अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको एक अन्तरिक्ष यानले यानले
बुध ग्रहको उत्तरी ध्रुबमा प्रसस्त मात्रामा बरफ भएको पत्ता लगाएको छ ।
उक्त बरफ यदी फैलने हो भने वासिङ्टन डि सि बराबरको क्षेत्रफल ओगट्ने पनि
नासाले जनाएको छ ।झट्ट सम्झदा सुर्यको त्यती नजिकको बुध ग्रह्मा बरफ फेला
पर्नु एक अनौठो र आश्चर्यजनक तथ्य भएको नासाले जनाएको छ । फेला नपर्नु
पर्ने ठाउँमा बरफ फेला पर्नु एकदमै आश्चर्यजनक तथ्य
भएको अनुसन्धानकर्ताको ठहर छ । उसो त बुध ग्रहको ढल्काइ लगभग ० डिग्री नै
छ यानकी १ डिग्री भन्दा कम नै छ । त्यसैले पनि उक्त ग्रहको ध्रुबिय
क्षत्रमा अबस्थितत विभिन्न स्थानहरुमा कहिल्यै पनि सुर्यको प्रकाश पर्दैन
। बैज्ञानिकहरुका अनुसार बुध ग्रहको ध्रुबिय क्षेत्रमा सुर्यको प्रकास
नपरेका भागहरुमा नै बरफ फेला परेको हो । सन् १९९१ मा Arecibo radio
telescope नामक telescope ले बुध ग्रहको ध्रुबिय क्षेत्रवरपर चम्किलो
प्रकासका धब्बा देखिएको थियो । उक्त परिक्षण पश्चात नासाले बुध ग्रह
तर्फ
आफ्नो spacecraft पठाएको थियो । उक्त spacecraft ले बुध ग्रहको
ध्रुबियक्षेत्रका छायाँ परेका भू-भाग को तस्बिर पठायो । बृहत अनुसन्धान
पश्चात बैज्ञानिक हरु उक्त भू- भागमा बरफ रहेको निश्कर्षमा पुगे ।
बुध ग्रहको दक्षिणी र उत्तरी ध्रुबमा फेला परेको उक्त भारि परिमाणको बरफ
को माथिल्लो सतह कुनै तत्वले ढाकेको छ । उक्त बरफ जमेको स्थान निकै चिसो
रहेको छ । मेसेन्जर नामक नासको spacecraft ले neutron spectroscopy
प्रयोग गरेर उक्त बरफमा हाइड्रोजनको concerntration मात्रा जांच गर्दा
पानीको अणुमा पाइने बराबरको हाइड्रोजन परमाणु भेटिएको थियो । 'बुध ग्रहको
उक्त अन्धकार क्षेत्रमा कसैले पनि यो भन्दा अघि चासो नदिएको ले पनि अहिले
महत्वपूर्ण अनुसन्धानको बिषय भएको छ ।', अनुसन्धानमा संलग्न बैज्ञानिक
Gregory Neumannले बताए । बरफको माथिल्लो भागलाई ढाक्ने उक्त कालो पदार्थ
कुनै जैविक पदार्थद्वारा निर्माण भएको अनुसन्धानमा संलग्न अर्का
बैज्ञानिक David Paige ले बताए । बुध ग्रहमा बरफ भेटिनुले बुध
मा जीवको अस्तित्वको बारेमा अनुसन्धान
गर्नको लागि नयाँ बिषय बनेको छ । आगामी दिनमा बैज्ञानिकहरुले बृहत
अनुसन्धान गरि यस बारेमा थप जानकारी दिने पनि नासाले बताएको छ ।

No comments:
Post a Comment