभरी वादविवादको विषय
बनिरहेको छ । अहिलेको मोबाइल
सिस्टम ८ सय देखि १८ सय मेगाहर्ज
को फ्रिक्वेन्सीमा संचालन हुन्छ । यो फ्रिक्वेन्सीलाई कतिपय मानिसले
एक्सरे अथवा गामा-रे ले जस्तै शरीरलाई
हानी पु¥याउंछ भनिरहेका छन ।

मोबाइल फोनको प्रयोगले
स्वास्थ्यमा असर पार्छ भन्ने
विश्वव्यापी बहस हुन थालेपछि विश्व
स्वास्थ्य संघले
अध्ययनका लागि इलेक्ट्रोम्याग्नेटिक
फिल्ड प्रोजेक्ट नै स्थापना गरेको छ । यस परियोजनाले मोबाइलबाट
जनस्वास्थ्यमा पार्ने
असरका बारेमा अध्ययन गरिरहेको छ ।
१० वटा भन्दा बढी देशमा मोबाइलको
प्रयोगले स्वास्थ्यमा पार्ने असर
खासगरी क्यान्सरका बारेमा अध्ययन भइरहेको छ । मोबाइल
फोनको प्रयोगले टाउको र
घांटीको क्यान्सर हुने
सम्बन्धमा क्यान्सर
विशेषज्ञहरुको टोली सम्मिलित भएर
अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य संघले मानिसहरुलाई
रेडियो फ्रिक्वेन्सीको असरबाट बच्न
केही आधारपत्र तयार गरेको छ ।

मोबाइल फोनको अर्को बैगुन छ,
त्यो हो, सवारी दुर्घटना ।
मोबाइलको हयाण्ड सेट प्रयोग गरेर
होस या ह्याण्डस फ्री किट प्रयोग
गरेर, सवारी चलाउंदै मोबाइल प्रयोग
गर्दा ट्राफिक दुर्घटनाको सम्भावना बढ्दै गएको छ ।
वैज्ञानिकहरुले मोबाइलबाट लाग्ने
रोगबाट बच्न लामो कुरा गर्ने
प्रवृत्ति छोटयाउन सुझाव दिएका छन ।

एनसेलले ल्यायो नयाँ उपहार योजना ‘नगदमा गद्गद’

निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसर
पारी 'नगदमा गद्गद' नामक नयाँ उपहार योजना ल्याएको छ ।यो नयाँ योजनामा
एनसेलले सातामा एकजनालाई १० लाख उपहार दिने जनाएको छ। योजना भदौ १०
गतेदेखि १० हप्तासम्म संचालन हुनेछ ।

प्रत्येक हप्ता ५० रुपैयाँ वा सोभन्दा बढी मेन व्यालेन्सबाट खर्च गर्ने
एनसेलका ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । जसमध्ये उपहार
योजनाअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली एनसेल ग्राहकले नगद १० लाख
रुपैयाँ प्राप्त गर्ने छ । साथै, प्रत्येक हप्ता १ लाख ग्राहकले ५०
रुपैयाँको बोनस व्यालेन्स र अन्य एक लाख ग्राहकले ५० वटा निःशुल्क एसएमएस
प्राप्त गर्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख
गरिएको छ ।

उपहार योजनामा एनसेलका पि्रपेड तथा पोष्टपेड सबै ग्राहकहरु सहभागी हुन
सक्ने बताइएको छ । एक हप्तामा ५० रुपैयाँ बराबरको मेन व्यालेन्स प्रयोग
गर्दा ग्राहकले एसएमएस मार्फत एउटा टिकट नम्बर प्राप्त गर्नेछन् । यदि
कुनै ग्राहकले उक्त हप्ता सय रुपैयाँ खर्च गरेको छ भने २ वटा टिकट नम्बर
प्राप्त गर्नेछन् ।

एक हप्ताभरि गरिएको सेवा प्रयोगको आधारमा एसएमएस मार्फत प्राप्त गरिने
टिकट नम्बरहरुबाट हरेक सोमबार लक्की ड्र गरि विजेता घोषणा गरिने कम्पनीले
जानकारी दिएको छ । एसएमएस र वोनस रकम पनि सोहि दिन प्रदान गर्ने बताइएको
छ । लक्कि ड्र मार्फत प्राप्त भएको एसएमएस र वोनस रकम एक साताभित्र
प्रयोग गरिसक्नुपर्ने एनसेलका कर्पोरेट कम्यूनिकेशन एक्सपर्ट मिलन
शर्माले बताउनुभयो ।

रक्तचाप के, किन, कसरी ?

