सुरक्षाको नयाँ औजारका रूपमा प्रयोगकर्ताले
आपmनै औंठाछाप प्रयोग गर्ने प्रविधिलाई
बायोमेटि्रक प्रविधि भनिन्छ। मोबाइल
डिभाइसहरूलाई जोगाउन पिन कोड
वा पासवर्डमात्र पर्याप्त हुँदैन।
डिभाइसमा नयाँ-नयाँ प्रविधि एवं विशेषताहरूतर्फ जोड दिइएजस्तै
तिनका तोड पनि उत्तिकै निस्कने
गरेका छन्। त्यसैले सुरक्षा अब
प्रयोगकर्ताको हात, अझ
भनौं औंलाको टुप्पाबाट निर्धारण हुन्छ।
अचेलका मोबाइल डिभाइसहरूमा विभिन्न सुविधा उपलब्ध छन्। निजी तस्बिर, इमेल,
डकुमेन्ट तथा रुचिअनुरूपको इन्टरनेट
साइटहरूको सूची राख्न मिल्ने
सुविधा आदि। एक पटक चोरले कुनै डिभाइस
हात लगाए ती सबै स्रोतमाथि उसले
कब्जा जमाउँछ नै। ती डाटासम्म पुग्न चोरलाई पिन कोडले केही बाधा
पुर्याउँछ तर त्यसलाई
पनि सजिलै ट्याक गर्न सकिन्छ।
मोबाइल फोन, ल्यापटप
तथा पीसीहरूमा औंठाछाप सेन्सरको प्रयोग
नयाँ अवधारणा हो।
यो नयाँ सुरक्षा प्रविधिअन्तर्गत
प्रयोगकर्ताले
सामान्यतः डिभाइसमा रहेको सानो सेन्सरमा आपmनो चोरऔंला राख्नुपर्छ,
सेन्सरमा औंलाको छाप दर्ता हुन्छ र
त्यसपछि प्रयोग गरिने औंलाको छाप
सही ठहरिए मात्र उक्त डिभाइस प्रयोग
गर्ने अनुमति मिल्छ। सेन्सरले औंठाछाप
दुरुस्त नभेट्टाए प्रयोगकर्तालाई निर्देशन
प्राप्त हुन्छ। माउस, वेब ब्राउजिङ, गेमिङ तथा मेनु स्क्रोलिंग आदिमा पनि सेन्सर
लगाइएको हुन सक्छ।
यो नयाँ प्रविधिको आगमनले
पीसीहरूमा केही हप्ता बिराएर पासवर्ड
परिवर्तन गर्ने वा सम्भिmरहनुपर्ने
झन्झटको अन्त्य हुनेछ। औंठाछाप प्रविधि ढोका खोल्न बन्द गर्न, कार
वा घरको साँचो मिलाउन, स्टोरमा गएर सामान
खरिद गर्न तथा कुनै
पनि डिभाइसमा निश्चित व्यक्तिलाई
मात्र स्वीकृति दिने कार्यमा प्रयोग गर्न
सकिन्छ।
No comments:
Post a Comment