सबै मान्छे पैसा कमाउन चाहन्छन् । अझ
अहिलेको सूचना प्रविधिको
जमानामा काइदा जान्नेले
बसीबसी अनलाइन मार्फत
पैसा कमाउँछन् ।
अनलाइनमार्फत पैसा कमाउने विभिन्न
विधि हुन्छन् । त्यसमध्ये
एउटा विधि भनेको यु
ट्युबमा भिडियो अपलोड गर्नु पनि हो ।
यदि तपाइँले उत्कृष्ट
तथा अनौठा भिडियोहरु बनाउन सक्नुहुन्छ भने यु ट्युबको मद्दतले तपाइँले
अनलाइन मार्फत पैसा कमाउन सक्नुहुन्छ
। तपाइँले आफुले तयार
पारेको भिडियो अरु कुनै
लगानी विनानै
पैसाको श्रोतको रुपमा उपयोग गर्न सक्नुहन्छ मात्र यु ट्युमा शेयर गरेर ।
वास्तवमा भिडियो शेयरिङ वेबसाइट यु
ट्युबमा यसका लागि एक पार्टनरसीप
प्रोग्राम छ । यस
प्रोग्राममा सहभागी भएर तपाइँले
आफ्नो भिडियोमार्फत पैसा कमाउन सक्नुहुन्छ ।
यो यु ट्युब प्रोग्राममार्फत तपाइँले
पैसा कमाउनका लागि केही सर्त भने छन्
। त्यो के भने तपाइँको भिडियो आफैले
तयार गरेको ओरिजिनल हुनुपर्नेछ न
की अरु कसैको कपी गरिएको । यसका लागि सबैभन्दा पहिले तपाइँले यु ट्युब
पार्टनरसीप र्फम भर्नुपर्छ । यसो गर्न तपाइँले कुनै शुल्क तिर्नुपर्दैन ।
तपाइँले यु ट्युको उक्त पार्टनरसीप
प्रोग्रामको फारम भरेपछि तपाइँ एक
प्रकारले यु ट्युबसँग आबद्ध हुनुहुनेछ ।
त्यसपछि तपाइँले अपलोड
गरेको भिडियो यु ट्युबको प्राविधिक टोलीले अनुगमन गर्नेछ । उक्त भिडियो यु
ट्युबमा अपलोड भएसँगै भिडियो हेर्ने
दर्शकको संख्याको आधारमा त्यसबाट
हुने आम्दानीको केही हिस्सा यु ट्युबले
राख्नेछ भने
बाँकी हिस्सा तपाइँको खातामा हालिदिनेछ ।

No comments:
Post a Comment