मानव स्वास्थ्यको दृष्टिकोणले उच्च
रक्तचाप एक जोखिमपूर्ण रोग हो । यसले
हृदयघात, मृगौलाको कार्य क्षमतालाई
बेकामको गराउने जस्ता रोगहरु
निम्त्याउँछ । यसलाई "सुटुक्क ज्यान
लिने रोग" भनेर पनि चिन्ने गरिन्छ । उच्च रक्तचाप भएका धेरै
व्यक्तिहरुमा यसको केही पनि लक्षण
नदेखिन सक्छ । त्यसैले ४० वर्ष
नाघेका व्यक्तिहरुले नियमित परीक्षण
गराई डाक्टरको सल्लाह अनुसार जीवन
बिताउन उचित हुन्छ ।

शरीरको विभिन्न भागमा अक्सिजन पु
¥याउने कार्य रक्त नलीबाट बग्ने रगतले
गर्दछ । यी रगत नलीमा प्रवाह
हुँदा त्यस नलीमा चाप उत्पन्न हुन्छ ।
यसरी रक्त नलीमा हुने चापलाई रक्त
चाप भनिन्छ । रक्तचाप दुई किसिमको हुन्छ । जसलाई सिस्टोलिक
र डायस्टोलिकको रुपमा नापिन्छ । मुटु
पुरै खुम्चिएको अवस्थालाई
सिस्टोलिक चाप र
फुकेको अवस्थामा हुने चापलाई
डायस्टोलिक चाप भनिन्छ ।

रक्तचाप नाप्ने प्रक्रियामा जुन
व्यक्तिको नाप लिइने
हो त्यो व्यक्ति कम्तीमा ५ मिनेट
आरामसित बसेको हुनु पर्दछ ।
आधा घण्टा पूर्व
कफि चिया जस्ता नाडी उत्तेजना हुने किसिमका पेय पदार्थ पिएको हुनु हुँदैन ।
किन भने यी पेय पदार्थको सेवनले
रक्तचाप बढ्न सक्ने सम्भावना प्रबल
रहन्छ । विशेष गरी रक्तचाप
नाप्दा आरामसित
बसेको अवस्थामा हुनु पर्दछ । पारोयुक्त रक्तचाप नाप्ने यन्त्र
मर्करी स्फाइग्मो म्यानोमिटर
सबैभन्दा उपयुक्त मानिन्छ र
यसको इकाइ पारोसँग दाँजेर
राखिएको हुन्छ । जस्तैः १२० कि.मि. र
८० मि.मि. पारोलाई सामान्य चाप मानिन्छ । रक्तचाप नाप्ने यन्त्र
पाखुरामा स्थापित
गरी सकेपछि स्थेस्कोपको मद्दतले
नाडीको चालको नाप सुनेर रक्तचाप
निकालिन्छ । जहाँबाट
नाडीको ढुकढुक आवाज सुन्न शुरु हुन्छ त्यसलाई सिस्टोलिक प्रेशर
वा माथिल्लो रक्तचाप र जहाँबाट
ढुकढुकी आवाज सुन्न छोडिन्छ त्यसलाई
डायस्टोलिक वा तल्लो रक्तचाप
भनिन्छ । हिजोआज रक्तचाप जाँच्ने
उपकरणहरु विभिन्न किसिमका छन् र सही रक्तचाप निकाल्न कुनै पनि उपकरण
प्रयोग गर्दा कम्तीमा पनि दुई तीन
पल्ट दोहो¥याउन आवश्यक पर्दछ ।

साधारण रक्तचाप भन्नाले १२० मि.मि.
सिस्टोलिक र ८० मि.मि. डायस्टोलिक
भन्ने बुझिन्छ ।
सामान्यतया सिस्टोलिक र
डायस्टोलिक चापको मानमा २०
मि.मि. सम्मको घटबढलाई पनि साधारण नै मान्न सकिन्छ ।
यदि सिस्टोलिक
वा डायस्टोलिकको मान साधारण
भन्दा असामान्य रुपले फरक देखाउँछ भने
त्यस किसिमको रक्तचाप
भएको व्यक्तिलाई ब्लड हाइपरटेन्सन भएको भनिन्छ । त्यस्तै यदि एकदमै कम
चाप
देखाएको खण्डमा सो व्यक्तिलाई
हाइपोटेन्सन भएको भनिन्छ ।

शरीरलाई अनावश्यक हर्मोनहरु शरीर
बाहिर फ्याक्ने दरमा परिवर्तन
आएमा रक्त
धमनीको भित्ता वरपरको मोटाईमा
पनि फरक आउँछ । यस्तो परिवर्तनले
रक्तचापमा नकारात्मक असर पु¥याउँछ । जसले गर्दा हाइपरटेन्सन
वा हाइपोटेन्सन हुने हुन्छ । ५ देखि १५
प्रतिशत रोगीहरुमा गरिएको एक
अध्ययनमा रक्तचाप
दोस्रो कारकको रुपमा देखिएको छ ।
किड्नी, धमनी र नशाका रोगीहरुका अलावा
मोटोपना घटाउने औषधी खाने र
आगोले पोल्दा लगाउने
औषधी आदिको प्रयोगले पनि रक्तचाप
घट्ने वा बढ्ने हुन जान्छ ।
यस्तो रोगीहरुलाई एसनसियल हाइपरटेन्सनको दर्जामा राख्ने गरिन्छ
। यिनीहरुको रक्तचापमा फरक
आउनुको विभिन्न कारणहरु मध्ये
तन्तुहरुमा हुने जैविक परिवर्तन,
पुर्खौली वंशाणु, उत्तेजनात्मक तनाव,
वातावरणीय प्रभाव आदिबाट हुन सक्दछन् अरु सम्बन्धित कारणहरु
जस्तैः मोटोपन, उच्च चिल्लोपना, न्यून
क्याल्सियम, म्याग्नेसियम
वा पोटासियम,
रगतमा चिनीको मात्रा उच्च हुनु,
धुम्रपान, मदिरा सेवन र मनोवैज्ञानिक कारणहरु नै
रक्तचापमा भिन्नता ल्याउने
कारकहरुको रुपमा लिइने गरिन्छ । कर्कस
ध्वनीको निरन्तर सम्पर्कमा रहने
व्यक्तिलाई पनि उच्च रक्तचाप हुन
सक्दछ । ध्वनीले गर्दा एडरेनल हर्मोनको संख्यामा बृद्धि हुन जान्छ
जसले रक्तचाप बढाउँछ ।

हाइपोटेन्सन भएको कसरी थाहा पाउने ?

सामान्यतया हाइपोटेन्सन लाई (न्यून
रक्तचाप) असाधारण अवस्था मानिन्छ
। न्यून रक्तचाप विरलैलाई मात्र हुने हुन्छ
। धेरै जसो सामान्य
कुराकानी गर्दा आफूलाई न्यून रक्तचाप
छ भन्ने गरेता पनि बढी भन्दा बढी यस्ता
व्यक्तिहरुको सिस्टोलिक चाप ९० बाट
११० कि.मि.
(पारो को हाराहारीमा पाइन्छ ।
उक्त चापलाई साधारण नै मानिन्छ ।
अर्को रोचक पक्ष यस्ता व्यक्तिहरुको आयु सामान्य
रक्तचाप
भएका मानिसहरुको भन्दा बढी भएको पाइएको छ ।

असाधारण हाइपोटेन्सन ले खतरनाक
रोगलाई इंगित गरेको हुन्छ । जस्तै वाह्य
तरल पदार्थको निष्कासन, मष्तिस्क
स्राव हुनु, वान्ता हुनु,
झाडा पखाला लाग्नु, बढी पिसाब
लाग्नु, औषधीको अधिक प्रयोग, आगोले पोल्नु, अधिक पसिना आउनु,
हृदयाघात हुनु, भित्री तरल
पदार्थमा कमी आउनु,
आन्द्रामा रोकावट हुनु र
फोक्सोमा रगत जम्नु जस्ता कारणहरुले
पनि रक्तचापमा कमी आउँदछ । मुटु वा त्यससित सम्बन्धित अन्य
अंगमा खराबी देखिएमा हृदयाघात,
नाडीको चालमा फरक आउनु,
छातीमा अत्यधिक पीडा हुनु,
रक्तनलीहरुमा धेरै खराबी आउनु
पनि हाइपोटेन्सनका लक्षणहरु हुन् ।


गर्भिणी अवस्थामा हुने असर

गर्भिणी अवस्थामा र
सुत्केरी अवस्थामा हुने असामान्य
रक्तचापले आमा बच्चा दुवैलाई प्रतिकूल
असर पर्न सक्दछ । बच्चा जन्माउने
बेला यदि आमालाई
गहिरो हाइपोटेन्सन भएको छ भने बच्चा तुहिने डर हुन्छ । अझ
यो अवस्था पहिलो पटकको बच्चा
जन्माउन
लागेको महिलाको लागि अझै घातक
हुन्छ । दोस्रो वा तेस्रो बच्चा पाउने
बेला यदि यस्तो अवस्था भएमा बच्चा जन्मनासाथ मर्ने वा पूर्ण विकसित
नभएको बच्चाको जन्म हुन सक्दछ ।
बच्चा पाउने बेलामा यदि हाइपोटेन्सन
भएको छ भने कोमा वा मृत्यु समेत हुने सम्भावना हुन्छ । यी दुवै
कुराको अलावा हाइपोटेन्सनले
शरीरको विभिन्न अंगहरु जस्तै सालनाल,
कलेजो, मुटुलाई पनि राम्रोसँग काम गर्न
नसक्ने बनाईदिनाले मुटुको चाल नै बन्द
हुन गई मृत्यु समेत हुन सक्दछ ।


उच्च वा न्यून रक्तचापका लक्षणहरु

हाइपरटेन्सनको सामान्य लक्षण
अधिकांश मानिसहरुमा पाइदैन ।
यो रोग आफूलाई भए
नभएको थाहा पाउन समय
समयमा रक्तचाप नाप्ने गर्नु पर्दछ ।
यदि कसैलाई हाइपरटेन्सन भएको छ भने बिहानीपख
अलि अलि टाउको दुखेको अनुभव हुनु,
आँखाको शत्तिः कम हुँदै जानु,
मुटुको धडकन अप्रत्यासित रुपले बढ्नु,
छिटोछिटो तर छोटो श्वास फेर्नु
आदि लक्षणहरु देखा पर्दछन् । हाइपरटेन्सन को लक्षण नै
नभएको व्यक्तिलाई यदि कसैले
तिमीलाई हाइपरटेन्सन भएको छ
भनी दिएको खण्डमा त्यो व्यक्ति
मनोवैज्ञानिक रुपमा विचलित भई
हाइपरटेन्सनका लक्षणहरु आफूमा देखिन थालेको अनुभव गर्दछ ।

यस्तो मनोवैज्ञानिक असर
परेको अवस्थामा पसिना खलखलि
निस्कनु, टाउको दुख्नु,
मांशपेशी कमजोर हुनु
आदि जस्ता लक्षणहरु देखिन्छ ।
हाइपोटेन्सनको अवस्थामा व्यक्तिमा कमजोरी अनुभव हुनु, जीउ सितांग हुनु,
रिंगटा लाग्नु वा बेहोस हुनु
आदि जस्ता लक्षणहरु देखा पर्दछन् ।


उपचार

हाइपरटेन्सनको उपचार नियमित
औषधी सेवन गरी रक्तचापलाई
नियन्त्रणमा राख्नु हो । ५ देखि १५
प्रतिशत उच्च
रक्तचापका रोगीहरुको उपचार
रोगको कारण पत्ता लगाएर मात्र गर्ने गरिन्छ । तर ८५ देखि ९५ प्रतिशत
रोगीहरु जसको रोगको कारण
थाहा लाग्दैन, यिनीहरुको उपचार
भनेको नियमित रुपले जीवनभर
औषधीको सेवन गर्नु नै हो ।
केही रोगीहरुलाई भने खाना, धुम्रपान, मदिरा सेवन, तनाव आदिमा परिवर्तन
गरी रक्तचाप नियन्त्रण गर्न सकिन्छ भने
केहीलाई
औषधीको सेवनमा क्रमशः कमी गराएर
नियन्त्रण गर्न सकिन्छ ।
रक्तचापमा नियन्त्रण ल्याउनु भनेको एउटा लामो प्रक्रिया हो । यस
प्रक्रियामा बिरामीले थेग्न सक्ने
हिसाबले एक वा धेरै
किसिमका औषधीको मात्रा बिस्तारै
बढाउँदै लानु पर्दछ ।
हाइपोटेन्सनको उपचारमा औषधीको सेवन गराइदैन । यसको सट्टामा नून
सेवनको मात्रा बिस्तारै बढाइन्छ । कुनै
कुनै बिरामीहरुको रक्त चाप अकस्मात्
घट्ने हुन्छ ।
यस्तो बिरामीको लागि खुट्टाको
तल्लो भागमा पट्टि कसेर पनि रक्तचापमा अकस्मात् हुने कमीबाट
बचाउन सकिन्छ ।

हिजोआज हाइपरटेन्सनबाट अधिकांश
मानिसहरु पीडित छन् । शरीरको धेरै
भन्दा धेरै अंगहरु क्षति पु¥याउनमा यसले
प्रमुख भूमिका खेल्दछ । यो रोगले
बहुसंख्यक मानिसको आयुलाई
छोट्टयाउँछ र जीवनको स्वरुपलाई नै बेढंगा बनाउँदछ । त्यसैले रक्तचाप घटबढ
हुनु स्वास्थ्यको हिसाबले अत्यन्त
खतरापूर्ण मानिन्छ । त्यसैले यसबाट
बच्न बेलैमा सचेत हुन आवश्यक छ ।


रक्तचाप भएको खण्डमा अपनाउनु पर्ने कुराहरु

- चिकित्सकको सल्लाहलाई
इमान्दारिताकासाथ
पालना गर्ने ।

- उचाइको हिसाबले
आफ्नो हुनु पर्ने निश्चित
तौलको ख्याल
राखि बढी भएमा घटाउने ।

- यदि मधुमेहको रोगी हुनुहुन्छ
भने त्यसको नियन्त्रण गर्ने,

- दिनमा ५ ग्रामभन्दा कम
मात्र नून लिने,

- नियमित व्यायाम गर्ने,

- पोटासियम, क्याल्सियम र
म्याग्नेसियम बढी पाइने
खानेकुराको सेवन गर्ने,

- आफूले खाने औषधीको नाम र
त्यसको मात्रा याद गर्ने ।


रक्तचाप भएको मानिसले बार्नुपर्ने कुराहरु

बोसो भएको खाना, चर्को नून
भएको खानेकुरा जस्तै अचार, पापड,
बिस्कुट, पाउरोटी, ड्राइमिट,
टिनमा बन्द भएका खानेकुराहरु
आदि नखाने, धुम्रपान नगर्ने, डाक्टरसित
सल्लाह नलिई उपचार बन्द नगर्ने, रक्तचापको औषधी सिध्याएर नबस्ने,
तौल घटाउने र रुघाको औषधीको सेवन
नगर्ने, आराम गर्न सिक्नुहोस र
बढी श्रमयुक्त काम नगर्नुहोस, साधारण
र ठूलो शल्यक्रिया गर्नु
अघि आफ्नो सम्बन्धित डाक्टरलाई आफूले लिने
गरेको औषधीहरुको जानकारी दिन
नभुल्नुहोस् ।

(विज्ञान लेखमाला÷अंक ३५३ असार
२०६७ बाट)

हाइड्रोजन बम के हो ?

सन् १९४५ मा अमेरिकाले जापानको दुइ
ठूला शहरहरु हिरोसिमा र
नागासाकिमा शक्तिशाली बम
खसालेको थियो जसले तत्काल
लाखौ मानवको ज्यान
लिएको थियो साथै उक्त बम यति सम्म शक्तिशाली थियोकि दशकौ यता आएर
आज सम्म पनि त्यहा विभिन्न घातक
विकिरणहरु पैदा भइरहेका छन् । उक्त
खसालिएको बम थियो - अणु बम ( Atom Bomb) । तर यस बम भन्दा पनि २५ हजार
गुणा शक्तिशाली बम वैज्ञानिकहरुले
निमार्ण गर्न सफल भएका छन जुन बम
मानव जातिले निमार्ण गरेको एक मात्र
शक्तिशाली अत्याधुनिक हतियार
हो । जसलाइ हाइड्रोजन बमका नामले
चिनिन्छ ।

हाइड्रोजन बममा अत्याधिक
उर्जा निर्माण गर्न फ्युजन
प्रकृया अपनाइन्छ । यसमा ट्रिटियम
वा ड्युटेरियमजस्ता हाइड्रोजनका
आइसोटोपहरु (एकै तत्व तर फरक पिण्ड
भएका परमाणुहरु) बिभिन्न अवस्थाहरुका कारण एकै ठाउमा फ्युजन
हुन्छ ( गाभिन्छ ) । यसरी फ्युजन
भएका दुइ
परमाणुहरुको पिण्डको जोडभन्दा
गाभिइसकेपछि उत्पादन हुने
तत्वको पिण्ड थौरै हुन्छ याने यस प्रक्रियामा केहि पिण्ड नाश हुन
पुग्दछन । यसरी हराएको अथवा नाश
भएको पिण्ड भोतिकशास्त्रि अल्बर्ट
आइन्स्टाइनको समिकरण E=mc^2
अनुशार अत्याधिक उर्जामा परिणत
हुन्छ ।

हाइड्रोजन बमले ऊर्जा उत्सर्जन गर्न दुइ
चरणहरु पार गर्नु पर्ने हुन्छ । पहिलो,
युरेनियम जस्ता अस्थिर परमाणुहरुलाई
फिसन प्रक्रियाबाट टुक्राएर
अत्याधिक उर्जा उत्पादन गर्नु र
दोस्रो, यसरि उत्पादित ऊर्जालाई प्रयोग
गरी हाइड्रोजनको आइसोटोपहरु
फ्युजन गराइ प्रचुर उर्जा उत्पादन गरिन्छ

Saturday, August 24, 2013

विन्डोज फोनमा युट्युब ब्लक!

विन्डोज फोनको युट्युव
एपको विषयमा गुगल र माइक्रोसफ्टबीच
विवाद चुलिएको छ। सेवा सर्तको उल्लङ्घन
गरेको बताउँदै गूगलले विन्डोज फोनमा युटयुव
एप ब्लक गरेपछि विवाद बढेको हो। गुगलले
माइक्रोसफटसँग यो एपको लागि 'एचटीएमएल फाइभ' कोड
भाषाको प्रयोग गर्ने बताको थियो। तर
पछि माइक्रोसफ्टले यो सर्त पूरा गरेन।

माइक्रोसफ्टले भने जानीजानी गुगलले
विन्डोज फोनमा एप ब्लक गरेको आरोप
लगाएको छ। 'द लिमिट्स अफ गुगल
ओपननेस' अर्थात 'गुगलको खुलापनको सीमा'
शीर्षकको ब्लग
पोष्टमा माइक्रोसफ्टका वकील डेविड हावर्डले युटुव सेवा पुन सुरु गर्न आग्रह
गरेका छन्।

डेविड हावर्डले
गुगलको आपत्ति नमिल्दो भएको बताए।
'गुगलले सेवा बन्द गर्ने निर्णय
जानिजानी गरेको हो ताकी हाम्रा उपभोक्ता
अन्य तर्फ जाउन' हावर्डले लेखेका छन्-
'गुगललाई यो थहा छ कि हामी यो समस्या सुल्झाउन सक्दैनौ।'

युटुवका सबै फिचर्सको लागी माइक्रोसफ्टले
ब्राउजर अपग्रेड नगरेको गुगलले बताएको छ।
अपग्रेड नगरी युटुव एप दोस्रो पटक रिलिज
गर्नु सेवा सर्तको उल्लंघन
भएको गुगलको दाबी छ।

अँध्यारोमा वस्तुहरू कसरी चम्किन्छन ?

कुनै वस्तु चम्कनको लागी त्यसले कि त कहीँबाट आइरहेको प्रकाश परावर्तन
गर्नुपर्छ कि त आफैले प्रकाश उत्पादन गर्नुपर्छ । तर प्रकाश उत्पादन
नगर्दा पनि चम्किने प्लास्टिकका 'तारा'हरू बजारमा पाइन्छन । तपाइले पनि
आफ्नो कोठामा यस्ता 'तारा'हरू टाँस्नु भएको छ होला । यि ताराहरू कसरी
चम्कन्छन त ? अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: फोस्फरस
नामको रासायनिक पदार्थ राखिएको हुन्छ । यस्ता वस्तुहरूलाई चम्काउनका लागी
पहिला प्रकाशमा राख्नुपर्छ । प्रकाशले ती वस्तुहरूमा रहेको फोस्फरसका
इलेक्ट्रोनहरूलाई 'उत्तेजित' पार्दछ । इलेक्ट्रोन उत्तेजित हुनु भनेको
आफु बसिरहेको कक्ष छोडी माथिल्लो कक्षमा पुग्नु हो । यसरी माथिल्लो
कक्षमा पुगेका इलेक्ट्रोनहरू छोटो समयमै आफ्नै कक्षमा नै आफ्नै कक्षमा
आइपुग्दछन । यस्तो गर्दा इलेक्ट्रोनहरूले निश्चित फ्रिक्वेन्सीको प्रकाश
उत्पादन गर्छन । यसरी उत्पादन भएको प्रकाशको कारणले नै प्लास्टिकका
'ताराहरू' चम्किन्छन । वैज्ञानिकहरूले प्रयोगशालामा धेरै प्रकारका
फोस्फोरसहरूको निर्माण गरिसकेका छन । तर अँध्यारोमा चम्किने यस्ता
वस्तुहरूमा सामान्यत: जिङ्कसल्फाइड वा स्ट्रोन्टियम अल्युमिनेट राखिएका
हुन्छन । र, जिङ्कसल्फाइडभन्दा स्ट्रोन्टियम अल्युमिनेट धेरै समयसम्म
चम्किरहने हुन्छ । अँध्यारोमा चम्कने कुनै कुनै वस्तुहरूमा फोस्फोरसका
साथसाथै रेडियमजस्ता रेडियोएक्टिभ तत्वहरू पनि राखिएका हुन्छन ।
रेडियोएक्टिभ तत्वहरूले थोरै मात्रामा विकिरणहरू उत्पादन गर्छन ( यति
थोरै कि यसले मानिसलाई केही हानी गर्दैन ) । यस्ता विकिरणहरूले
फोस्फोरसलाई त्यस्तै किसिमले 'चार्ज' गर्छन, जस्तो प्रकाशले गर्छ ।
त्यसैले रेडियोएक्टिभ तत्व राखिएका यस्ता वस्तुहरू अँध्यारोमा धेरै
समयस्म चम्किरहन्छन । यस्ता तत्वहरू खासगरी घन्टौँसम्म चम्किरहनुपर्ने
घडीका सुईहरूमा राखिएका हुन्छन ।